शेबाको विद्रोह
20
अनि त्यहाँ एकजना अधम मानिस रहेछ, जसको नाम शेबा थियो; त्यो बिन्यामिनी बिक्रीको छोरा थियो; अनि त्यसले तुरही फुक्यो, र भन्यो: “दाऊदमा हाम्रो केही भाग छैन, न ता यिशाईका छोरामा हाम्रो पैतृक सम्पत्ति छ; हे इस्राएल, हरेक आ-आफ्नो पालमा जाऊ!” 2 तब इस्राएलको हरेक मानिस दाऊदको पछि लाग्नबाट फर्के, र बिक्रीको छोरा शेबाको पछि लागे; तर यहूदाका मानिसहरूचाहिँ यर्दनदेखि यरूशलेमसम्म आफ्ना राजासँग टाँसिरहे।3 अनि दाऊद यरूशलेममा आफ्नो घरमा आए; अनि राजाले आफ्ना दसजना उपपत्नीहरूलाई लिए, जसलाई उनले घरको हेरचाह गर्न भनी छोड़िराखेका थिए, र तिनीहरूलाई पहरामा राखे, र तिनीहरूको पालनपोषण गरे, तर तिनीहरूकहाँ गएनन्। यसरी तिनीहरू विधवापनमा जिएर आफ्नो मृत्युको दिनसम्म बन्दी भइरहे।
अमासाको हत्या
4 तब राजाले अमासालाई भने: “तीन दिनभित्र यहूदाका मानिसहरूलाई मकहाँ बोलाएर ल्याऊ, र तिमीचाहिँ यहाँ हाजिर होऊ!” 5 तब अमासा यहूदाका मानिसहरूलाई बोलाएर ल्याउन हिँड़े; तर तिनले तिनका निम्ति राजालेक तोकेको समयभन्दा बढ़ी समय लिए। 6 अनि दाऊदले अबिशैलाई भने: “अब बिक्रीको छोरा शेबाले अब्शालोमले भन्दा बढ़ी हाम्रोख हानि गर्नेछ; तिम्रा प्रभुका नोकरहरू लैजाऊ, र त्यसको पिछा गर, कतै त्यसले आफ्ना निम्ति पर्खालले घेरिएका शहरहरू प्राप्त गर्ला, र त्यो हामीबाट उम्केर जाला।” 7 अनि योआबका मानिसहरू, करेतीहरू र पलेतीहरू र सबै शक्तिशाली मानिसहरू अबिशैकोग पछि लागे; अनि बिक्रीको छोरा शेबाको पिछा गर्न उनीहरू यरूशलेमबाट निस्के।
8 अनि जब उनीहरू गिबोनमा भएको ठूलो ढुङ्गानिर थिए, तब अमासा उनीहरूको सम्मुख आए। अनि योआबले आफ्नो वस्त्र आफ्नो कम्मरमा कसेका थिए, र त्यसमाथि आफ्नो म्यानमा हालिएको तरवारसहित एउटा पेटी उनको कम्मरमा बाँधिएको थियो; अनि जब उनी अघि बढ़े, तब यो भुइँमा झर्यो। 9 अनि योआबले अमासालाई भने: “हे मेरो भाइ, के तिमी कुशलै छौ?” अनि योआबले अमासालाई चुम्बन गर्न भनी दाहिने हातले तिनको दाह्री समाते। 10 तर अमासाले योआबको हातमा भएको तरवारलाई ध्यानै दिएनन्; तब योआबलेक यसैले तिनलाई पाँचौं करङमुनि हिर्काए, र तिनका आन्द्रा भुइँमा झारिदिए, अनि तिनलाई फेरि हिर्काएनन्; अनि तिनी मरे। तब योआब र उनको भाइ अबिशैले बिक्रीको छोरा शेबाको पिछा गरे। 11 अनि योआबका जवान मानिसहरूमध्ये एकजना अमासाकोग छेउमा उभियो, र भन्यो: “जो योआबसित प्रसन्न हुन्छ, र जो दाऊदको पक्षमा हुन्छ, त्यो योआबको पछि लागोस्!” 12 तर अमासा मूलबाटोको बीचैमा रगतमा लड़ीबुड़ी गरिरहेका थिए। अनि जब त्यस मानिसले सबै मानिसहरूलाई खड़ा रहिरहेका देख्यो, तब त्यसले अमासालाई मूलबाटोबाट एउटा खुला जमिनमा हटायो; अनि जब त्यसले तिनको छेउबाट भएर जानेहरू सबैलाई खड़ा रहेका देख्यो, तब त्यसले तिनीमाथि एउटा लुगा फ्याँकिदियो। 13 जब तिनलाई मूलबाटोबाट हटाइयो, तब सबै मानिसहरू बिक्रीको छोरा शेबालाई पिछा गर्न योआबको पछि लाग्न अघि बढ़े।
शेबाको मृत्यु
14 अनि उनी इस्राएलका सबै कुलहरू हुँदै आबेल र बेत-माकामा, अनि सबै बेरीहरूकहाँ आइपुगे; अनि तिनीहरू भेला भए, र तिनीहरू पनि त्यसलाई पिछा गर्न गए। 15 अनि उनीहरू आए र त्यसलाई बेत-माकाको आबेलमा घेरा हाले; अनि उनीहरूले त्यस शहरको विरोधमा एउटा ढिस्को खड़ा गरे, र त्यो ढिस्को खाईमा खड़ा भयोघ; अनि योआबसँग भएका सबै मानिसहरूले त्यो पर्खाल ढाल्नलाई त्यसलाई भत्काउन लागे।
16 तब यस शहरबाट एउटी बुद्धिमती स्त्रीले बोलाइन्: “तपाईंहरू सुन्नुहोस्! सुन्नुहोस्, कृपया योआबलाई यसो भनिदिनुहोस्: यहाँ नजिक आउनुहोस्, र म तपाईंसँग कुरा गर्न पाऊँ!” 17 अनि जब उनी तिनको नजिक आए, तब ती स्त्रीले भनिन्: “के तपाईं योआब हुनुहुन्छ?” अनि उनले जवाफ दिए: “म उही हुँ।” तब तिनले उनलाई भनिन्: “तपाईंकी दासीका शब्दहरू सुन्नुहोस्!” अनि उनले जवाफ दिए: “म सुन्दैछु।” 18 तब तिनले यसो भनिन्: “उहिले मानिसहरूलेङ यसो भन्ने गर्थे: ‘निश्चय नै तिनीहरूले आबेलमा सल्लाह लिऊन्!’ अनि यसरी तिनीहरूले विवादलाई टुङ्ग्याउँथे। 19 इस्राएलमा शान्ति चाहने र विश्वासयोग्यहरूमध्ये म एकजना हुँ; तपाईंले इस्राएलमा एउटा शहर र एउटी आमालाई नष्ट गर्न खोज्दै हुनुहुन्छ; तपाईंले किन परमप्रभुको पैतृक सम्पत्तिलाई निल्नुहुन्छ?”
20 तब योआबले जवाफ दिएर भने: “निल्नु वा नष्ट पार्नु भन्ने कुरा मबाट कदापि हुँदैन, कदापि हुँदैन। 21 कुरा यस्तो होइन कि; तर एप्रैम पहाड़को एकजना मान्छे, शेबा नाम भएको बिक्रीको छोराले राजाको विरोधमा, अँ, दाऊदको विरोधमा आफ्नो हात उठाएको छ; त्यसलाई मात्र सुम्पिदेऊ, र म यस शहरदेखि गइहाल्नेछु।” अनि ती स्त्रीले योआबलाई भनिन्: “हेर्नुहोस्, त्यसको टाउको पर्खालमाथिबाट तपाईंकहाँ फ्याँकिनेछ।” 22 तब ती स्त्री आफ्नो बुद्धिमा सबै मानिसहरूकहाँ गइन्। अनि तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटे, र त्यसलाई योआबकहाँ फ्याँकिदिए। अनि उनले तुरही फुके, अनि उनीहरू त्यस शहरबाट हटे र हरेक आ-आफ्नो पालतिर फर्केच। अनि योआब यरूशलेममा राजाकहाँ फर्के।
दाऊदका कर्मचारीहरू