दाऊदको स्तुतिगान
22
अनि परमप्रभुले दाऊदलाई उनका सबै शत्रुहरू र शाऊलको हातबाट छुटकारा दिनुभएको दिनमा उनले परमप्रभुलाई यस गीतका शब्दहरू भने; 2 अनि उनले भने:“परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ;
3 मेरा चट्टानका परमेश्वर; उहाँमाथि म भरोसा राख्नेछु; उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ, मेरो उच्च गढ़ र मेरो शरणस्थान, मेरो मुक्तिदाता हुनुहुन्छ; तपाईंले मलाई अत्याचारबाट बचाउनुहुन्छ।
4 म परमप्रभुलाई पुकार गर्नेछु, जो प्रशंसा गरिने योग्यका हुनुहुन्छ; यसैले म मेरा शत्रुहरूबाट बचाइनेछु।
5 जब मृत्युका छालले मलाई घेरे, भक्तिहीन मानिसहरूका बाढ़ले मलाई भयभीत पारे;
6 नरककाक व्यथाहरूले मलाई चारैतिर घेरे, मृत्युका पासाहरूले मलाई छेके;
7 मेरो सङ्कष्टमा मैले परमप्रभुलाई पुकारें, र मेरा परमेश्वरलाई दुहाई गरें; तब उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो, र मेरो चीत्कारख उहाँका कानहरूमा पस्यो।
8 तब पृथ्वी हल्लियो र काम्यो; आकाशका जगहरू डगमगाए र हल्लिए; किनकि उहाँ रिसाउनुभएको थियो।
9 उहाँको नाकबाट धूवाँ छुट्यो, र उहाँको मुखबाट निस्केको आगोले भस्म पार्यो; यसबाट कोइलाहरू सल्किए।
10 उहाँले आकाश पनि झुकाउनुभयो, र तल झर्नुभयो; अनि उहाँका पाउमुनि अन्धकार थियो।
11 अनि उहाँ करूबमाथि सवार भएर उड़्नुभयो; अँ, उहाँ हावाका पखेटाहरूमा देखा पर्नुभयो।
12 अनि उहाँले अन्धकारलाई, अँ, अँध्यारो पानी र आकाशका बाक्ला बादलहरूलाई आफ्नो वरिपरि आफ्ना मण्डपहरू तुल्याउनुभयो।
13 उहाँको उपस्थितिको चमकद्वारा आगाका फिलिङ्गाहरू सल्किए।
14 परमप्रभु आकाशबाट गर्जनुभयो, र परमप्रधानले आफ्नो सोर सुनाउनुभयो।
15 अँ, उहाँले आफ्ना काँड़हरू पठाउनुभयो र तिनीहरूलाई तितरबितर पार्नुभयो; उहाँले बिजुली हान्नुभयो र तिनीहरूलाई परास्त गर्नुभयो।
16 तब परमप्रभुको हप्कीले, उहाँका नाकको सासको झोक्काले समुद्रका नालाहरू देखा परे, संसारका जगहरू प्रकट भए।
17 उहाँले माथिबाट पठाउनुभयो; उहाँले मलाई समात्नुभयो; उहाँले मलाई गहिरो पानीबाट निकाल्नुभयो।
18 उहाँले मलाई मेरो बलवान् शत्रुबाट र मलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुभयो; किनभने तिनीहरू मभन्दा बलिया थिए।
19 मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे; तर परमप्रभु मेरो आड़ हुनुभयो।
20 अनि उहाँले मलाई निकालेर एउटा फराकिलो ठाउँमा ल्याउनुभयो; उहाँले मलाई छुटकारा दिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो।
21 मेरो धार्मिकताअनुसार परमप्रभुले मलाई इनाम दिनुभयो; मेरा हातहरूको शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको हो।
22 किनभने मैले परमप्रभुका मार्गहरू पालन गरेको छु, र दुष्ट भएर म मेरा परमेश्वरबाट टाढ़ा गएको छैनँ।
23 किनकि उहाँका सबै नियमहरू मेरो सामु थिए; अनि उहाँका विधिहरूचाहिँ – म तीबाट हटिनँ।
24 अनि म उहाँको सामु सीधा चालको थिएँ; अनि मैले आफूलाई मेरो अधर्मबाट जोगाइराखें।
25 यसकारण परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरो शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
26 कृपालुप्रति तपाईंले आफूलाई कृपालु नै देखाउनुहुनेछ, र सीधा मानिसप्रति तपाईंले आफूलाई सीधा नै देखाउनुहुनेछ;
27 शुद्धप्रति तपाईंले आफूलाई शुद्ध नै देखाउनुहुनेछ; र टेढ़ाप्रति तपाईंले आफूलाई टेढ़ा नै देखाउनुहुनेछ।
28 अनि तपाईंले कष्टमा परेका मानिसहरूलाई बचाउनुहुनेछ; तर तपाईंका आँखाहरू घमण्डीहरूमाथि लगाइएका हुन्छन्; तपाईंले तिनीहरूलाई तल झार्नुहुनेछ।
29 किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ; अनि परमप्रभुले मेरो अन्धकारलाई उज्यालो पारिदिनुहुनेछ।
30 किनकि तपाईंद्वारा मैले फौजमाथि हमला गरेको छु; मेरा परमेश्वरद्वारा मैले पर्खाल नाघेको छु।
31 परमेश्वरचाहिँ – उहाँको बाटो सिद्ध छ; परमप्रभुको वचन खारिएको छ; उहाँमाथि भरोसा राख्ने सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
32 किनभने परमप्रभुबाहेक अरू परमेश्वर को छ? र हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ?
33 परमेश्वर मेरो बलियो गढ़ हुनुहुन्छ; अनि उहाँले मेरो बाटो सिद्ध पार्नुहुन्छ।
34 उहाँले मेरा पाउहरू हरिणीका जस्तै तुल्याउनुहुन्छ, अनि मलाई मेरा अग्ला ठाउँहरूमा बसाल्नुहुन्छ।
35 उहाँले मेरा हातहरू लड़ाइँ गर्न सिकाउनुहुन्छ; यसैले मेरा पाखुराहरूद्वारा पित्तलको धनु भाँचिन्छ।
36 तपाईंले मलाई तपाईंको उद्धारको ढाल पनि दिनुभएको छ; अनि तपाईंको नम्रताले मलाई महान् तुल्याएको छ।
37 तपाईंले ममुनि मेरा पाइलाहरूका निम्ति ठाउँ फराकिलो पार्नुभएको छ; यसले गर्दा मेरा पाउहरू चिप्लेनन्।
38 मैले मेरा शत्रुहरूलाई पिछा गरेको छु, र तिनीहरूलाई नाश गरेको छु; अनि तिनीहरू खतम नहोउन्जेल म फर्किनँ।
39 अनि मैले तिनीहरूलाई नष्ट गरें र तिनीहरूलाई घायल पारें, र तिनीहरू उठ्न सकेनन्; अँ, तिनीहरू मेरा पाउमुनि ढलेका छन्।
40 किनभने लड़ाइँका निम्ति तपाईंले मेरो कम्मर शक्तिले कस्नुभएको छ; तपाईंले मेरो विरोधमा उठ्नेहरूलाई मेरो वशमा पार्नुभएको छ।
41 मलाई घृणा गर्नेहरूलाई नाश पारूँ भनेर तपाईंले मलाई मेरा शत्रुहरूका गर्दनहरू पनि दिनुभएको छ।
42 तिनीहरूले हेरे, तर तिनीहरूलाई बचाउने कोही भएन; तिनीहरूले परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
43 तब मैले तिनीहरूलाई कुटेर पृथ्वीको धूलोजस्तै मसिनो पारिदिएँ; सड़कहरूको मैलाझैं मैले तिनीहरूलाई कुल्चिदिएँ, र तिनीहरूलाई चारैतिर छरिदिएँ।
44 अनि तपाईंले मलाई मेरा मानिसहरूका झगड़ाहरूबाट छुटकारा दिनुभएको छ; तपाईंले मलाई अन्यजातिहरूको शिर तुल्याउनुभएको छ; मैले नचिनेको जातिले मेरो सेवा गर्नेछ।
45 परदेशीहरूले आफूलाई मेरो अधीनतामा सुम्पनेछन्। सुन्नासाथ तिनीहरूले मेरो आज्ञा पालन गर्नेछन्।
46 परदेशीहरू ओइलिँदै जानेछन्, अनि आ-आफ्ना किल्लाहरूबाट डराउँदै निस्किआउनेछन्।
47 परमप्रभु जीवित हुनुहुन्छ; र मेरा चट्टान धन्यका होऊन्, अनि मेरो उद्धारको चट्टानका परमेश्वरको बढ़ाइ होस्!
48 मेरो बदला लिनुहुने, मानिसहरूलाई मेरो वशमा पार्नुहुने,
49 र मलाई मेरा शत्रुहरूबाट निकालेर ल्याउनुहुने परमेश्वर नै हुनुहुन्छ; अँ, तपाईंले मलाई मेरो विरोधमा उठ्नेहरूभन्दा माथि उठाउनुभएको छ; तपाईंले मलाई अत्याचारी मानिसबाट छुटकारा दिनुभएको छ।
50 यसैकारण हे परमप्रभु, अन्यजातिहरूको बीचमा म तपाईंलाई धन्यवाद चढ़ाउनेछु र तपाईंको नामको स्तुति गाउनेछु।
51 उहाँ आफ्नो राजाका निम्ति उद्धारको धरहरा हुनुहुन्छ, अनि दाऊद, आफ्नो अभिषिक्त जन र उनका सन्तानमाथि सदा-सर्वदा कृपा देखाउनुहुन्छ।”