यहूदाका सन्तानहरू
4
यहूदाका छोराहरू: पेरेस, हेस्रोन, कर्मी, हूर र शोबाल। 2 अनि शोबालका छोरा रायाहले यहतलाई जन्माए; अनि यहतले अहूमै र लहदलाई जन्माए। यिनीहरू सोरातीहरूका परिवारहरू भए। 3 अनि एतामका पिताका सन्तान यिनीहरू थिए: यिज्रेएल, इश्मा र इद्बाश। अनि तिनीहरूकी बहिनीको नाम हस्लेल्पोनी थियो; 4 अनि गेदोरका बुबा पनूएल र हूशाका बुबा एजेर थिए। यिनीहरू बेतलेहेमका बुबा, एफ्राताका जेठा छोरा हूरका छोराहरू थिए। 5 टेकोअका बुबा अश्हूरका दुई पत्‍नी थिए: हेला र नारा। 6 अनि नाराले तिनका निम्ति अहूज्जाम, हेपेर, तेमनी र अहश्तारीलाई जन्माइन्। यिनीहरू नाराका छोराहरू थिए। 7 अनि हेलाका छोराहरू सेरेत, यित्सहर र एत्‍नान थिए। 8 अनि कोसले आनूब, सोबेबा र हारूमका छोरा अहर्हेलका परिवारहरूलाई जन्माए।
9 अनि याबेस आफ्ना दाजुभाइहरूभन्दा आदरणीय थिए; अनि उनकी आमाले यसो भन्दै उनको नाम याबेस राखेकी थिइन्: “किनकि मैले उसलाई शोकमा जन्माएँ।” 10 अनि याबेसले इस्राएलका परमेश्‍वरलाई यसो भन्दै पुकारे: “आहा! तपाईंले मलाई साँच्‍चै आशिष्‌ दिनुभएको भए! मेरो सिमाना बढ़ाइदिनुभएको भए! तपाईंको हातले मलाई साथ दिएको भए! र कुनै विपत्तिले मलाई दुःखित तुल्याउन नपाओस् भनेर तपाईंले मलाई त्यसबाट जोगाउनुभएको भए!” अनि परमेश्‍वरले उनले विन्‍ती गरेको कुरा दिनुभयो।
11 अनि शूहाका भाइ कलूबले महीरलाई जन्माए, जो एश्तोनका पिता थिए। 12 अनि एश्तोनले बेत-रापा, पासेह र इर-नाहाशका बुबा तहिन्‍नालाई जन्माए। यिनीहरू रेकाका मानिसहरू थिए। 13 अनि कनजका छोराहरू: ओत्‍निएल र सरायाह। अनि ओत्‍निएलका छोराहरू: हतत। 14 अनि मेओनोतैले ओप्रालाई जन्माए; अनि सरायाहले गइ-हराशीमका बुबा योआबलाई जन्माए; किनकि तिनीहरू कारिगरहरू थिए। 15 अनि यपून्‍नेका छोरा कालेबका छोराहरू: इरू, एला र नअम; अनि एलाका छोराहरू: कनज। 16 अनि यहलेल-एलका छोराहरू: जीप, जिपा, तिर्या र असर-एल। 17 अनि एज्राका छोराहरू: येतेर, मेरेद, एपेर र यालोन। अनि बित्याहले मिरियम, शम्मै र एश्तमोअका बुबा यिश्बहलाई जन्माइन्। 18 अनि उनकी पत्‍नी यहूदियाहले गेदोरका पिता येरेद, सोकोका पिता हेबेर र जानोहका पिता यकुतिएललाई जन्माइन्। अनि यिनीहरू मेरेदले विवाह गरेको फाराओकी छोरी बित्याहका छोराहरू थिए। 19 अनि उनकी पत्‍नी होदियाह अर्थात् नहमकी बहिनीका छोराहरू गर्मी कइलाका पिता र माकाती एश्तमोअका पिता थिए। 20 अनि शिमोनका छोराहरू अम्‍नोन, रिन्‍ना, बेन-हानान र तिलोन थिए। अनि इशीका छोराहरू जोहेत र बेन-जोहेत थिए।
21 यहूदाका छोरा शेलाका छोराहरू: लेकाका पिता एर र मारेशाका पिता लादा, साथै मिहिन मलमल बनाउनेहरूको घरानाका परिवारहरू, जो अश्बेअकाको घरानाकाहरू थिए, 22 अनि योकिम र कोजेबाका मानिसहरू, अनि योआश र साराप, जसले मोआबमा अधिकार जमाएका थिए, अनि याशूबी लेहेम। यी प्राचीन विवरणहरू हुन्। 23 यिनीहरू कुमालेहरू अनि नताइम र गदेराका बासिन्दाहरू थिए; त्यहाँ तिनीहरू राजासित तिनको काम गर्दै बस्थे।
शिमोनका सन्तानहरू
24 शिमोनका छोराहरू नेमूएल, यामिन, यारिब, जेरह र शाउल थिए, 25 जसका छोरा शल्‍लूम, जसका छोरा मिब्साम, जसका छोरा मिश्मा थिए। 26 अनि मिश्माका छोराहरू – तिनका छोरा हमूएल थिए, जसका छोरा जक्‍कूर, जसका छोरा शिमी थिए। 27 अनि शिमीका सोह्र छोरा र छ छोरीहरू थिए; तर तिनका दाजुभाइहरूका चाहिँ धेरै छोराछोरीहरू भएनन्, न ता तिनीहरूको सारा परिवार यहूदाका सन्तानहरूझैं संख्यामा बढ्यो।
28 अनि तिनीहरू बेरशेबामा, मोलादामा, हसर-शूआलमा, 29 बिल्हामा, एसेममा, तोलादमा, 30 बतूएलमा, होर्मामा, सिक्लगमा, 31 बेत-मर्काबोतमा, हसर-सुसिममा, बेत-बिरीमा र शारैममा बस्थे। दाऊदको शासनकालसम्म तिनीहरूका शहरहरू यी थिए। 32 अनि तिनीहरूका गाउँहरू: एताम, ऐन, रिम्मोन, तोकेन र आशान – पाँचवटा शहरहरू थिए; 33 साथै बालसम्म नै यी शहरहरूको वरिपरि भएका तिनीहरूका गाउँहरू थिए; यी तिनीहरूका वासस्थानहरू र तिनीहरूको वंशावली थिए। 34 अनि मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, 35 योएल र योशिब्याहका छोरा येहू, जो सरायाहका नाति, असिएलका पनाति थिए, 36 अनि एलियोएनै, याकोबा, यशोहायाह, असायाह, अदिएल, यसिमिएल, बनायाह, 37 र जिजा, जो शिपीका छोरा, अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति, शमायाहका जनाति थिए; 38 यिनीहरू, जो आ-आफ्ना नामहरूअनुसार उल्‍लेख गरिए, आफ्ना परिवारहरूमा शासकहरू थिए; अनि उनीहरूका पितापुर्खाहरूको घराना खूबै बढ्यो। 39 अनि उनीहरू आफ्ना बगालहरूका निम्ति खर्क खोज्दै गदोरको पस्‍ने ठाउँमा, अँ, त्यस बेंसीको पूर्वपट्टिसम्म पुगे। 40 अनि उनीहरूले मलिलो र असल खर्क भेट्टाए, अनि त्यो जमिन फराकिलो, सुनसान र शान्तथियो; किनकि पहिल्यै त्यहाँ हामकाहरू बसेका थिए। 41 अनि यहूदाका राजा हिजकियाहको समयमा नाम-नामअनुसार उल्‍लेख गरिएका यी व्यक्तिहरू आए, तिनीहरूका पालहरू र त्यहाँ भेट्टाइएका मऊनीहरूलाई प्रहार गरे र आजको दिनसम्म तिनीहरूलाई पूरै नाश गरे अनि तिनीहरूका ठाउँहरूमा बसोबास गर्न लागे; किनभने त्यहाँ उनीहरूका बगालहरूका निम्ति खर्क थियो। 42 अनि उनीहरूमध्ये कतिजना, अर्थात् शिमोनका सन्तानहरूका पाँच सय मानिसहरू आफ्ना कप्‍तानहरू अर्थात् यिशीका छोराहरू पलत्याह, नार्याह, रपायाह र उज्जिएलको साथमा सेईर पहाड़मा गए; 43 अनि उनीहरूले उम्केका बाँकी अमालेकीहरूलाई प्रहार गरे, र त्यहाँ आजको दिनसम्म बसोबास गरेका छन्।