यरूशलेमको सञ्चालन गर्ने प्रबन्ध
7
अनि यस्तो भयो: जब पर्खाल बनाउने काम भइसक्यो, र मैले ढोकाहरूक खड़ा गरिसकें, अनि द्वारपालहरू, गायकहरू र लेवीहरू नियुक्त गरिए; 2 तब मैले मेरा भाइ हनानी र दरवारका शासक हनन्याहलाई यरूशलेमको कार्यभार सुम्पिदिएँ; किनभने तिनी विश्वासयोग्य मानिस थिए र अरू धेरैजनाले भन्दा बढ़ी परमेश्वरको डर मान्थे। 3 अनि मैले उनीहरूलाई भनें: “घाम तातो नभएसम्म यरूशलेमका मूलढोकाहरू नखोलिऊन्; अनि तिनीहरू खड़ा हुँदाख नै तिनीहरूले ढोकाहरू बन्द गरून्, र आग्लाहरू लगाऊन्! अनि यरूशलेमका बासिन्दाहरूबाट पालेहरूलाई, हरेक आ-आफ्नो पहरामा र हरेक आ-आफ्नो घरको सामु हुने गरी नियुक्त गर!”कैदबाट फर्केकाहरूको बही
एज्रा २ अध्याय
4 अनि शहरचाहिँ फराकिलो र ठूलो थियो; तर त्यसमा मानिसहरू थोरै थिए, र घरहरू बनाइएकै थिएनन्। 5 अनि मेरा परमेश्वरले भारदारहरू, शासकहरू र मानिसहरू उनीहरूको वंशावलीअनुसार गन्ती गरिऊन् भनेर उनीहरूलाई भेला गर्ने कुरा मेरो मनमा हालिदिनुभयो। अनि मैले पहिले आउनेहरूकाग वंशावलीको पुस्तकघ भेट्टाएँ; अनि मैले त्यसमा यस्तो लेखिएको पाएँ:
6 ‘त्यस प्रान्तका सन्तानहरू यिनीहरू हुन्, जो कैदबाट निस्केर माथि आएका थिए, जो कैदमा लगिएकाहरूमध्येका थिए, जसलाई बाबेलका राजा नबूकद्नेस्सरले कैद गरेर लगेका थिए, अनि जो यरूशलेम र यहूदामा, हरेक आ-आफ्नो शहरमा फर्केर आए। 7 तिनीहरू जरूबाबेल, येशूअ, नहेम्याह, अजर्याहङ, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिस्पारेत, बिग्वै, नहूमच र बानासित आए। इस्राएल जातिका मानिसहरूको संख्या यति थियो:
8 परोशका सन्तानहरू दुई हजार एक सय बहत्तर। 9 शपत्याहका सन्तानहरू तीन सय बहत्तर। 10 आरहका सन्तानहरू छ सय बाउन्न। 11 येशूअ र योआबका सन्तानहरूबाट पहत-मोआबका सन्तानहरू दुई हजार आठ सय अठार। 12 एलामका सन्तानहरू एक हजार दुई सय चवन्न। 13 जत्तूका सन्तानहरू आठ सय पैंतालीस। 14 जक्कैका सन्तानहरू सात सय साठी। 15 बिन्नूइकाछ सन्तानहरू छ सय अठचालीस। 16 बेबैका सन्तानहरू छ सय अट्ठाइस। 17 अज्गादका सन्तानहरू दुई हजार तीन सय बाइस। 18 अदोनिकामका सन्तानहरू छ सय सतसट्ठी। 19 बिग्बैका सन्तानहरू दुई हजार सतसट्ठी। 20 आदिनका सन्तानहरू छ सय पचपन्न। 21 हिजकियाहबाट आतेरका सन्तानहरू अन्ठान्नब्बे। 22 हाशूमका सन्तानहरू तीन सय अट्ठाइस। 23 बेजैका सन्तानहरू तीन सय चौबीस। 24 हारिपका सन्तानहरू एक सय बाह्र। 25 गिबोनका सन्तानहरू पन्चान्नब्बे। 26 बेतलेहेम र नतोपाका मानिसहरू एक सय अठासी। 27 अनातोतका मानिसहरू एक सय अट्ठाइस। 28 बेत-अज्मावेतका मानिसहरू बयालीस। 29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू सात सय त्रिचालीस। 30 रामा र गिबाका मानिसहरू छ सय एक्काइस। 31 मिक्मासका मानिसहरू एक सय बाइस। 32 बेतएल र ऐका मानिसहरू एक सय तेइस। 33 अर्को नबोका मानिसहरू बाउन्न। 34 अर्को एलामका सन्तानहरू एक हजार दुई सय चवन्न। 35 हारिमका सन्तानहरू तीन सय बीस। 36 यरिहोका सन्तानहरू तीन सय पैंतालीस। 37 लोद, हादिद र ओनोका सन्तानहरू सात सय एकाइस। 38 सनाआका सन्तानहरू तीन हजार नौ सय तीस।
39 पूजाहारीहरू: येशूअको घरानाबाट यदायाहका सन्तानहरू नौ सय त्रिहत्तर। 40 इम्मेरका सन्तानहरू एक हजार बाउन्न। 41 पश्हूरका सन्तानहरू एक हजार दुई सय सतचालीस। 42 हारिमका सन्तानहरू एक हजार सत्र।
43 लेवीहरू: येशूअका सन्तानहरू कद्मिएलका र होद्वाका सन्तानबाट चौहत्तर। 44 गायकहरू: आसाफका सन्तानहरू एक सय अठचालीस। 45 द्वारपालहरू: शल्लूमका सन्तानहरू, आतेरका सन्तानहरू, तल्मोनका सन्तानहरू, अक्कूबका सन्तानहरू, हतिताका सन्तानहरू, शोबैका सन्तानहरू जम्मा एक सय अठतीस।
46 नतिनिमहरूज: जिहाका सन्तानहरू, हशूपाका सन्तानहरू, तब्बाओतका सन्तानहरू; 47 केरोसका सन्तानहरू, सिआका सन्तानहरू, पादोनका सन्तानहरू; 48 लेबानाका सन्तानहरू, हगाबाका सन्तानहरू, शल्मैका सन्तानहरू; 49 हानानका सन्तानहरू, गिद्देलका सन्तानहरू, गहरका सन्तानहरू; 50 रेआयाहका सन्तानहरू, रेजीनका सन्तानहरू, नकोदाका सन्तानहरू; 51 गज्जामका सन्तानहरू, उज्जाका सन्तानहरू, पासेहका सन्तानहरू; 52 बेसैका सन्तानहरू, मेहूनिमका सन्तानहरू, नेपूसिमकाझ सन्तानहरू; 53 बक्बूकका सन्तानहरू, हकूपाका सन्तानहरू, हरहूरका सन्तानहरू; 54 बज्लीतका सन्तानहरू, महिदाका सन्तानहरू, हर्शाका सन्तानहरू; 55 बर्कोसका सन्तानहरू, सिसराका सन्तानहरू, तेमहका सन्तानहरू; 56 नजिहका सन्तानहरू, हतिपाका सन्तानहरू।
57 सुलेमानका सेवकहरूका सन्तानहरू: सोतैका सन्तानहरू, सोपेरेतका सन्तानहरू, परीदाका सन्तानहरू; 58 यालाका सन्तानहरू, दर्कोनका सन्तानहरू, गिद्देलका सन्तानहरू; 59 शपत्याहका सन्तानहरू, हत्तिलका सन्तानहरू, पोकेरेत-जबाइमका सन्तानहरू, आमोनका सन्तानहरू;
60 सबै नतिनिमहरूज र सुलेमानका सेवकहरूका सन्तानहरू तीन सय बयानब्बे थिए।
61 अनि यिनीहरूचाहिँ ती हुन्, जो तेल-मेलह, तेल-हर्शा, करूब, अद्दोन र इम्मेरबाट निस्केर माथि यरूशलेममा आएका थिए; तर तिनीहरूले आफ्ना पितापुर्खाहरूको घराना र आफ्नो वंश – तिनीहरू इस्राएलबाटका हुन् भन्ने कुरा देखाउन सकेनन्: 62 दलायाहका सन्तानहरू, तोबियाहका सन्तानहरू, नकोदाका सन्तानहरू – छ सय बयालीस।
63 अनि पूजाहारीहरूबाट: हाबायाहका सन्तानहरू, हक्कोजका सन्तानहरू, बर्जिलैका सन्तानहरू, जो बर्जिलैले गिलादी बर्जिलैका छोरीहरूबाट एउटी पत्नी ल्याए, र तिनीहरूको नामअनुसार तिनको नाम राखियो। 64 यिनीहरूले आफ्नो पञ्जिका ती मानिसहरूको बीचमा खोजे, जो वंशावलीअनुसार उल्लेख गरिएका थिए, तर ती भेटाएनन्; यसकारण उनीहरू अशुद्ध ठहरिए, र पूजाहारी-पदबाट हटाइए। 65 अनि ऊरीम र तुम्मीमसित भएका पूजाहारी नउठुन्जेल तिनीहरूले परमपवित्र वस्तुहरूबाट खानुहुँदैन भनेर तिर्शातालेञ तिनीहरूलाई भने।
66 सारा समुदाय जम्मा बयालीस हजार तीन सय साठी थियो। 67 उनीहरूका दासहरू र उनीहरूका दासीहरूबाहेक, जो सात हजार तीन सय सैंतीस थिए; अनि उनीहरूमध्ये दुई सय पैंतालीस गायकहरू र गायिकाहरू थिए। 68 उनीहरूका घोड़ाहरू सात सय छत्तीस; उनीहरूका खच्चरहरू दुई सय पैंतालीस; 69 उनीहरूका ऊँटहरू चार सय पैंतीस; गधाहरू छ हजार सात सय बीस थिए।
70 अनि पितापुर्खाहरूका कोही प्रधानहरूले त्यस कामका निम्ति दिए। तिर्शातालेञ भण्डारमा सुनका एक हजार सिक्काट, पचासवटा बटुकाहरू र पाँच सय तीस पूजाहारीहरूका वस्त्र दिए। 71 अनि पितापुर्खाहरूका कोही प्रधानहरूले त्यस कामको भण्डारमा सुनका बीस हजार सिक्काट र दुई हजार दुई सय चाँदीका मीनाठ दिए।