अन्यजाति पत्नीहरूलाई त्याग्ने निर्णय
10
अनि जब एज्राले परमेश्वरको भवनको अघिल्तिर रुँदै र लम्पसार पर्दै प्रार्थना गरे, र पाप स्वीकार गरे, तब उनीकहाँ इस्राएलबाट पुरुषहरू, स्त्रीहरू र केटाकेटीहरूको एउटा अति ठूलो जमात भेला भयो; किनभने मानिसहरू साह्रै मन काटी-काटी रोइरहेका थिए। 2 एलामका सन्तानहरूमध्ये एकजना, यहिएलका छोरा शकन्याहले जवाफ दिएर एज्रालाई भने: “हामीले आफ्ना परमेश्वरको विरोधमा अपराधक गरेका छौं, र यस देशका जातिहरूबाट पराई स्त्रीहरूलाई विवाह गरेका छौं; तैपनि यस विषयमा इस्राएलमा अझै आशा छ। 3 यसकारण अब हामी मेरा प्रभुको र हाम्रा परमेश्वरको आज्ञा सुनेरख काम्नेहरूको सल्लाहअनुसार सबै पत्नीहरू र तिनीहरूबाट जन्मेकाहरूलाई हटाउनका निम्ति हाम्रा परमेश्वरसित एउटा वाचा बाँधौं; अनि यो काम व्यवस्थाअनुसार गरियोस्! 4 उठ्नुहोस्! किनभने यो काम तपाईंको हो; अनि हामी तपाईंको साथमा हुनेछौं; बलियो हुनुहोस्, र यो काम गर्नुहोस्!”5 तब एज्रा उठे, र मुख्य पूजाहारीहरू, लेवीहरू र सारा इस्राएललाई, उनीहरूले यस वचनअनुसार गर्नुपर्छ भनी शपथ खान लगाए। अनि उनीहरूले शपथ खाए। 6 तब एज्रा परमेश्वरको भवनको अघिल्तिरबाट उठे र एल्याशिबका छोरा योहानानको कोठाभित्र पसे; अनि जब उनी त्यहाँ पुगे, तब उनले न रोटी खाए न पानी पिए; किनकि ती कैदमा लगिएकाहरूको अपराधले गर्दा उनी विलाप गर्दैरहे।
7 अनि उनीहरूले यहूदा र यरूशलेमभरि नै कैदबाट फर्केर आएका सबै सन्तानहरूलाई ‘तिनीहरू यरूशलेममा भेला हुनुपर्छ; 8 अनि हरेक जो शासकहरू र बूढ़ा प्रधानहरूको सल्लाहअनुसार तीन दिनभित्र आउँदैन, त्यसको सबै सम्पत्ति जफत गरिनुपर्छ, र त्योचाहिँ कैदबाट फर्केकाहरूको समुदायबाट अलग गरिनुपर्छ’ भनी घोषणा गरे। 9 तब यहूदा र बिन्यामिनका सबै मानिसहरू तीन दिनभित्र यरूशलेममा भेला भए। यो नवौं महिनामा, त्यस महिनाको बीसौं दिन थियो; अनि सबै मानिसहरू यस कुराको कारणले, र ठूलो झरीको कारणले काम्दै परमेश्वरको भवनको सड़कमा बसे। 10 अनि पूजाहारी एज्रा खड़ा भए, र तिनीहरूलाई भने: “तिमीहरूले अपराधग गरेका छौ; अनि इस्राएलको अपराध बढ़ाउनलाई तिमीहरूले पराई स्त्रीहरूलाई विवाह गरेका छौ। 11 यसकारण अब परमप्रभु तिमीहरूका पितापुर्खाहरूका परमेश्वरको सामु आफ्नो पाप मानिलेओ, र उहाँको इच्छा पूरा गर! अनि यस देशका जातिहरूबाट र ती पराई स्त्रीहरूबाट अलग होओ!” 12 तब सारा समुदायले जवाफ दिएर चर्को सोरले भने: “तपाईंले जस्तो भन्नुभएको छ, त्यस्तै हामीले गर्नैपर्छ। 13 तर मानिसहरू धेरै छन्, र यो धेरै पानी पर्ने समय पनि हो; अनि हामी बाहिर उभिन सक्दैनौं, र यो काम एक-दुई दिनको काम पनि होइन; किनभने हामी धेरै छौं, जसले यस विषयमा अपराध गरेका छौं। 14 अब यस सारा समुदायका निम्ति हाम्रा शासकहरू खड़ा होऊन्, अनि हाम्रा शहरहरूमा पराई स्त्रीहरूलाई विवाह गर्ने सबैजना, र तिनीहरूको साथमा हरेक शहरका बूढ़ा प्रधानहरू र त्यसका न्यायकर्ताहरू ठहराइएका समयहरूमा आऊन्; तबसम्म आऊन्, जबसम्म यस विषयमा हाम्रा परमेश्वरको भयङ्कर क्रोध हामीबाट हट्दैन।” 15 असाहेलका छोरा योनातान र तिक्वाहका छोरा याहज्याह मात्र यस काममाथि नियुक्त गरिएघ; अनि मशूल्लाम र लेवी शब्ब्तैले तिनीहरूलाई सघाए।
16 अनि कैदबाट फर्केकाहरूका सन्तानहरूले त्यस्तै गरे। तब पूजाहारी एज्रा र तिनीहरूका पितापुर्खाहरूको घरानाअनुसार ती बुबाहरूका केही मुख्य मानिसहरू अलग गरिए, जसका सबै नामहरू तोकिएका थिए; अनि दसौं महिनाको पहिलो दिनमा उनीहरू यो कुरा छानबिन गर्न बसे। 17 अनि पहिलो महिनाको पहिलो दिनमा उनीहरूले ती पराई स्त्रीहरूलाई विवाह गर्ने सबै मानिसहरूको छानबिन सिद्ध्याए। 18 अनि पूजाहारीहरूका सन्तानहरूको बीचमा पनि पराई स्त्रीहरूलाई विवाह गर्नेहरू फेला परे, जस्तै येशूअका सन्तानहरूबाट योजादकको छोरा र तिनका दाजुभाइहरूमध्ये मासेयाह, एलिएजेर, यारिब र गदल्याह। 19 अनि उनीहरूले आ-आफ्ना पत्नीहरूलाई त्याग्छौं भनी आ-आफ्ना हात दिए; अनि दोषी ठहरिएको हुनाले उनीहरूले आफ्नो अपराधका निम्ति एक-एक भेड़ाको भेड़ाङ चढ़ाए। 20 अनि इम्मेरका छोराहरूबाट हनानी र जबद्याह। 21 अनि हारिमका छोराहरूबाट मासेयाह, एलियाह, शमायाह, यहिएल र उज्जियाह। 22 अनि पशहूरका छोराहरूबाट एलियोएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा। 23 अनि लेवीहरूबाट योजाबाद, शिमी, केलायाह, (तिनी कलिता थिए), पतह्याह, यहूदा र एलिएजेर। 24 अनि गायकहरूबाट एलियाशिब; अनि द्वारपालहरूबाट शल्लूम, तेलेम र ऊरी। 25 अनि इस्राएलबाट – परोशका छोराहरूबाट रम्याह, यिज्जियाह, मल्कियाह, मिय्यामिन, एलाजार, मल्कियाह र बनायाह। 26 अनि एलामका छोराहरूबाट मत्तन्याह, जकर्याह, यहिएल, अब्दी, यरेमोत र एलियाह। 27 अनि जत्तूका छोराहरूबाट एलियोएनै, एलियाशिब, मत्तन्याह, यरेमोत, जाबाद र अजिजा। 28 अनि बेबैका छोराहरूबाट यहोहानान, हनन्याह, जब्बै र अत्लै। 29 अनि बानीका छोराहरूबाट मशूल्लाम, मल्लूक, अदायाह, याशूब, शआल र यरेमोत। 30 अनि पहत-मोआबका छोराहरूबाट अद्ना, कलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूइ र मनस्से। 31 अनि हारिमका छोराहरूबाट एलिएजेर, इश्शियाह, मल्कियाह, शमायाह, शिमोन, 32 बिन्यामिन, मल्लूक र शमर्याह। 33 हाशूमका छोराहरूबाट मत्तनै, मत्तत्ता, जाबाद, एलिपेलेत, यरेमै, मनस्से र शिमी। 34 बानीका छोराहरूबाट मादै, अम्राम र ऊएल; 35 बनायाह, बेद्याह, कलूही; 36 वन्याह, मरेमोत, एलियाशिब; 37 मत्तन्याह, मत्तनै, र यासाऊ; 38 साथै बानी, र बिन्नूइ, शिमी; 39 अनि शेलेम्याह, अनि नातान र अदायाह; 40 मक्नाद्बै, शाशै, शारै; 41 अजरेल र शेलेम्याह, शमर्याह; 42 शल्लूम, अमर्याह र यूसुफ। 43 नबोका छोराहरूबाट यइएल; मत्तित्याह, जाबाद, जविना, यदऊ र योएल, बनायाह। 44 यिनीहरू सबैले पराई स्त्रीहरूलाई विवाह गरेका थिए; अनि तिनीहरूमध्ये कतिका पत्नीहरू थिए, जसबाट तिनीहरूका छोराछोरीहरू भएका थिए।