नहेम्याह
कैदबाट यरूशलेममा फर्केकाहरूका निम्ति नहेम्याहको अन्तर्विन्ती
1
हकल्याहका छोरा नहेम्याहका वचनहरू। बीसौं वर्षकोक किस्लेव महिनामा जब म शूशन दरवारमा थिएँ, तब यस्तो भयो: 2 हनानी, मेरा दाजुभाइहरूमध्ये एकजना – तिनी र यहूदाका केही मानिसहरू आइपुगे; अनि मैले उनीहरूबाट ती उम्केका यहूदीहरूको विषयमा, जो कैदबाट फर्केकाहरूबाट बाँकी रहेका थिए, र यरूशलेमको विषयमा सोधखोज गरें। 3 अनि उनीहरूले मलाई भने: “ती बाँकी रहेकाहरू, जो कैदबाट फर्केकाहरूबाट त्यहाँ, त्यस प्रान्तमा बाँकी रहेका छन्, ठूलो कष्टख र निन्दामा परिरहेका छन्; अनि यरूशलेमको पर्खाल पनि भत्किएको छ, र त्यसका मूलढोकाहरूग आगोले भस्म भएका छन्।”4 अनि यस्तो भयो: जब मैले यी कुराहरू सुनें, तब म बसें, र रोएँ, अनि कति दिनसम्म विलाप गरिरहें; अनि उपवास बसेर मैले स्वर्गका परमेश्वरको सामु प्रार्थना गरें; 5 र भनें: “हे परमप्रभु, स्वर्गका परमेश्वर, महान् र भययोग्य परमेश्वर, म तपाईंलाई विन्ती गर्छु, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू पालन गर्नेहरूसँग तपाईं आफ्नो वाचा र करुणा कायम राख्नुहुन्छ; 6 अब आफ्नो दासको प्रार्थना सुन्नलाई तपाईंको कानले ध्यान देओस् र तपाईंका आँखाहरू खुला रहून्, जुन प्रार्थना म तपाईंका दासहरू अर्थात् इस्राएलीहरूको विषयमा म अहिलेघ तपाईंको सामु दिनरात चढ़ाउँछु, र इस्राएलीहरूका पापहरू मानिलिँदछु, जुन पापहरू हामीले तपाईंको विरोधमा गरेका छौं; अँ, म र मेरा पितापुर्खाको घरानाले नै पाप गरेका छौं। 7 हामीले तपाईंको विरोधमा साह्रै भ्रष्ट व्यवहार गरेका छौं, र आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, नियमहरू र न्याय-वचनहरू पालन गरेका छैनौं। 8 म तपाईंलाई विन्ती गर्दछु, तपाईंले आफ्नो दास मोशालाई यसो भन्दै आज्ञा गर्नुभएको वचन सम्झनुहोस्! ‘तिमीहरूले अपराधछ गर्यौ भने म तिमीहरूलाई जाति-जातिको बीचमा छरपस्ट गरिदिनेछु; 9 तर तिमीहरू मकहाँ फर्क्यौ, अनि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्यौ र ती पूरा गर्यौ भने तिमीहरू धपाइएर पृथ्वीकोज छेउसम्म पुगे तापनि म तिनीहरूलाई त्यहाँबाट भेला गर्नेछु र तिनीहरूलाई त्यस ठाउँमा फर्काएर ल्याउनेछु, जुन ठाउँ मैले त्यहाँ आफ्नो नाम राख्नलाई छानेको छु।’ 10 अनि यिनीहरूचाहिँ तपाईंका दासहरू र तपाईंको प्रजा हुन्, जसलाई तपाईंले आफ्नो ठूलो शक्ति र आफ्नो शक्तिशाली हातले दाम तिरेर छुटाउनुभएको छ। 11 हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, अब तपाईंको दासको प्रार्थना र तपाईंका दासहरूको प्रार्थनाप्रति तपाईंको कानले ध्यान देओस्, जसले तपाईंको नाउँको डर मान्न चाहन्छन्झ; अनि म तपाईंलाई विन्ती गर्दछु, आज आफ्नो दासलाई सफल तुल्याउनुहोस्, र यी मानिसको सामु मलाईञ दया देखाउनुहोस्!” किनकि म राजाको मद्य टक्रयाउने मानिस थिएँ।