प्रधान वादकका लागि; दाऊदको भजन
19
आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ; अनि आकाश-मण्डलले उहाँको हातको काम देखाउँछ।2 दिनले दिनसित कुरा गर्छ, अनि रातले रातलाई ज्ञान प्रकट गर्छ।
3 न कुनै बोली छ, न भाषाक, जहाँ तिनीहरूको आवाज सुनिँदैन।
4 तिनीहरूको ध्वनिख सारा पृथ्वीभरि गुञ्जायमान् भएको छ; अनि तिनीहरूका शब्दहरूचाहिँ संसारको कुनासम्म पुगेका छन्। तिनीहरूमा उहाँले सूर्यको लागि तम्बू खड़ा गर्नुभएको छ।
5 जो आफ्नो कोठाबाट निस्किरहेको दुलहाजस्तो छ, जो दौड़ दौड़नलाई बलवान् मानिसझैं रमाउँछ।
6 आकाशको एक छेउबाट त्यो निस्केर जान्छ, अनि यसका छेउहरूसम्म त्यसले चक्कर मार्छ; अनि त्यसको तापबाट केही कुरा लुकेको छैन।
7 परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई परिवर्तन गर्ने; परमप्रभुको साक्षी पक्का छ, बोधालाई बुद्धिमान् तुल्याउने।
8 परमप्रभुका नियमहरू सही छन्, हृदयलाई आनन्दित गराउने; परमप्रभुको आज्ञा शुद्ध छ, आँखाहरूलाई ज्योतिर्मय पार्ने।
9 परमप्रभुको भय सफा छ, सदा रहिरहने; परमप्रभुका न्याय-वचनहरूग पूर्णतया सत्य र धर्ममय छन्।
10 सुनभन्दा बढ़ी, अँ, धेरै निखुर सुनभन्दा बढ़ी तिनीहरूको चाहना गरिनुपर्छ; ती महभन्दा, अँ, महको चाकाभन्दा पनि मीठा छन्।
11 साथै तीद्वारा नै तपाईंको दासले चेताउनी पाउँछ, र तिनको पालन गरेमा ठूलो इनाम छ।
12 आफ्ना भूलचूकहरू कसले बुझ्न सक्छ र? तपाईंले मलाई गुप्त पापहरूबाट शुद्ध पार्नुहोस्!
13 ढीठपनका पापहरूबाट तपाईंले आफ्नो दासलाई जोगाइराख्नुहोस्; तिनीहरूले ममाथि राज्य गर्न नपाऊन्; तब म सीधा चालको हुनेछु र ठूलो अपराधदेखि निर्दोष रहनेछु।
14 हे परमप्रभु, मेरा बलघ र मेरा उद्धारकङ! मेरो मुखका शब्दहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्!