परमप्रभुको भवनका निम्ति उठाइएको भेटी
29
अनि राजा दाऊदले सारा समुदायलाई भने: “मेरो छोरा सुलेमान, जसलाई मात्र परमेश्वरले चुन्नुभयो, जवान र कोमल छ, अनि त्यो कामचाहिँ ठूलो छ; किनकि यो महल मानिसका निम्ति होइन, तर परमप्रभु परमेश्वरका निम्ति हो। 2 अनि मैले आफ्नो सम्पूर्ण शक्तिले मेरा परमेश्वरको भवनका निम्ति सुनले बनाउनुपर्ने चीजहरूका निम्ति सुन, चाँदीका चीजहरूका निम्ति चाँदी, पित्तलका चीजहरूका निम्ति पित्तल, फलामका चीजहरूका निम्ति फलाम, काठका चीजहरूका निम्ति काठ, साथै प्रशस्त मात्रामा गोमेद पत्थरहरू, जड़ान जड़्ने पत्थरहरू, चमकदार र रङ्गबिरङ्गी पत्थरहरू, सबै थरीका बहुमूल्य पत्थरहरू र सङ्गमर्मर तयार पारेको छु। 3 यसबाहेक मेरा परमेश्वरको भवनप्रति मैले प्रीतिक राखेको हुनाले मैले यस पवित्र भवनका निम्ति तयार गरेका सबै कुराहरूभन्दा बढ़ी मैले आफ्नो निज धनबाट सुन र चाँदीख मेरा परमेश्वरको भवनका निम्ति दिएको छु, 4 अर्थात् ओपीरको सुनबाट तीन हजार किक्करग सुन, र भवनहरूका भित्ताहरू मोहोर्नलाई सात हजार किक्करग खारिएको चाँदी, 5 सुनका चीजहरूका निम्ति सुन र चाँदीका चीजहरूका निम्ति चाँदी, साथै निपुण कारिगरहरूको हातद्वारा बनाइने सबै प्रकारको कामका निम्ति मैले दिएको छु; तब आजको दिन परमप्रभुका निम्ति आफ्नो सेवा अर्पण गर्नलाई को इच्छुक छ?”6 तब पितापुर्खाहरूका प्रधानहरू, इस्राएलका कुलहरूका प्रधानहरू, हजारौंमाथि र सयौंमाथिका कप्तानहरू, अनि राजाको कामका शासकहरूले खुशीसाथघ दिए, 7 र परमेश्वरको भवनको सेवाका निम्ति पाँच हजार किक्कर सुन र दस हजार सुनका रुपियाँङ दिए, साथै दस हजार किक्कर चाँदी, अठार हजार किक्कर पित्तल र एक लाख किक्कर फलाम दिए। 8 अनि जस-जससित बहुमूल्य पत्थरहरू थिएच, तिनीहरूले ती गेर्शोनी यहिएलको हातमा परमप्रभुको भवनको भण्डारका निम्ति दिए। 9 तब मानिसहरू आफूले खुशीसाथघ दिएकोमा रमाए, किनकि सिद्ध हृदयले तिनीहरूले परमप्रभुलाई खुशीसाथघ दिएका थिए; अनि राजा दाऊद पनि ठूलो हर्षले रमाए।
10 यसकारण दाऊदले सारा समुदायको सामु परमप्रभुलाई धन्यवाद चढ़ाएछ; अनि दाऊदले भने: “हे परमप्रभु हाम्रा पिता इस्राएलका परमेश्वर, तपाईं अनादिदेखि अनन्तसम्म धन्यको हुनुहुन्छ! 11 हे परमप्रभु, महान्ता, सामर्थ्य, महिमा, विजय र प्रताप तपाईंकै हुन्; किनकि स्वर्गमाज र पृथ्वीमा सबै कुराहरू तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईंकै हो, र तपाईं नै सबैमाथि शिर भईकन सबैभन्दा माथि उचालिनुभएको छझ। 12 हो, धन र मान तपाईंबाट आउँछन्। तपाईं सबैमाथि राज्य गर्नुहुन्छ; अनि तपाईंको हातमा शक्ति र सामर्थ्य छन्; अनि महान् तुल्याउन र सबलाई शक्ति प्रदान गर्न तपाईंको हातमा छ। 13 यसकारण अब, हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौं, र तपाईंको महिमित नामको प्रशंसा गर्छौं। 14 तर म को हुँ र? अनि मेरो प्रजा के हो र?, कि हामीले यस प्रकारले खुशीसाथछ दिन सक्यौं? किनकि सबै कुराहरू तपाईंबाट आउँछन्, र तपाईंकै हातबाट आएकोचाहिँ हामीले तपाईंलाई दिएका हौं। 15 किनभने हामी तपाईंको सामु हाम्रा सबै पितापुर्खाहरूझैं परदेशी र प्रवासी हौं। हाम्रा दिनहरू यस पृथ्वीमा छायाजस्तै छन्, र कुनै आशा छैन। 16 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंको पवित्र नामका निम्ति भवन बनाउनलाई हामीले तयार गरेको यो सब धनराशिञ तपाईंको हातबाट आएको हो, र सबै तपाईंको हो। 17 हे मेरा परमेश्वर, म यो पनि जान्दछु: तपाईंले हृदयको जाँचपड़ताल गर्नुहुन्छ र सीधापनामा प्रसन्न हुनुहुन्छ। मचाहिँ – मेरो हृदयको सीधापनले मैले खुशीसाथघ यी सबै थोकहरू दिएको छु; अनि अब यहाँ उपस्थित भएको तपाईंको प्रजाले पनि तपाईंलाई खुशीसाथ दिएको देखेर म आनन्दित छुठ। 18 हे परमप्रभु, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईंको प्रजाको हृदयका विचारहरूको कल्पनामा सधैंभरि यो कुरा राखिदिनुहोस्, र उनीहरूको हृदय तपाईंपट्टि लगाउनुहोस्ड! 19 अनि तपाईंका आज्ञाहरू, तपाईंका साक्षी-वचनहरू र तपाईंका नियमहरू पालन गर्नलाई मेरो छोरा सुलेमानलाई एउटा सिद्ध हृदय दिनुहोस्, र उसले यी सबै कामहरू गरोस्, अनि यो महल निर्माण गरोस्, जसका निम्ति मैले तयार गरेको छु!”
20 अनि दाऊदले सारा समुदायलाई भने: “अब परमप्रभु तिमीहरूका परमेश्वरलाई धन्यवाद चढ़ाओढ!” तब सारा समुदायले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई धन्यवाद चढ़ाएण, र आफ्ना शिर झुकाएर परमप्रभुलाई र राजालाई दण्डवत् गरे। 21 अनि त्यस दिनको भोलिपल्ट तिनीहरूले परमप्रभुका निम्ति बलिहरू चढ़ाएत, र परमप्रभुका निम्ति तिनका अर्घबलिहरूसित होमबलिहरू – एक हजार बहर, एक हजार भेड़ाथ र एक हजार भेड़ाका पाठाहरू चढ़ाए; अनि सारा इस्राएलका निम्ति तिनीहरूले प्रशस्त मात्रामा बलिहरू चढ़ाए। 22 अनि तिनीहरूले त्यस दिन परमप्रभुको सामु ठूलो हर्षको साथ खानपान गरे। अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रोपल्ट राजा तुल्याए, र तिनलाई परमप्रभुका निम्ति शासकको रूपमा, अनि सादोकलाई पूजाहारीको रूपमा अभिषेक गरे।
23 तब सुलेमान आफ्ना पिता दाऊदको सट्टामा राजा भए, परमप्रभुको सिंहासनमाथि बसे र उन्नति गरे; अनि सारा इस्राएलले तिनको कुरा माने। 24 अनि सबै शासकहरू र शूरवीरहरू, साथै दाऊदका सबै छोराहरूले पनि आफूलाई राजा सुलेमानको अधीनतामा सुम्पे। 25 अनि परमप्रभुले सुलेमानलाई सारा इस्राएलको दृष्टिमा अति उच्च तुल्याउनुभयो र तिनलाई यस्तो राजकीय प्रताप दिनुभयो, जो इस्राएलमा तिनीभन्दा पहिले कुनै पनि राजालाई दिइएको थिएन।
26 यसरी यिशाईका छोरा दाऊदले सारा इस्राएलमाथि राज्य गरे। 27 अनि उनले इस्राएलमाथि राज्य गरेको समय चालीस वर्ष थियो; हेब्रोनमा उनले सात वर्ष राज्य गरे, र यरूशलेममा उनले तेत्तीस वर्ष राज्य गरे। 28 अनि पूरा वर्ष खाएर, धन र मानले तृप्त भएर उनी पूरा बुढ़ेसकालमा मरे; अनि उनको सट्टामा उनका छोरा सुलेमानले राज्य गरे।