शाऊलको रगतको दोष हटाउन तिनका सातजना सन्तान मारिए
21
अनि दाऊदको समयमा वर्षैपिच्छे तीन वर्षसम्म अनिकाल पर्यो; अनि दाऊदले परमप्रभुलाई सोधेक। अनि परमप्रभुले जवाफ दिनुभयो: “यो शाऊलको कारणले र उसको खूनी घरानाको कारणले भएको हो; किनभने उसले गिबोनीहरूलाई मार्यो।” 2 अनि राजाले गिबोनीहरूलाई बोलाएर तिनीहरूलाई भने; (अनि गिबोनीहरूचाहिँ इस्राएलीहरूमध्येका थिएनन्, तर बचेका एमोरीहरूबाटका थिए; अनि इस्राएलीहरूले तिनीहरूसँग शपथ खाएका थिए; अनि शाऊलले इस्राएलीहरू र यहूदाकाहरूका निम्ति भएको आफ्नो जोशमा तिनीहरूलाई मार्न खोजे); 3 यसकारण दाऊदले गिबोनीहरूलाई भने: “तिमीहरूका निम्ति म के गरूँ, र म के गरेर प्रायश्चित गरूँ, र तिमीहरूले परमप्रभुको पैतृक सम्पत्तिलाई आशीर्वाद दिन्छौ?” 4 अनि गिबोनीहरूले उनलाई भने: “हामी न शाऊलको, न तिनको घरानाको चाँदी र सुन लिनेछौं; अनि हाम्रा निम्ति इस्राएलमा कुनै मानिस नमारियोस् पनि!” तब उनले भने: “तिमीहरू जे भन्छौ, तिमीहरूका निम्ति म त्यही गर्नेछु।” 5 अनि तिनीहरूले राजालाई जवाफ दिए: “ती मानिस, जसले हामीलाई नष्ट गरे, र इस्राएलको कुनै सिमानाभित्र नरहने गरी हामी नष्ट होऔं भनी हाम्रो विरुद्ध युक्ति रचे, 6 तिनका छोराहरूमध्ये सातजना हामीकहाँ सुम्पिइऊन्, अनि हामी परमप्रभुले चुन्नुभएको शाऊलको गिबामा तिनीहरूलाई परमप्रभुका निम्ति झुन्ड्याउनेछौं।” अनि राजाले भने: “म तिनीहरूलाई सुम्पिदिनेछु।”7 तर राजाले शाऊलका छोरा योनातानका छोरा मेपिबोशेतलाई परमप्रभुको शपथको कारणले जोगाए, जुन शपथ उनीहरूको बीचमा, अर्थात् दाऊद र शाऊलका छोरा योनातानको बीचमा थियो। 8 तर राजाले अयाहकी छोरी रिस्पाका दुईजना छोरा अर्मोनी र मेपिबोशेतलाई लिए, जसलाई तिनले शाऊलका निम्ति जन्माएकी थिइन्, साथै शाऊलकी छोरी मिकलकाख पाँचजना छोराहरूलाई पनि लिए, जसलाई तिनले महोलाती बार्जिलैका छोरा अद्रीएलका निम्ति जन्माएकी थिइन्; 9 अनि उनले तिनीहरूलाई गिबोनीहरूको हातमा सुम्पिदिए; अनि यिनीहरूले तिनीहरूलाई पहाड़मा परमप्रभुको सामु झुन्ड्याए; यसरी ती सातैजना एकसाथ ढले; अनि कटनीका दिनहरूमा, त्यसका पहिले दिनहरूमा, जौको कटनीको शुरुमा उनीहरू मारिए।
10 अनि अयाहकी छोरी रिस्पाले भाङराको लुगा लिइन् अनि कटनीको शुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी परुन्जेल त्यो आफ्ना निम्ति त्यस चट्टानमाथि ओछ्याइन्; अनि तिनले न दिनमा आकाशका चराहरूलाई, न रातमा बनका पशुहरूलाई तिनीहरूमाथि बस्न दिइन्। 11 अनि शाऊलकी उपपत्नी, अयाहकी छोरी रिस्पाले जे गरेकी थिइन्, सो दाऊदलाई बताइयो। 12 अनि दाऊद गएर शाऊलका हड्डीहरू र तिनका छोरा योनातानका हड्डीहरू याबेश-गिलादका मानिसहरूबाट लिए, जसले बेत-शानको सड़कबाट उनीहरूलाई चोरेर लगेका थिए, जहाँ पलिस्तीहरूले उनीहरूलाई त्यस दिन झुन्ड्याएका थिए; त्यही दिन पलिस्तीहरूले शाऊललाई गिबामा मारेका थिए। 13 अनि उनले त्यहाँबाट शाऊलका हड्डीहरू र तिनका छोरा योनातानका हड्डीहरू माथि लगे; अनि तिनीहरूले ती झुन्ड्याइएकाहरूका हड्डीहरू जम्मा गरे। 14 अनि शाऊल र तिनका छोरा योनातानका हड्डीहरू तिनीहरूले बिन्यामिन देशको जेलामा, तिनका बुबा कीशको चिहानमा गाड़े; अनि राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले पूरा गरे। अनि त्यसपछि परमेश्वरले देशका निम्ति प्रार्थना सुन्नुभयो।
पलिस्तीहरूसितका केही लड़ाइँहरू
15 अनि फेरि इस्राएलसित पलिस्तीहरूको लड़ाइँ भयो; अनि दाऊद र उनीसँग उनका नोकरहरू तल झरे, र पलिस्तीहरूको विरोधमा लड़ाइँ गरे; अनि दाऊद थाकेग। 16 अनि इस्बी-बेनोब, जो रपाईकोघ वंशको थियो, र जसको भालाको वजन पित्तलको तीन सय शेकेल वजनको थियो; अनि त्यसले एउटा नयाँ तरवार भिरेको थियो; अनि त्यसले दाऊदलाई मार्न खोजेको थियो। 17 तर सरूयाका छोरा अबिशैले उनलाई सहायता गरे, र त्यस पलिस्तीलाई हिर्काए, र त्यसलाई मारे। तब दाऊदका मानिसहरूले यसो भन्दै उनीसित शपथ खाए: “तपाईं हामीसित फेरि कहिल्यै लड़ाइँमा निस्केर जानुहुँदैन, नत्र तपाईंले इस्राएलको बत्ती निभाउनुहुनेछ।”
18 अनि त्यसपछि यस्तो भयो: गोबमा फेरि पलिस्तीहरूसित लड़ाइँ भयो; तब हुशाती सिब्ब्कैले सफलाई मारे, जो रपाईकोघ वंशको थियो।
19 अनि गोबमा पलिस्तीहरूसँग फेरि पनि लड़ाइँ भयो; अनि बेतलेहेमी यारैओरेगिमका छोरा एलहानानले गित्तीङ गोल्यतलाई मारे, जसको भालाको काठको डण्डा जुलाहाकोच डण्डाजत्रो थियो।
20 अनि गातमा फेरि पनि एउटा लड़ाइँ भयो, जहाँ एउटा ठूलो कदको मान्छे थियो, जसको हरेक हातमा छ–छवटा औंला थिए, र जसको हरेक खुट्टामा छ–छवटा औंला थिए – जम्मा चौबीसवटा; अनि त्यो पनि रपाकोघ वंशमा जन्मेको थियो। 21 अनि जब त्यसले इस्राएललाई ललकार गर्यो, तब दाऊदका दाजु शिमेअकाछ छोरा योनातानले त्यसलाई मारे।
22 यी चारजना गातमा रपाईकोघ वंशमा जन्मेका थिए; अनि ती दाऊदको हातबाट र उनका नोकरहरूको हातबाट मारिए।