राजा अर्तक्जर्जेसलाई नहेम्याहको विन्ती
2
राजा अर्तक्जर्जेसको बीसौं वर्षको निसान महिनामा यस्तो भयो: दाखमद्य उनको सामु राखिएको थियो; अनि मैले दाखमद्य उठाएँ, र त्यो राजालाई टक्राएँ। अनि यसभन्दा पहिले म उनको सामु कहिल्यै उदास भएको थिइनँ। 2 यसैले राजाले मलाई सोधेक: “तिम्रो चेहरा किन उदास छ? तिमी बिरामी त छैनौ। मनको उदासीपनबाहेक यो अरू केही पनि होइन।” तब म अति धेरै डराएँ; 3 अनि मैले राजालाई जवाफ दिएँ: “राजा सदा अमर रहून्! त्यो शहर, मेरा पितापुर्खाहरूका चिहानहरूको त्यो ठाउँ, उजाड़ भएको छ भने, र त्यसका मूलढोकाहरू आगोले भस्म भएका छन् भने मेरो चेहरा किन उदास हुँदैन र?” 4 तब राजाले मलाई भने: “तिम्रो निवेदन के छ त?” तब मैले स्वर्गका परमेश्वरलाई प्रार्थना गरें; 5 अनि मैले राजालाई भनें: “राजालाई असल लाग्यो, र तपाईंको दृष्टिमा आफ्नो दासले कृपा पाएको छ भने, तपाईंले मलाई यहूदामा, मेरा पितापुर्खाहरूका चिहानहरूको शहरमा पठाउनुहोस्, र म त्यसलाई निर्माण गर्न पाऊँ!” 6 अनि राजाले, रानी पनि उनको साथमा बसिरहेकी बेलामा, मलाई सोधेक: “तिम्रो यात्रामा कति समय लाग्छ? अनि तिमी कहिले फर्कन्छौ?” तब मलाई पठाउने कुरा राजालाई असल लाग्यो; अनि कति समय लाग्ने हो, सो कुरा मैले उनलाई बताइदिएँ। 7 अनि मैले राजालाई भनें: “राजालाई असल लाग्यो भने नदीपारिकाख राज्यपालहरूका निम्ति मलाई पत्रहरू दिइऊन्, र तिनीहरूले म यहूदामा नपुगुन्जेल मलाई पार जान दिऊन्! 8 अनि राजाको वनको देखरेख गर्ने आसाफलाई एउटा पत्र दिइयोस्, र तिनले त्यस भवनसित जोड़िएको दरवारका ढोकाहरू, त्यस शहरको पर्खाल र आफू बस्ने घरका निम्ति निदालहरू बनाउन मलाई काठपात दिऊन्!” अनि मेरा परमेश्वरको भलो हात ममाथि रहेअनुसार राजाले मेरो माग मन्जुर गरे।यरूशलेममा नहेम्याहको आगमन
9 अनि म नदीपारिका राज्यपालहरूकहाँ आइपुगें, र तिनीहरूलाई राजाका पत्रहरू दिएँ। अनि राजाले मेरो साथमा सेनाका कप्तानहरू र घोड़चढ़ीहरू पठाएका थिए। 10 जब होरोनी सन्बलत र सेवकग अम्मोनी तोब्याहले यो सुने, तब इस्राएलीहरूको भलो खोज्ने मानिस आएको कुराले तिनीहरूलाई खराब, अति नै खराब लाग्यो।
11 तब म यरूशलेममा आइपुगें, र त्यहाँ तीन दिन बसें। 12 अनि रातको समयमा म उठें – म, र मसँग केही मानिसहरू; अनि यरूशलेमका निम्ति जे कुरा गर्नलाई मेरा परमेश्वरले मेरो मनमा हालिदिनुभएको थियो, सो मैले कसैलाई भनिनँ। अनि म चढ़िरहेको पशुबाहेक मसित अरू कुनै पशु थिएन। 13 अनि राति म बेंसीको मूलढोकाबाट भएर निस्कें, र अजिङ्गरको मुहानको अघिल्तिरसम्म र घुरानको मूलढोकासम्म गएँ, अनि मैले यरूशलेमका पर्खालहरू, जो भत्किएका थिए, र त्यसका मूलढोकाहरू, जो आगोले भस्म भएका थिए, निरीक्षण गरें। 14 तब म मुहानको मूलढोका र राजाको पोखरीसम्म अघि बढ़ें; तर म चढ़िरहेको पशुका निम्ति अघि बढ़्ने ठाउँ नै भएन। 15 तब म राति खोलैखोला भएर माथि गएँ, र पर्खालको निरीक्षण गरें, अनि फर्केर बेंसीको मूलढोका भएर शहरमा पसें, र यस प्रकारले म फर्केर आएँ। 16 अनि म कहाँ गएँ, र मैले के गरिरहेको थिएँ, सो शासकहरूले थाहा पाएनन्; किनकि अझसम्म मैले यो कुरा न यहूदीहरूलाई, न पूजाहारीहरूलाई, न भारदारहरूलाई, न शासकहरूलाई, न ता यस काम गर्ने बाँकी मानिसहरूलाई नै भनेको थिएँ।
यरूशलेमको पर्खाल बनाउने योजना प्रकट गरिन्छ
17 तब मैले उनीहरूलाई भनें: “हामी कस्तो दुर्दशामा छौं, सो तिमीहरू आफै जान्दछौघ; किनकि यरूशलेम उजाड़ भएको छ, र त्यसका मूलढोकाहरू आगोले भस्म भएका छन्; आओ, र हामी यरूशलेमको पर्खाल निर्माण गरौं, र अब उसो हामी निन्दाको पात्र नहोऔं!” 18 तब मैले उनीहरूलाई मेरा परमेश्वरको भलो हात ममाथि रहेको कुरा, र राजाले मलाई भनेका उनका वचनहरू बताइदिएँ। तब उनीहरूले भने: “लौ उठौं, र निर्माण गरौं!” यसरी उनीहरूले यस असल कामका निम्ति आफ्ना हातहरू बलिया तुल्याए।
19 तर जब होरोनी सन्बलत, सेवकङ अम्मोनी तोब्याह र अरबी गेशेमले यो कुरा सुने, तब तिनीहरूले हामीलाई खिसी गरेर हाँसे, हामीलाई तुच्छ ठाने र भने: “तिमीहरूले गरिरहेको यो काम के हो? के तिमीहरू राजाको विरोधमा विद्रोह गर्छौ?” 20 तब मैले तिनीहरूलाई जवाफ दिएँ, र तिनीहरूलाई भनें: “स्वर्गका परमेश्वर – उहाँले नै हामीलाई सफलता दिनुहुनेछ; यसकारण हामी, उहाँका दासहरू, उठ्नेछौं, र निर्माण गर्नेछौं। तर यरूशलेममा तिमीहरूको न भाग छ, न अधिकार, न सम्झना नै।”