25
अनि यस्तो भयो: सिद्कियाहकोक शासनकालको नवौं वर्षको दसौं महिनामा, त्यस महिनाको दसौं दिनमा बाबेलका राजा नबूकद्नेस्सर, उनी र उनको सारा सेना यरूशलेमको विरोधमा आए, र यसको विरोधमा छाउनी हाले; अनि तिनीहरूले यसको विरोधमा वरिपरि घेराबन्दीका पर्खालहरू बनाए। 2 अनि राजा सिद्कियाहको एघारौं वर्षसम्म यो शहर घेरामा परिरह्यो। 3 अनि त्यस वर्षको चौथो महिनाको नवौं दिनमा शहरमा यति घोर अनिकाल पर्यो, कि देशका मानिसहरूका निम्ति केही खानेकुराख रहेन। 4 तब यो शहर फोरियो, र सबै योद्धाहरू राति राजाको बगैंचाको छेउमा भएका दुईवटा पर्खालको बीचमा मूलढोकाको बाटो भएर भागे, (अनि त्यति बेला कल्दीहरू वरिपरि शहरको विरोधमा बसेका थिए); अनि राजाग अराबाघ जाने बाटो लागे। 5 तर कल्दीहरूको सेनाले राजाको पिछा गर्यो, र तिनलाई यरिहोका मैदानहरूमा फेला पार्यो; अनि तिनको सारा सेना तिनीबाट तितरबितर भए। 6 तब तिनीहरूले राजालाई पक्रे, र तिनलाई माथि रिब्लामा बाबेलका राजाकहाँ ल्याए; अनि तिनीहरूले तिनको विरोधमा न्यायको फैसला सुनाए। 7 अनि तिनीहरूले सिद्कियाहका आँखाको सामु तिनका छोराहरूलाई मारे, र सिद्कियाहका आँखाहरू निकालिदिएङ, अनि तिनलाई पित्तलका नेलहरूले बाँधेर तिनलाई बाबेलमा लगे।8 अनि पाँचौं महिनामा, त्यस महिनाको सातौं दिनमा, जो बाबेलका राजा नबूकद्नेस्सरको उन्नाइसौं वर्ष थियो, बाबेलका राजाका कर्मचारीच अर्थात् अङ्गरक्षकहरूका कप्तान नबूजर-अदान यरूशलेममा आए; 9 अनि यिनले परमप्रभुको भवन, राजभवन र यरूशलेमका सबै घरहरू जलाइदिए; अँ, यिनले हरेक ठूलो मानिसको घर आगोले जलाइदिए। 10 अनि यी अङ्गरक्षकहरूका कप्तानसँग भएका कल्दीहरूको सारा सेनाले यरूशलेमको वरिपरिका पर्खालहरू भत्कायो। 11 अनि शहरमा बाँकी रहेका बाँकी मानिसहरूलाई र बाबेलका राजाकहाँ शरण लिएका शरणार्थीहरूलाई, साथै भीड़को बाँकी भागलाई पनि अङ्गरक्षकहरूका कप्तानले कैद गरेर लगे। 12 तर यी अङ्गरक्षकहरूका कप्तानले देशका गरिबहरूमध्ये कतिलाई दाखबारीमा काम गर्ने मालीहरू र खेतीकिसानहरूको रूपमा छोड़िराखे। 13 अनि परमप्रभुको भवनमा भएका ती पित्तलका खाँबाहरू र ती आधारहरू, साथै परमप्रभुको भवनमा भएको त्यस पित्तलको विशाल टङ्कीछ कल्दीहरूले टुक्रा-टुक्रा पारे, र तिनको पित्तल बाबेलमा लगे। 14 अनि तिनीहरूले उनीहरूले सेवामा प्रयोग गरेका भाँड़ाकुँड़ाहरू, बेल्चाहरू, सलेतो काट्ने कैंचीहरू, चम्चाहरू र पित्तलका सबै भाँड़ाकुँड़ाहरू लगे। 15 अनि आगोदानीहरू र बाटाहरू – जे सुनका थिए, तिनका सुनज, र जे चाँदीका थिए, तिनका चाँदीझ ती अङ्गरक्षकहरूका कप्तानले लगे। 16 सुलेमानले परमप्रभुको भवनका निम्ति बनाएका ती दुईवटा खाँबाहरू, त्यो टङ्कीञ र ती आधारहरू – ती सबै भाँड़ाकुँड़ाहरूको पित्तलको वजन तौलेर नसकिने थियो। 17 एउटा खाँबाको उचाइ अठार हात थियो, र त्यसमाथि राखिएको टुप्पो पित्तलको थियो; अनि त्यस टुप्पोको उचाइ तीन हात थियो; अनि त्यस टुप्पोमाथि वरिपरि भएको त्यो जाली र ती दारिमहरू सबै पित्तलका थिए। अनि दोस्रो खाँबा जालीसमेत यस प्रकारको थियो।
18 अनि यी अङ्गरक्षकहरूका कप्तानले प्रधान पूजाहारी सरायाह, दोस्रो पूजाहारी सपन्याहलाई र ढोकामा पहरा दिने तीनजना द्वारपालहरूलाई लगे; 19 अनि यस शहरबाट यिनले योद्धाहरूमाथि अधिकार राख्ने एकजना अफिसरलाई र राजाको भेटीमा रहनेहरूमध्ये पाँचजना मानिसहरूलाई, जुन शहरमा फेला परे, अनि देशका मानिसहरूलाई भर्ना गर्ने सेनाका प्रधान सचिवलाई र देशका मानिसहरूमध्ये साठीजनालाई लगे, जो शहरमा फेला परे। 20 अनि अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानले उनीहरूलाई लगे, र उनीहरूलाई रिब्लामा बाबेलका राजाकहाँ पुर्याए। 21 अनि हमात देशको रिब्लामा बाबेलका राजाले उनीहरूलाई प्रहार गरे, र उनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैद गरेर लगियो।
गदल्याह यहूदाका शासक
22 अनि यहूदा देशमा रहेका मानिसहरूचाहिँ, जसलाई बाबेलका राजा नबूकद्नेस्सरले छोड़िराखेका थिए – उनीहरूमाथि तिनले शापानका नाति, अहिकामका छोरा गदल्याहलाई शासकको रूपमा नियुक्त गरे। 23 अनि बाबेलका राजाले गदल्याहलाई शासकको रूपमा नियुक्त गरे भनेर जब सबै सेनापतिहरूले, तिनीहरू र तिनीहरूका मानिसहरूले सुने, तब नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हुमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह – तिनीहरू र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए। 24 अनि गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूसित शपथ खाएर तिनीहरूलाई भने: “कल्दीहरूका दासहरू हुनदेखि नडराओ! देशमा बसेर बाबेलका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।” 25 तर सातौं महिनामा यस्तो भयो: एलिशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजवंशका थिए, उनी र उनको साथमा दसजना मानिसहरू आए; अनि उनीहरूले गदल्याहलाई प्रहार गरे, र तिनी मरे; अनि उनीहरूले तिनको साथमा मिस्पामा भएका यहूदीहरू र कल्दीहरूलाई पनि घात गरे। 26 तब साना-ठूला सबै मानिसहरू र सेनाहरूका कप्तानहरू उठे, र मिस्रमा गए; किनकि उनीहरू कल्दीहरूसँग डराए।
राजा यहोयाकिन कैदबाट मुक्त
27 अनि यहूदाका राजा यहोयाकिन कैदमा परेको सैंतीसौं वर्षको बाह्रौं महिनामा, त्यस महिनाको सत्ताइसौं दिनमा यस्तो भयो: बाबेलका राजा एवील-मरोदकले आफूले राज्य गर्न शुरु गरेको वर्षमा यहूदाका राजा यहोयाकिनलाई झ्यालखानाबाट निकालेट; 28 अनि उनले तिनीसित दयाको कुरा गरे, र तिनको सिंहासन बाबेलमा आफूसँग भएका अरू राजाहरूको सिंहासनभन्दा उच्च पारे; 29 अनि उनले तिनको कैदका लुगाहरू बदली गरिदिए; अनि तिनले आफ्नो जीवनभरि नै निरन्तर राजाकोठ सामु भोजन गरे। 30 अनि तिनको जीवनभरि नै तिनलाई हरेक दिनको आवश्यकताअनुसार राजाबाट नियमित भत्ता दिइयो।