प्रधान वादकका लागि; परमप्रभुका दास दाऊदको भजन। परमप्रभुले उनलाई उनका सबै शत्रुहरू र शावलको हातबाट बचाउनुभएको दिनमा उनले परमप्रभुलाई यस गीतका शब्दहरू भने। अनि उनले भने:
18
हे परमप्रभु, मेरा बल, म तपाईंलाई प्रेम गर्छु।2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ; मेरा परमेश्वर, मेरो बलक, जसमाथि म भरोसा राख्नेछु; मेरो ढाल, मेरो उद्धारको सिङ र मेरो उच्च गढ़।
3 म परमप्रभुलाई पुकार्नेछु, जो प्रशंसा गरिने योग्यका हुनुहुन्छ; यसरी म मेरा शत्रुहरूबाट बचाइनेछु।
4 मृत्युका व्यथाले मलाई घेरे, अनि भक्तिहीनख मानिसहरूका बाढ़ले मलाई भयभीत पारे।
5 नरकका व्यथाहरूले मलाई चारैतिर घेरे; मृत्युका पासाहरूले मलाई छेके।
6 मेरो सङ्कष्टमा मैले परमप्रभुलाई पुकारें, र मेरा परमेश्वरलाई गुहारें; उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो, र मेरो पुकारग उहाँको सामु, अँ, उहाँका कानमा पुग्यो।
7 तब पृथ्वी हल्लियो, र काम्यो; पहाड़हरूका जगहरू पनि डगमगाए र हल्लिए; किनकि उहाँ रिसाउनुभएको थियो।
8 उहाँको नाकबाट धूवाँ छुट्यो, र उहाँको मुखबाट निस्केको आगोले भस्म पार्यो; यसबाट कोइलाहरू सल्किए।
9 उहाँले आकाश पनि झुकाउनुभयो, र तल झर्नुभयो; अनि उहाँका पाउमुनि अन्धकार थियो।
10 अनि उहाँ करूबमाथि सवार भएर उड़्नुभयो; अँ, हावाका पखेटाहरूमाथि उहाँ उड़्नुभयो।
11 उहाँले अन्धकारलाई आफ्नो गुप्त स्थान बनाउनुभयो; अँध्यारो पानी र आकाशका बाक्ला बादलहरूचाहिँ उहाँको वरिपरि उहाँको मण्डप भए।
12 उहाँको उपस्थितिको चमकमा उहाँका बाक्ला बादलहरू पार भए, असिना र आगाका फिलिङ्गाहरू।
13 परमप्रभु आकाशमा गर्जनु पनि भयो, र परमप्रधानले आफ्नो सोर सुनाउनुभयो – असिना र आगाको फिलिङ्गाहरू।
14 अँ, उहाँले आफ्ना काँड़हरू पठाउनुभयो र तिनीहरूलाई तितरबितर पार्नुभयो; अनि उहाँले बिजुलीहरू हान्नुभयो र तिनीहरूलाई परास्त गर्नुभयो।
15 तब पानीका नालाहरू देखा परे र संसारका जगहरू प्रकट भए, हे परमप्रभु, तपाईंको हप्कीले, तपाईंको नाकको सासको झोक्काले।
16 उहाँले माथिबाट पठाउनुभयो; उहाँले मलाई समात्नुभयो; उहाँले मलाई गहिरोघ पानीबाट निकाल्नुभयो।
17 उहाँले मलाई मेरो बलवान् शत्रुबाट र मलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुभयो; किनकि तिनीहरू मभन्दा बलिया थिए। 18 मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे; तर परमप्रभु मेरो आड़ हुनुभयो।
19 अनि उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो; उहाँले मलाई छुटकारा दिनुभयो; किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो।
20 मेरो धार्मिकताअनुसार परमप्रभुले मलाई इनाम दिनुभयो; मेरा हातहरूको शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।
21 किनकि मैले परमप्रभुका मार्गहरू पालन गरेको छु, अनि दुष्ट भएर म मेरा परमेश्वरबाट टाढ़ो गएको छैनँ।
22 किनकि उहाँका सबै नियमहरूङ मेरो सामु थिए; अनि उहाँका विधिहरू मैले आफूबाट हटाइनँ।
23 अनि म उहाँको सामु सीधा चालको थिएँ; अनि मैले आफूलाई मेरो अधर्मबाट जोगाइराखें।
24 यसकारण परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरा हातहरूको शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
25 कृपालुप्रति तपाईंले आफूलाई कृपालु नै देखाउनुहुनेछ; सीधा मानिसप्रति तपाईंले आफूलाई सीधा नै देखाउनुहुनेछ;
26 शुद्धप्रति तपाईंले आफूलाई शुद्ध नै देखाउनुहुनेछ; टेढ़ाप्रति तपाईंले आफूलाई टेढ़ै देखाउनुहुनेछ।
27 किनकि तपाईंले कष्टमा परेका मानिसहरूलाई बचाउनुहुनेछ, तर घमण्डी आँखाहरू तल झार्नुहुनेछ।
28 किनकि तपाईंले मेरो बत्ती बाल्नुहुनेछ; परमप्रभु मेरा परमेश्वरले मेरो अन्धकार उज्यालो पार्नुहुनेछ।
29 किनकि तपाईंद्वारा मैले फौजमाथि हमला गरेको छु; अनि मेरा परमेश्वरद्वारा मैले पर्खाल नाघेको छु।
30 परमेश्वरचाहिँ – उहाँको बाटो सिद्ध छ; परमप्रभुको वचन खारिएको छ; उहाँमाथि भरोसा गर्ने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।
31 किनभने परमप्रभुबाहेक अरू परमेश्वर को छ? अथवा हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ?
32 परमेश्वर नै हुनुहुन्छ, जसले सामर्थ्यले मेरो कम्मर कस्नुहुन्छ र मेरो बाटो सिद्ध पार्नुहुन्छ।
33 उहाँले मेरा पाउहरू हरिणीका जस्तै बनाउनुहुन्छ र मलाई मेरा अग्ला ठाउँहरूमा बसाल्नुहुन्छ।
34 उहाँले मेरा हातहरू युद्ध गर्न सिकाउनुहुन्छ; यसैकारण मेरा पाखुराहरूद्वारा पित्तलको धनु भाँचिन्छ।
35 तपाईंले मलाई तपाईंको उद्धारको ढाल पनि दिनुभएको छ, र तपाईंको दाहिने हातले मलाई सम्हालेको छ; अनि तपाईंको नम्रताले मलाई महान् तुल्याएको छ।
36 तपाईंले ममुनि मेरा पाइलाहरूका निम्ति ठाउँ फराकिलो पार्नुभएको छ, यसले गर्दा मेरा पाउहरू चिप्लेनन्।
37 मैले मेरा शत्रुहरूलाई पिछा गरेको छु र तिनीहरूलाई भेटेको छु; तिनीहरू खतम नहोउन्जेल म फर्किनँ।
38 मैले तिनीहरूलाई उठ्नै नसक्ने गरी घायल पारेको छु; तिनीहरू मेरा पाउमुनि ढलेका छन्।
39 किनकि लड़ाइँका निम्ति तपाईंले मेरो कम्मर सामर्थ्यले कस्नुभएको छ; तपाईंले मेरो विरोधमा उठ्नेहरूलाई मेरो वशमा पार्नुभएको छ।
40 मलाई घृणा गर्नेहरूलाई नाश पारूँ भनेर तपाईंले मलाई मेरा शत्रुहरूका गर्दनहरू पनि दिनुभएको छ।
41 तिनीहरूले गुहारे, तर तिनीहरूलाई बचाउने कोही भएन; तिनीहरूले परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफै दिनुभएन।
42 मैले तिनीहरूलाई कुटेर बतासको अघि धूलोझैं मसिनो पारें; सड़कहरूको मैलाझैं मैले तिनीहरूलाई फालिदिएँ।
43 तपाईंले मलाई मानिसहरूका विवादहरूबाट छुटकारा दिनुभएको छ; तपाईंले मलाई अन्यजातिहरूको शिर तुल्याउनुभएको छ; मैले नचिनेको जातिले मेरो सेवा गर्नेछ।
44 मेरो विषयमा सुन्नासाथ तिनीहरूले मेरो आज्ञा पालन गर्नेछन्; परदेशीहरूले आफूलाई मेरो अधीनतामा सुम्पनेछन्।
45 परदेशीहरू ओइलिँदै जानेछन्, अनि आ-आफ्ना किल्लाहरूबाट डराउँदै निस्किआउनेछन्।
46 परमप्रभु जीवित हुनुहुन्छ; र मेरा चट्टान धन्यका होऊन्, अनि मेरा उद्धारका परमेश्वरको बढ़ाइ होस्!
47 मेरो बदला लिनुहुने र मानिसहरूलाई मेरो वशमा पार्नुहुने परमेश्वर नै हुनुहुन्छ।
48 उहाँले मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहुन्छ; अँ, तपाईंले मलाई मेरो विरोधमा उठ्नेहरूभन्दा माथि उठाउनुहुन्छ। तपाईंले मलाई अत्याचारी मानिसबाट छुटकारा दिनुभएको छ।
49 यसैकारण हे परमप्रभु, अन्यजातिहरूको बीचमा म तपाईंलाई धन्यवाद चढ़ाउनेछु र तपाईंको नामको स्तुति गाउनेछु।
50 उहाँले आफ्ना राजालाई महान् छुटकाराच दिनुहुन्छ, अनि आफ्ना अभिषिक्त जन दाऊद र उनका सन्तानमाथि सदा-सर्वदा कृपा देखाउनुहुन्छ।