याकूबका सन्तान
2
इस्राएलका छोराहरू यिनीहरू थिए: रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून, 2 दान, यूसुफ, बिन्यामिन, नप्‍ताली, गाद र आशेर।
यहूदाका सन्तान
3 यहूदाका छोराहरू: एर, ओनान र शेलाह। यी तीनजना उनका निम्ति कनानी शूआकी छोरीबाट जन्मेका थिए। अनि यहूदाका जेठा छोरा एरचाहिँ परमप्रभुको दृष्‍टिमा दुष्‍ट थिए; अनि उहाँले तिनलाई मार्नुभयो। 4 अनि उनकी बुहारी तामारले उनका निम्ति पेरेस र जेरहलाई जन्माइन्। यहूदाका सबै छोराहरू पाँचजना थिए। 5 पेरेजका छोराहरू: हेस्रोन र हामूल। 6 अनि जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कल्कोल र दारा; तिनीहरू सबै पाँचजना थिए। 7 अनि कर्मीका छोराहरू: इस्राएललाई कष्‍ट दिने आकार, जसले अर्पण गरिएको थोकको सम्बन्धमा अपराध गरे। 8 अनि एतानका छोरा: अजर्याह। 9 अनि हेस्रोनका छोराहरू, जो तिनका निम्ति जन्मे, ती हुन्: येरहमेएल, राम र कलूबै 10 अनि रामले अम्मिनादाबलाई जन्माए; अनि अम्मिनादाबले यहूदाका सन्तानहरूका शासक नहशोनलाई जन्माए। 11 अनि नहशोनले सल्मालाई जन्माए; अनि सल्माले बोअजलाई जन्माए। 12 अनि बोअजले ओबेदलाई जन्माए; अनि ओबेदले यिशाईलाई जन्माए। 13 अनि यिशाईले आफ्ना पहिलो छोरा एलीआब, दोस्रो अविनादाब, तेस्रो शिमा, 14 चौथो नतनेल, पाँचौं रद्दइ, 15 छैटौं ओसेम र सातौं दाऊदलाई जन्माए। 16 उनीहरूका बहिनीहरू सरूया र अबिगेल थिए। सरूयाका छोराहरू: अबिशै, योआब र असाहेल, तीनजना। 17 अनि अबिगेलले अमासालाई जन्माइन्। अनि अमासाका बुबा इश्माएली येतेर थिए।
18 अनि हेस्रोनका छोरा कालेबले आफ्नी पत्‍नी अजूबाबाट, साथै यरिओतबाट पनि छोराछोरीहरू जन्माए; अजूबाका छोराहरू यिनै थिए: येशेर, शोबाब र अर्दोन। 19 अनि अजूबाको मृत्युपछि कालेबले एप्रातलाई आफूकहाँ ल्याए, जसले तिनका निम्ति हूरलाई जन्माइन्। 20 अनि हूरले ऊरीलाई जन्माए; अनि ऊरीले बसलेललाई जन्माए। 21 अनि त्यसपछि हेस्रोन गिलादका बुबा माकीरकी छोरीकहाँ गए, जसलाई तिनले साठी वर्षको उमेरमा विवाह गरे; अनि उनले तिनका निम्ति सगूबलाई जन्माइन्। 22 अनि सगूबले याईरलाई जन्माए, जससँग गिलाद देशमा तेइसवटा शहरहरू थिए। 23 अनि गशूर र अरामले तिनीहरूबाट याईरका गाउँहरूसहित कनात र त्यसका गाउँहरू – साठी शहरहरू कब्जा गरे। यी सबैजना गिलादका पिता माकीरका छोराहरू थिए। 24 अनि हेस्रोन कालेब-एफ्रातामा मरेपछि हेस्रोनकी पत्‍नी अबियाले तिनका निम्ति टेकोअका बुबा अश्हूरलाई जन्माइन्।
25 अनि हेस्रोनका जेठा छोरा यरहमेएलका छोराहरू: जेठा छोरा राम, त्यसपछि बूना, ओरेन, ओसेम र अहियाह थिए। 26 अनि यरहमेएलकी अर्की पत्‍नी पनि थिइन्, जसको नाम अतारा थियो। तिनीचाहिँ ओनामकी आमा थिइन्। 27 अनि यरहमेएलका जेठा छोरा रामका छोराहरू मास, यामिन र एकेर थिए। 28 अनि ओनामका छोराहरू शम्मै र यादा थिए। अनि शम्मैका छोराहरू: नादाब र अबिशूर। 29 अनि अबिशूरकी पत्‍नीको नाम अबिहेल थियो; अनि तिनले उनका निम्ति अहबान र मोलिदलाई जन्माइन्। 30 अनि नादाबका छोराहरू: सेलेद र अप्पैम; तर सेलेदचाहिँ निस्सन्तान भएर मरे। 31 अनि अप्पैमका छोराहरू: यिशी; अनि यिशीका छोरा: शेशान; अनि शेशानका छोरा: अह्लै। 32 अनि शम्मैका भाइ यादाका छोराहरू: येतेर र योनातान; अनि येतेरचाहिँ निस्सन्तान भएर मरे। 33 अनि योनातानका छोराहरू: पेलेत र जाजा। यरहमेएलका सन्तान यिनीहरू थिए। 34 अनि शेशानका छोराहरू भएनन्, तर छोरीहरू मात्र थिए। अनि शेशानको एकजना मिस्री दास थियो, जसको नाम यर्हा थियो। 35 अनि शेशानले आफ्नी छोरीलाई आफ्नो दास यर्हासित विवाह गरिदिए; अनि तिनले उसका निम्ति अत्तैलाई जन्माइन्। 36 अनि अत्तैले नातानलाई जन्माए; र नातानले जाबादलाई जन्माए; 37 अनि जाबादले एप्लाललाई जन्माए; र एप्लालले ओबेदलाई जन्माए; 38 अनि ओबेदले येहूलाई जन्माए; र येहूले अजर्याहलाई जन्माए; 39 अनि अजर्याहले हेलेसलाई जन्माए; र हेलेसले एलासालाई जन्माए; 40 अनि एलासाले सिस्मैलाई जन्माए; र सिस्मैले शल्‍लूमलाई जन्माए; 41 अनि शल्‍लूमले यकम्याहलाई जन्माए; र यकम्याहले एलिशामालाई जन्माए।
42 अनि यरहमेएलका भाइ कालेबका छोराहरू: तिनका जेठा छोरा मेशा थिए, जो जीपका पिता थिए; अनि हेब्रोनका बुबा मारेशाका छोराहरू। 43 अनि हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा। 44 अनि शेमाले योर्कामका बुबा रहमलाई जन्माए; अनि रेकेमले शम्मैलाई जन्माए। 45 अनि शम्मैका छोरा माओन थिए; र माओनचाहिँ बेत-सूरका पिता थिए। 46 अनि कालेबकी उपपत्‍नी एपाले हारान, मोसा र गाजेजलाई जन्माइन्। अनि हारानले गाजेजलाई जन्माए। 47 अनि याहदैका छोराहरू: रेगेम, योताम, गेशान, पेलेत, एपा र शाप। 48 कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हनालाई जन्माइन्। 49 तिनले मद्‌मन्‍नाका पिता शाप, मक्बेनाका पिता शवा र गिबाका पितालाई पनि जन्माइन्; अनि कालेबकी छोरी अक्सा थिइन्।
50 एफ्राताका जेठा छोरा हूरका छोरा कालेबका छोराहरू यिनीहरू थिए: किर्यत-यारीमका पिता शोबाल, 51 बेतलेहेमका पिता सल्मा र बेत-गादेरका पिता हारेप। 52 अनि किर्यत-यारीमका पिता शोबालका छोराहरू यी थिए: हारोए, र आधा मनुहोतीहरू। 53 अनि किर्यत-यारीमका परिवारहरू – यित्रीहरू, पूहीहरू, शुमातीहरू र मिस्राईहरू। तिनीहरूबाट सोरातीहरू र एश्ताओलीहरू निस्केर आए। 54 सल्माका छोराहरू: बेतलेहेम, नतोपातीहरू, अत्रोत, बेत-योआब, आधा मनुहोतीहरू र सोरीहरू। 55 अनि याबेसमा बस्‍ने शास्त्रीहरूका परिवारहरू – तिरातीहरू, शिमातीहरू र सूकातीहरू। यिनीहरू तिनै केनीहरू थिए, जो रेकाबको घरानाका बुबा हम्मतबाट निस्केर आएका थिए।