प्रधान वादकका लागि; दाऊदको भजन
20
सङ्कष्‍टको दिनमा परमप्रभुले तिम्रो विन्‍ती सुनून्; याकूबका परमेश्‍वरको नामले तिमीलाई रक्षा गरोस्।
2 पवित्रस्थानबाट उहाँले तिमीलाई सहायता पठाऊन् र सियोनबाट तिमीलाई सामर्थ्य दिऊन्
3 तिम्रा सबै भेटीहरूको सम्झना गरून्, र तिम्रो होमबलि ग्रहण गरून्। सेला#
4 उहाँले तिम्रो हृदयको चाहअनुसार तिमीलाई दिऊन्, र तिम्रो सबै मनसाय पूरा गरिदिऊन्।
5 हामी तिम्रो उद्धारमा रमाउनेछौं, र हाम्रा परमेश्‍वरको नाममा हामी हाम्रा झण्डाहरू खड़ा गर्नेछौं; परमप्रभुले तिम्रा सबै विन्‍तीहरू पूरा गरिदिऊन्।
6 परमप्रभुले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुन्छ भनी अब म जान्दछु; उहाँले आफ्नो दाहिने हातको बचाउने शक्तिले आफ्नो पवित्र स्वर्गबाट उनको पुकार सुन्‍नुहुनेछ।
7 कसैले रथहरूमाथि र कसैले घोड़ाहरूमाथि भरोसा राख्छन्, तर हामी त परमप्रभु हाम्रा परमेश्‍वरको नामको सम्झना गर्नेछौं।
8 तिनीहरू झुकाइए र ढले, तर हामीचाहिँ उठाइएका छौं र सीधा खड़ा हुन्छौं।
9 हे परमप्रभु, बचाउनुहोस्; हामीले पुकार्दा राजाले हाम्रो विन्‍ती सुनून्!