शैतानले अय्यूबको शरीरमाथि हात हाल्ने अनुमति पाउँछ
2
अनि कुनै अर्को एक दिन यस्तो भयो: परमेश्वरका छोराहरू परमप्रभुको सामु आफूलाई हाजिर गराउन आए; अनि तिनीहरूको बीचमा शैतान पनि परमप्रभुको सामु आफूलाई हाजिर गराउन आयो। 2 अनि परमप्रभुले शैतानलाई भन्नुभयो: “तँ कहाँबाट आएको होस्?” अनि शैतानले परमप्रभुलाई जवाफ दिएर भन्यो: “पृथ्वीमा यताउता डुल्दै र यसमा घुमफिर गर्दै आएको हुँ।” 3 तब परमप्रभुले शैतानलाई भन्नुभयो: “के तैंले मेरो दास अय्यूबलाई ध्यान दिएकोक छस्? पृथ्वीमा ऊजस्तो सिद्ध, र सीधा चालको मानिस अरू कोही पनि छैन, जसले परमेश्वरको डर मान्छ र जो खराबीबाट अलग रहन्छख; कारणैविना उसलाई नाश गर्नग तैंले उसको विरोधमा मलाई उस्काइस्, तर पनि उसले आफ्नो इमानदारी अझै बलियो गरी पक्रिराखेको छ।” 4 अनि शैतानले परमप्रभुलाई जवाफ दिएर भन्यो: “छालाको बदला छाला! अँ, मानिसले आफ्नो प्राणको बदलामा आफूसँग भएको सबै थोक दिनेछ। 5 तर अब आफ्नो हात बढ़ाउनुहोस्, र उसको हड्डी र उसको मासु छुनुहोस्; तब उसले तपाईंको मुखैमा तपाईंलाई सराप्नेछ।” 6 तब परमप्रभुले शैतानलाई भन्नुभयो: “हेर्, ऊ तेरो हातमा छ; केवल उसको प्राणलाई छोड़िदे!” 7 तब शैतान परमप्रभुको सामुबाट निस्केर गयो, र अय्यूबलाई तिनको पाउको पैतालादेखि तिनको शिरको थाप्लोसम्म नराम्रा पोल्ने खटिराहरूले प्रहार गर्यो। 8 अनि अय्यूबलेघ आफूलाई कन्याउन एउटा खपटो लिए; अनि तिनी खरानीको बीचमा बसे। 9 तब तिनकी पत्नीले तिनलाई भनिन्: “के तपाईं अझै आफ्नो इमानदारीमा अड़िरहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस्, र मर्नुहोस्!” 10 तर तिनले उनलाई भने: “तिमी एउटी मूर्ख स्त्री बोलेझैं बोल्छ्यौ। हो, हामी परमेश्वरको हातबाटङ असल कुरा लिन्छौं; तब के हामी खराब कुरा नलिऔं त?” यी सबै कुराहरूमा अय्यूबले आफ्ना ओठले पाप गरेनन्।अय्यूबका तीनजना साथीहरू तिनीकहाँ आइपुग्छन्
11 अनि अय्यूबमाथि आइपरेको यो सबै खराबीको विषयमा जब तिनका तीनजना साथीहरूले सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट आइपुगे; तेमानी एलिपज, शूही बिल्दद, र नामाती सोपर; किनकि तिनीहरूले आएर अय्यूबसँगच विलाप गर्न र तिनलाई सान्त्वना दिन एकसाथ भेट्ने कुरा ठहराएका थिए। 12 अनि जब टाढ़ाबाट तिनीहरूले आफ्ना आँखाहरू उठाएर हेरे, र अय्यूबलाईछ चिनेनन्, तब तिनीहरू आफ्नो सोर उचालेर रोए; अनि तिनीहरूले आ-आफ्नो अलखा च्याते, र आकाशतिर धूलो उड़ाएर आफ्नो शिरमाथि हाले। 13 तब तिनीहरू सात दिन र सात रातसम्म तिनको साथमा भुइँमा बसे; अनि कसैले तिनीसित एक शब्द बोलेनन्; किनकि तिनको पीड़ा अति ठूलो रहेछ भनी तिनीहरूले देखे।