१ इतिहास
आदमका सन्‍तानहरू – आदमदेखि इसहाकसम्‍म
1
आदम, सेत, एनोस, 2 केनान, महललेल, यारेद, 3 हनोक, मतूशेलह, लमेक, 4 नूह, शेम, हाम र येपेत। 5 येपेतका छोराहरू: गोमेर, मागोग, मादै, यावान, तूबल, मेशेक र तीरास। 6 गोमेरका छोराहरू: अश्कनज, रीपत र तोगर्मा। 7 अनि यावानका छोराहरू: एलीशा, टर्शिश, कित्तीम र दोदानीम।
8 हामका छोराहरू: कूश, मिस्राइम, पूत र कनान। 9 अनि कूशका छोराहरू: सबा, हवीला, सब्ता, रामा र सब्तका। अनि रामाका छोराहरू: शबा र ददान। 10 अनि कूशले निम्रोदलाई जन्माए; तिनी पृथ्वीमाथि पराक्रमी हुन थाले। 11 अनि मिस्राइमले लूदी, अनामी, लहाबी, नप्‍तूही, 12 पत्रूसी, कस्लूही (जसबाट पलिस्तीहरू निस्केर आए) र कप्‍टोरीलाई जन्माए। 13 अनि कनानले तिनका जेठा छोरा सिडोनलाई, र हेतलाई जन्माए, 14 अनि यबूसी, एमोरी, गिर्गाशी, 15 हिव्वी, अर्की, सीनी, 16 अर्वादी, जमारी र हमातीहरूलाई पनि जन्माए।
17 शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद, अराम, ऊज, हूल, गेतेर र मेशेक 18 अनि अर्पक्षदले शेलाहलाई जन्माए, र शेलाहले एबेरलाई जन्माए। 19 अनि एबेरका दुई छोराहरू जन्मे: एकजनाको नाम पेलेग थियो; किनकि तिनको समयमा पृथ्वी छुट्टिएको थियो। अनि तिनको भाइको नाम योक्तान थियो। 20 अनि योक्तानले अल्मोदाद, शेलेप, हसर्मावेत, येरह, 21 हदोराम, ऊजाल, दिक्ला, 22 ओबाल, अबिमाएल, शबा, 23 ओपीर, हवीला र योबाबलाई जन्माए। यिनीहरू सबै योक्तानका छोराहरू हुन्।
24 शेम, अर्पक्षद, शेलाह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह, 27 र अब्राम अर्थात् अब्राहाम।
28 अब्राहामका छोराहरू: इसहाक र इश्माएल। 29 उनीहरूका वंशावली यी नै हुन्: इश्माएलका जेठा नबायोत, त्यसपछि केदार, अद्बेएल, मिब्साम, 30 मिश्मा, दूमा, मस्सा, हदद, तेमा, 31 यतूर, नापीश र केद्‌मा। यिनीहरू इश्माएलका छोराहरू हुन्।
32 अनि अब्राहामकी उपपत्‍नी केतूरापट्टिका छोराहरू: तिनले जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक र शूहलाई जन्माइन्। अनि योक्षानका छोराहरू: शबा र ददान। 33 अनि मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा। यिनीहरू सबै केतूराका सन्तान हुन्। 34 अनि अब्राहामले इसहाकलाई जन्माए। इसहाकका छोराहरू: एसाव र इस्राएल।
एसावका सन्तानहरू
35 एसावका छोराहरू: एलीपाज, रूएल, यऊश, यालाम र कोरह। 36 एलीपाजका छोराहरू: तेमान, ओमार, जपी, गाताम, कनज, तिम्‍ना र अमालेक। 37 रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा।
38 अनि सेईरका छोराहरू: लोतान, शोबाल, जिबोन, अना, दीशोन, एसेर र दीशान। 39 अनि लोतानका छोराहरू: होरी र होमाम; अनि तिम्‍ना लोतानकी बहिनी थिइन्। 40 शोबालका छोराहरू: अल्यान, मानहत, एबाल, शपी र ओनाम। अनि जिबोनका छोराहरू: अय्या र अना। 41 अनाका छोरा: दीशोन। अनि दीशोनका छोराहरू: हम्रान, एश्बान, यित्रान र करान। 42 एसेरका छोराहरू: बिल्हान, जावान र याकान। दीशानका छोराहरू: ऊज र अरान।
43 अनि इस्राएलीहरूमाथि कुनै राजाले राज्य गर्नुभन्दा पहिले एदोम देशमा राज्य गर्ने राजाहरू यी हुन्: बओरका छोरा बेला; अनि तिनको शहरको नाम दिन्हाबा थियो। 44 अनि जब बेला मरे, तब तिनको सट्टामा बोज्रामा बस्‍ने जेरहका छोरा योबाबले राज्य गरे। 45 अनि जब योबाब मरे, तब तिनको सट्टामा तेमानीहरूको देशका हूशामले राज्य गरे। 46 अनि जब हूशाम मरे, तब तिनको सट्टामा बददका छोरा हददले राज्य गरे, जसले मोआबको मैदानमा मिद्यानीहरूलाई प्रहार गरे; अनि तिनको शहरको नाम अवीत थियो। 47 अनि जब हदद मरे, तब तिनको सट्टामा मस्रेकामा बस्‍ने सम्लाले राज्य गरे। 48 अनि जब सम्ला मरे, तब तिनको सट्टामा नदीको किनारमा भएको रहोबोतमा बस्‍ने शाऊलले राज्य गरे। 49 अनि जब शाऊल मरे, तब तिनको सट्टामा अक्बोरका छोरा बाल-हानानले राज्य गरे। 50 अनि जब बाल-हानान मरे, तब तिनको सट्टामा हददले राज्य गरे; अनि तिनको शहरको नाम पाई थियो; अनि तिनकी पत्‍नीको नाम महेतबेल थियो, जो मेजाहाबकी छोरी मत्रेदकी छोरी थिइन्। 51 हदद पनि मरे। अनि एदोमका अधिपतिहरू यिनीहरू थिए: अधिपति तिम्‍ना, अधिपति अल्या, अधिपति यतेत, 52 अधिपति ओहोलीबामा, अधिपति एला, अधिपति पीनोन, 53 अधिपति कनज, अधिपति तेमान, अधिपति मिब्जार, 54 अधिपति मग्दीएल र अधिपति ईराम। एदोमका अधिपतिहरू यिनीहरू थिए।