दाऊदका सन्तान
3
अनि दाऊदका निम्ति हेब्रोनमा जन्मेका उनका छोराहरू यिनीहरू हुन्: यिज्रेएली अहिनोअमपट्टिबाट पहिलो अम्‍नोन, कर्मेली अबिगेलपट्टिबाट दोस्रो दानिएल, 2 गशूरका राजा तल्मैकी छोरी माकापट्टिबाट तेस्रो अब्शालोम, हग्गीतपट्टिबाट चौथो अदोनियाह, 3 अबितालपट्टिबाट पाँचौं शपत्याह र उनकी पत्‍नी एग्लापट्टिबाट छैटौं यित्राम। 4 यी छजना उनका निम्ति हेब्रोनमा जन्मे; अनि त्यहाँ उनले सात वर्ष छ महिना राज्य गरे; अनि यरूशलेममा उनले तेत्तीस वर्ष राज्य गरे।
5 अनि यी छोराहरू उनका निम्ति यरूशलेममा जन्मे: शिमा, शोबाब, नातान र सुलेमान। यी चारजना अम्मीएलकी छोरी बत्शूअपट्टिबाट थिए; 6 साथै इब्हार, एलिशामा, एलिपेलेत, 7 नोगह, नेपेग, यापिअ, 8 एलिशामा, एलियादा र एलिपेलेत – नौजना। 9 उपपत्‍नीहरूका छोराहरूलाई छोड़ेर यिनीहरू सबै दाऊदका छोराहरू थिए; अनि उनीहरूकी बहिनी तामार थिइन्।
10 अनि सुलेमानका छोरा रहबाम थिए, जसका छोरा अबियाह, जसका छोरा आसा, जसका छोरा यहोशापात, 11 जसका छोरा योराम, जसका छोरा अहज्याह, जसका छोरा योआश, 12 जसका छोरा अमस्याह, जसका छोरा अजर्याह, जसका छोरा योताम, 13 जसका छोरा आहाज, जसका छोरा हिजकियाह, जसका छोरा मनस्से, 14 जसका छोरा आमोन, जसका छोरा योशियाह थिए।
15 अनि योशियाहका छोराहरू: पहिलो योहानान, दोस्रो यहोयाकिम, तेस्रो सिद्कियाह र चौथो शल्‍लूम थिए। 16 अनि यहोयाकिमका छोराहरू: तिनका छोरा यकोन्याह थिए; तिनका छोरा सिद्कियाह थिए। 17 अनि यकोन्याहका छोराहरू: अस्सीर; तिनका छोरा शाल्तिएल, 18 साथै मल्किराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह थिए। 19 अनि पदायाहका छोराहरू: जरूबाबेल र शिमी; अनि जरूबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्याह, अनि तिनीहरूकी बहिनी शलोमित। 20 अनि हशूबा, ओहेल, बेरेक्याह, हसद्याह र यूशब-हेसेद – पाँचजना। 21 अनि हनन्याहका छोराहरू: पलत्याह, यशायाह; रपायाहका छोराहरू, अर्नानका छोराहरू, ओबद्याहका छोराहरू र शकन्याहका छोराहरू। 22 अनि शकन्याहका छोराहरू: शमायाह; अनि शमायाहका छोराहरू: हत्तूश, यिगाल, बारिह, नार्याह र शापात – छजना। 23 अनि नार्याहका छोराहरू: एलियोएनै, हिजकियाह र अज्रिकाम – तीनजना। 24 अनि एलियोएनैका छोराहरू: होदैवाह, एल्याशिब, पलायाह, अक्‍कूब, योहानान, दलायाह र अनानी – सातजना।