२ इतिहास
बुद्धिका निम्ति सुलेमानको प्रार्थना
1
दाऊदका छोरा सुलेमान आफ्नो राज्यमा बलियो हुँदै गएक; अनि परमप्रभु तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनलाई अत्यन्तै महान् तुल्याउनुभयो। 2 तब सुलेमानले सारा इस्राएलसित, अर्थात् हजारौंमाथिका र सयौंमाथिका कप्तानहरू, न्यायकर्ताहरू र सारा इस्राएलका सबै शासकहरूसित, जो पितापुर्खाहरूका प्रधानहरू थिए, बातचित गरे। 3 तब सुलेमान, र तिनको साथमा सारा समुदाय गिबोनमा भएको उच्च स्थानमा गए; किनकि त्यहाँ परमेश्वरको भेट हुने पाल थियो, जुन भेट हुने पाल परमप्रभुका दास मोशाले उजाड़स्थानमा बनाएका थिए। 4 तर परमेश्वरको सन्दुक दाऊदले किर्यत-यरीमबाट माथि आफूले त्यसका निम्ति तयार पारेको ठाउँमा ल्याएका थिए; किनभने त्यसका निम्ति उनले यरूशलेममा एउटा पाल टाँगेका थिए; 5 साथै ऊरीका छोरा अर्थात् हूरका नाति बजलेलले बनाएको पित्तलको वेदी पनि उनले परमप्रभुको निवासस्थानको सामु राखेका थिए। अनि सुलेमान र समुदायले त्यहाँ उहाँको खोजी गरे। 6 अनि सुलेमान त्यहाँ, माथि परमप्रभुको सामु राखिएको त्यस पित्तलको वेदीकहाँ गए, जुन पित्तलको वेदी त्यस भेट हुने पालमा थियो; र त्यसमाथि तिनले एक हजार होमबलि चढ़ाए।7 अनि त्यस रात परमेश्वर सुलेमानकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो: “म तिमीलाई के दिऊँ, माग!” 8 अनि सुलेमानले परमेश्वरलाई भने: “तपाईंले मेरा पिता दाऊदलाई ठूलो करुणा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्याउनुभएको छ। 9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन दृढ़ रहोस्; किनभने तपाईंले मलाई पृथ्वीको धूलोजत्तिकै प्रशस्त प्रजामाथि राजा तुल्याउनुभएको छ। 10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस प्रजाको सामु बाहिर-भित्र जावत-आवत गर्न सकूँ; किनकि कसले तपाईंको यति ठूलो प्रजाको न्याय गर्न सक्छ र?” 11 अनि परमेश्वरले सुलेमानलाई भन्नुभयो: “तिम्रो हृदयमा यो कुरा थियो, र तिमीले धन, दौलत वा मान मागेनौ, न आफ्ना शत्रुहरूको ज्यान माग्यौ, न ता दीर्घायु नै माग्यौ; तर मैले तिमीलाई जो मेरो प्रजामाथि राजा बनाएँ, उनीहरूको न्याय गर्नलाई तिमीले आफ्ना निम्ति बुद्धि र ज्ञान माग्यौ; 12 यसैकारण बुद्धि र ज्ञान तिमीलाई दिइएको छ, साथै म तिमीलाई यति धन, दौलत र मान पनि दिनेछु, जत्ति त तिमीभन्दा पहिले कुनै राजाले पनि पाएको छैनख, न ता योजत्तिकै तिमीपछि अरू कसैले पाउनेछग।”
13 तब सुलेमान गिबोनको उच्च स्थानबाट अर्थात् भेट हुने पालको सामुबाट यरूशलेममा आए, र इस्राएलमाथि राज्य गर्न थाले। 14 अनि सुलेमानले रथहरू र घोड़चढ़ीहरू जम्मा गरे। अनि तिनीसित एक हजार चार सय रथहरू र बाह्र हजार घोड़चढ़ीहरू थिए। अनि तिनले तिनीहरूलाई रथका शहरहरूमा र यरूशलेममा राजासित राखे। 15 अनि प्रशस्त भएकोले राजाले यरूशलेममा चाँदी र सुनलाई ढुङ्गाहरूसरह तुल्याए र देवदारका रूखहरूलाई तराईमा भएका किम्बूकाघ रूखहरूसरह तुल्याए। 16 अनि सुलेमानसित मिस्र र कुएबाटङ झिकाएर ल्याइएका घोड़ाहरू थिए। राजाका व्यापारीहरूले तिनलाई कुएबाटङ चल्ती दाममा पाउँथे। 17 अनि तिनीहरूले मिस्रबाट एउटा रथ चाँदीको छ सय शेकेल र एउटा घोड़ा डेढ़ सय शेकेलमा झिकाएर ल्याउँथे। अनि यसरी यिनीहरूले तिनीहरूको सहायताद्वारा हित्तीहरूका सबै राजाहरू र अरामका राजाहरूका निम्ति पनि घोड़ाहरू झिकाउँथे।