मोर्दकैको महान्ता
10
अनि राजा अहासूरसले त्यस देशमाथि र समुद्रका टापुहरूमाथि करक लगाए। 2 अनि राजा अहासूरसकोख शक्ति र तिनको सामर्थ्यका सबै कार्यहरू, साथै मोर्दकैको महान्ताको वर्णन, जहाँसम्म राजाले उनको दर्जा बढ़ाए, के ती कुराहरू मादी र फारसका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 3 किनकि यहूदी मोर्दकैचाहिँ राजा अहासूरसको पछि दोस्रा थिए; अनि यहूदीहरूको बीचमा उनी महान् थिए र उनका प्रशस्त दाजुभाइहरूको बीचमा ग्रहणीयग थिए; उनले आफ्नो जातिको भलाइको खोज गर्दथे र आफ्ना सबै सन्तानहरूलाई शान्तिको कुरा गर्दथे।