कैदबाट फर्कनेहरूका नाम र संख्या
2
अनि त्यस प्रान्तका सन्तानहरू यिनीहरू हुन्, जो कैदबाट निस्केर माथि गए, जो कैदमा लगिएकाहरूमध्येका थिए, जसलाई बाबेलका राजा नबूकद्‌नेस्‍सरले बाबेलमा लगेका थिए, र जो यरूशलेम र यहूदामा, हरेक आ-आफ्नो शहरमा फर्केर आए; 2 उनीहरू जरूबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेएलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वइ, रहूम र बानाको साथमा आए। इस्राएल जातिका मानिसहरूको संख्या:
3 परोशका सन्तानहरू दुई हजार एक सय बहत्तर। 4 शपत्याहका सन्तानहरू तीन सय बहत्तर। 5 आरहका सन्तानहरू सात सय पचहत्तर। 6 येशूअ र योआबका सन्तानबाट पहत-मोआबका सन्तानहरू दुई हजार आठ सय बाह्र। 7 एलामका सन्तानहरू एक हजार दुई सय चवन्‍न। 8 जत्तूका सन्तानहरू नौ सय पैंतालीस। 9 जक्‍कैका सन्तानहरू सात सय साठी। 10 बानीका सन्तानहरू छ सय बयालीस। 11 बेबैका सन्तानहरू छ सय तेइस। 12 अज्गादका सन्तानहरू एक हजार दुई सय बाइस। 13 अदोनिकामका सन्तानहरू छ सय छयसट्ठी। 14 बिग्वैका सन्तानहरू दुई हजार छपन्‍न। 15 आदिनका सन्तानहरू चार सय चवन्‍न। 16 हिजकियाहबाट आतेरका सन्तानहरू अन्‍ठान्‍नब्‍बे। 17 बेजैका सन्तानहरू तीन सय तेइस। 18 योराहका सन्तानहरू एक सय बाह्र। 19 हाशूमका सन्तानहरू दुई सय तेइस। 20 गिब्बारका सन्तानहरू पन्चान्‍नब्‍बे। 21 बेतलेहमका सन्तानहरू एक सय तेइस। 22 नतोपाका मानिसहरू छपन्‍न। 23 अनातोतका मानिसहरू एक सय अट्ठाइस। 24 अज्मावेतका सन्तानहरू बयालीस। 25 किर्यत-यारीम, कपीरा र बेरोतका सन्तानहरू सात सय त्रिचालीस। 26 रामा र गिबाका सन्तानहरू छ सय एक्‍काइस। 27 मिक्मासका मानिसहरू एक सय बाइस। 28 बेतएल र ऐका मानिसहरू दुई सय तेइस। 29 नबोका सन्तानहरू बाउन्‍न। 30 मग्बिशका सन्तानहरू एक सय छपन्‍न। 31 अर्को एलामका सन्तानहरू एक हजार दुई सय चवन्‍न। 32 हारिमका सन्तानहरू तीन सय बीस। 33 लोद, हादिद र ओनोका सन्तानहरू सात सय पच्‍चीस। 34 येरिहोका सन्तानहरू तीन सय पैंतालीस। 35 सनाआका सन्तानहरू तीन हजार छ सय तीस।
36 पूजाहारीहरू: येशूअको घरानाका यदायाहका सन्तानहरू नौ सय त्रिहत्तर। 37 इम्मेरका सन्तानहरू एक हजार बाउन्‍न। 38 पश्हूरका सन्तानहरू एक हजार दुई सय सतचालीस। 39 हारिमका सन्तानहरू एक हजार सत्र।
40 लेवीहरू: होदव्याहका सन्तानबाट येशूअ र कद्‍मिएलका सन्तानहरू चौहत्तर। 41 गायकहरू: आसाफका सन्तान एक सय अट्ठाइस। 42 द्वारपालहरूका सन्तानहरू: शल्‍लूमका सन्तान, आतेरका सन्तान, तल्मोनका सन्तान, अक्‍कूबका सन्तान, हतिताका सन्तान, शोबैका सन्तान जम्मै एक सय उनन्चालीस।
43 नेतिनिमहरू: जिहाका सन्तान, हसूपाका सन्तान, तब्बाओतका सन्तान; 44 केरोसका सन्तान, सिआका सन्तान, पादोनका सन्तान; 45 लेबानाका सन्तान, हगाबाका सन्तान, अक्‍कूबका सन्तान; 46 हागाबका सन्तान, शल्मैको सन्तान, हानानका सन्तान; 47 गिद्देलका सन्तान, गहरका सन्तान, रेआयाहका सन्तान; 48 रेजीनका सन्तान, नकोदाको सन्तान, गज्जामका सन्तान; 49 उज्जाका सन्तान, पासेहका सन्तान, बेसैका सन्तान; 50 अस्नाका सन्तान, मेहूनिमका सन्तान, नेपूसिमका सन्तान; 51 बक्बूकका सन्तान, हकूपाका सन्तान, हरहूरका सन्तान; 52 बज्लूतका सन्तान, महिदाका सन्तान, हर्शाका सन्तान; 53 बर्कोसका सन्तान, सिसराका सन्तान, तेमहका सन्तान; 54 नसिहका सन्तान, हतिपाका सन्तान।
55 सुलेमानका सेवकहरूका सन्तान: सोतैका सन्तान, सोपेरेतका सन्तान, परूदाका सन्तान; 56 यालाका सन्तान, दर्कोनका सन्तान, गिद्देलका सन्तान; 57 शपत्याहका सन्तान, हत्तिलका सन्तान, पोकेरेत-जबाइमका सन्तान, आमीका सन्तान;
58 सबै नेतिनिमहरू र सुलेमानका सेवकहरूका सन्तानहरू तीन सय बयानब्बे थिए।
59 अनि यिनीहरू ती हुन्, जो तेल-मेलह, तेल-हर्शा, करूब, अद्‌दान र इम्मरबाट निस्केर माथि गएका थिए; तर तिनीहरूले आफ्ना पितापुर्खाहरूको घराना र आफ्नो वंशलाई – हामी इस्राएलबाटका हौं भन्‍ने कुरा देखाउन सकेनन्: 60 दलायाहका सन्तान, तोबियाहका सन्तान, नकोदाका सन्तान – छ सय बाउन्‍न। 61 अनि पूजाहारीहरूका सन्तानहरूबाट हबयाहका सन्तान, हक्‍कोजका सन्तान, बर्जिलैका सन्तान; जो बर्जिलैले गिलादी बर्जिलैका छोरीहरूबाट एउटी पत्‍नी ल्याए, र तिनीहरूको नामअनुसार तिनको नाम राखियो। 62 उनीहरूले वंशावलीअनुसार गन्ती गरिएकाहरूको बीचमा आफ्नो पञ्‍जिका खोजे, तर ती भेट्टाइएनन्। यसकारण उनीहरू अशुद्ध ठहरिए, र पूजाहारी-पदबाट हटाइए। 63 अनि तिर्शाताले उनीहरूलाई ऊरीम र तुम्मीम भएका पूजाहारी नउठुन्जेल उनीहरूले परमपवित्र वस्तुहरूबाट खानुहुँदैन भनी भने।
64 सारा समुदाय जम्मा बयालीस हजार तीन सय साठी थियो; 65 तिनीहरूका दासहरू र तिनीहरूका दासीहरूबाहेक, जो सात हजार तीन सय सैंतीस थिए; अनि तिनीहरूमध्ये दुई सय गायक र गायिका थिए। 66 तिनीहरूका घोड़ाहरू सात सय छत्तीस; तिनीहरूका खच्‍चरहरू दुई सय पैंतालीस; 67 तिनीहरूका ऊँटहरू चार सय पैंतीस; तिनीहरूका गधाहरू छ हजार सात सय बीस थिए।
68 अनि जब पितापुर्खाहरूका कति प्रधानहरू यरूशलेममा भएको परमप्रभुको भवनमा आए, तब तिनीहरूले परमेश्‍वरको भवनका निम्ति, यसलाई यसकै ठाउँमा स्थापना गर्नलाई स्वेच्छा-दान चढ़ाए। 69 तिनीहरूले आफ्नो औकातअनुसार त्यस कामको भण्डारमा एकसट्ठी हजार सुनका सिक्‍का, पाँच हजार चाँदीको मीना र एक सय पूजाहारीका वस्त्र दिए।
70 यसरी पूजाहारीहरू, लेवीहरू र मानिसहरूमध्ये कोही, साथै गायकहरू, द्वारपालहरू र नेतिनिमहरू आ-आफ्ना शहरहरूमा, अनि सारा इस्राएल आ-आफ्ना शहरहरूमा बसे।