अय्यूब
ऊज देशमा अय्यूब र तिनको परिवार
1
ऊज देशमा एकजना मानिस थिए, जसको नाम अय्यूब थियो; अनि ती मानिस सिद्ध, र सीधा चालका थिए, जसले परमेश्वरको डर मान्थे र जो खराबीबाट अलग रहन्थेक। 2 अनि तिनका सातजना छोराहरू र तीनजना छोरीहरू जन्मे। 3 अनि तिनको सम्पत्तिख सात हजार भेड़ाबाख्रा, तीन हजार ऊँट, पाँच सय हल गोरु र पाँच सय गधैनी, साथै एउटा खूबै ठूलो घरपरिवार थियोग; यसकारण ती मानिसचाहिँ पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।4 अनि तिनका छोराहरू जान्थे, अनि हरेकले आ-आफ्नो दिनमा आ-आफ्नो घरमा भोज लाउँथे, र आफ्ना तीनजना दिदीबहिनीहरूलाई आफूसँग खान र पिउन भनी बोलाउँथे। 5 अनि यस्तो हुन्थ्यो: उनीहरूको भोजका दिनहरूले एक चक्कर लगाएपछि अय्यूबले पठाउँथे, उनीहरूलाई पवित्र गर्थे र एकाबिहानै उठेर तिनीहरू सबैको संख्याअनुसार होमबलिहरू चढ़ाउँथे; किनकि अय्यूबले भन्ने गर्थे: “सायद मेरा छोराहरूले पाप गरे होलान् र आफ्ना हृदयमा परमेश्वरलाई सरापेका होलान्।” अय्यूबले सधैं यस्तै गर्थे।
अय्यूबको धार्मिक आचरणमाथि शैतानको दोष
6 अनि एकदिन यस्तो भयो: परमेश्वरका छोराहरू परमप्रभुको सामु आफूलाई हाजिर गराउन आए; अनि तिनीहरूको बीचमा शैतान पनि आयो। 7 अनि परमप्रभुले शैतानलाई भन्नुभयो: “तँ कहाँबाट आएको होस्?” तब शैतानले परमप्रभुलाई जवाफ दिएर भन्यो: “पृथ्वीमा यताउता डुल्दै र यसमा घुमफिर गर्दै आएको हुँ।” 8 अनि परमप्रभुले शैतानलाई भन्नुभयो: “के तैंले मेरो दास अय्यूबलाई ध्यान दिएकोघ छस्? पृथ्वीमा ऊजस्तो सिद्ध र सीधा चालको मानिस अरू कोही पनि छैन, जसले परमेश्वरको डर मान्छ र जो खराबीबाट अलग रहन्छङ।” 9 तब शैतानले परमप्रभुलाई जवाफ दिएर भन्यो: “के अय्यूबले कुनै कारणविनाच परमेश्वरको डर मान्छ र? 10 के तपाईंले उसको वरिपरि, उसको घरको वरिपरि र ऊसँग भएका सबै थोकको वरिपरि चारैतिरबाट बार हालिदिनुभएको छैन र? तपाईंले उसका हातको काममा आशिष् दिनुभएको छ, र देशमा उसको सम्पत्ति बढ़िरहेको छ। 11 तर अब आफ्नो हात बढ़ाउनुहोस्, र ऊसँग भएको सबै थोक छुनुहोस्; तब उसले तपाईंको मुखैमा तपाईंलाई सराप्नेछ।” 12 अनि परमप्रभुले शैतानलाई भन्नुभयो: “हेर्, ऊसँग भएको सबै थोक तेरो हातमा छ; तर उसको जिउमाथिछ चाहिँ तैंले आफ्नो हात नबढ़ा!” तब शैतान परमप्रभुको सामुबाट निस्केर गयो।
अय्यूब सम्पूर्ण सम्पत्ति र सबै छोराछोरीहरूलाई गुमाउँछन्
13 अनि एकदिन यस्तो भयो: जब तिनका छोराहरू र तिनका छोरीहरू उनीहरूका जेठा दाजुको घरमा खाइरहेका र दाखमद्य पिइरहेका थिए; 14 तब एउटा दूत अय्यूबकहाँ आएर भन्यो: “गोरुहरूले जोतिरहेका थिए, अनि गधाहरू तिनीहरूको छेउमा चरिरहेका थिए; 15 तब शबाका मानिसहरूले हमला गरे, र तिनीहरूलाई लगे; अँ, तिनीहरूले ती नोकरहरूलाई तरवारको धारले मारे; अनि तपाईंलाई यो भन्न म, अँ, म मात्र उम्कें।” 16 त्यो बोलिरहेकै बेला अर्को आइपुग्यो, जसले भन्यो: “आकाशबाट परमेश्वरको आगो खस्यो, अनि त्यसले भेड़ाबाख्राहरू र ती नोकरहरूलाई जलायो र तिनीहरूलाई भस्म पारिदियो; अनि तपाईंलाई यो भन्न म, अँ, म मात्र उम्कें।” 17 त्यो बोलिरहेकै बेला अर्को पनि आइपुग्यो, जसले भन्यो: “कल्दीहरूले तीन दल बाँधे, ऊँटहरूमाथि जाइलागे र तिनीहरूलाई लगे; अँ, ती नोकरहरूलाई पनि तरवारको धारले मारे; अनि तपाईंलाई यो बताउन म, अँ, म मात्र उम्कें।” 18 त्यो बोलिरहेकै बेला अर्को पनि आइपुग्यो, जसले भन्यो: “तपाईंका छोराहरू र तपाईंका छोरीहरू उनीहरूका जेठा दाजुको घरमा खाइरहेका र दाखमद्य पिइरहेका थिए; 19 अनि हेर्नुहोस्, उजाड़स्थानबाट भएर एउटा ठूलो आँधीबतास आयो, र घरका चार कुनामा हान्यो, अनि त्यो ती जवान मानिसहरूमाथि ढल्यो, र उनीहरू मरे; अनि तपाईंलाई यो भन्न म, अँ, म मात्र उम्कें।” 20 तब अय्यूब उठे, आफ्नो अलखा च्याते, आफ्नो कपाल खौरे र भुइँमा घोप्टो परेर दण्डवत् गरे, 21 अनि तिनले भने: “मेरी आमाको गर्भबाट म नाङ्गै निस्केर आएँ, र नाङ्गै म त्यहाँ फर्केर जानेछु; परमप्रभुले दिनुभयो, र परमप्रभुले लैजानुभयो; परमप्रभुको नाम धन्यको होस्!” 22 यी सबै कुराहरूमा अय्यूबले पाप गरेनन्, न ता मूर्खतापूर्वक परमेश्वरलाई दोष नै लगाएज।