2
मेरा साना छोराछोरीहरूहो, तिमीहरूले पाप नगर भन्ने हेतुले म यी कुराहरू तिमीहरूलाई लेख्दछु। तर कसैले पाप गर्यो भने पिताको साथमा हाम्रा एकजना वकिलक अर्थात् धर्मी येशू ख्रीष्ट हुनुहुन्छ; 2 अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनुहुन्छ; र हाम्रा पापहरूका निम्ति मात्र होइन, तर सारा संसारका पापहरूका निम्ति पनि।आज्ञापालनचाहिँ ख्रीष्ट-विश्वासीहरूको गुण हो
3 अनि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं भने, यसैबाट हामी उहाँलाई चिन्दा रहेछौं भनी जान्दछौं। 4 जसले ‘म उहाँलाई चिन्छु’ भन्छ, तर उहाँका आज्ञाहरूचाहिँ पालन गर्दैन, त्यो झूट हो, र त्यसमा सत्यता छँदैछैन। 5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै उसैमा परमेश्वरको प्रेम सिद्ध भएको हुन्छ; यसैबाट हामी उहाँमा रहेछौं भनी जान्दछौं। 6 जसले ‘म उहाँमा रहन्छु’ भन्छ, ऊ आफै पनि, उहाँ जसरी हिँड़्नुहुन्थ्यो, त्यसरी नै हिँड़्नुपर्छ।
7 भाइहरूहो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा लेख्दिनँ, तर उही पुरानो आज्ञा, जुनचाहिँ शुरुदेखि नै तिमीहरूसँग थियो। त्यो पुरानो आज्ञाचाहिँ तिमीहरूले शुरुदेखि नै सुनेको वचन हो। 8 फेरि, एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दछु, जुन कुराचाहिँ उहाँमा र तिमीहरूमा साँचो ठहरिन्छ; किनभने अन्धकार बितिरहेको छ, र साँचो ज्योति अहिले चम्किँदैछ।
9 जसले ‘म ज्योतिमा छु’ भन्छ, तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ, त्यो अहिलेसम्म अन्धकारमै छ। 10 जसले आफ्नो भाइलाई प्रेम गर्छ, ऊ ज्योतिमा रहन्छ, र उसमा ठेस लाग्ने कुनै कारण हुँदैन। 11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा छ, अनि अन्धकारमै हिँड़्छ, र त्यसले आफू कहाँ जाँदैछ, सो जान्दैन; किनभने अन्धकारले त्यसका आँखाहरू अन्धा पारिदिएको छ।
12 हे साना नानीहरूहो, म तिमीहरूलाई लेख्दछु; किनभने उहाँको नामको खातिर तिमीहरूका पापहरू तिमीहरूलाई क्षमा भएका छन्। 13 हे बुबाहरूहो, म तिमीहरूलाई लेख्दछु, किनभने तिमीहरूले उहाँलाई चिनेका छौ, जो शुरुदेखि हुनुहुन्छ। हे जवानहरूहो, म तिमीहरूलाई लेख्दछु; किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। हे साना नानीहरूहो, म तिमीहरूलाई लेख्दछु; किनभने तिमीहरूले पितालाई चिनेका छौ। 14 हे बुबाहरूहो, मैले तिमीहरूलाई लेखेको छु; किनभने तिमीहरूले उहाँलाई चिनेका छौ, जो शुरुदेखि हुनुहुन्छ। हे जवानहरूहो, मैले तिमीहरूलाई लेखेको छु; किनभने तिमीहरू बलिया छौ, अनि परमेश्वरको वचन तिमीहरूमा रहिरहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
संसारलाई प्रेम नगर!
15 संसारलाई प्रेम नगर, न ता संसारमा भएका कुराहरूलाई नै! कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन। 16 किनकि संसारमा भएका सबै कुराहरू, शरीरको अभिलाषा, आँखाहरूको अभिलाषा र जीवनकोख सेखी पिताबाटका होइनन्, तर संसारबाटका हून्। 17 अनि संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पालन गर्छ, ऊ सदासर्वदा रहिरहन्छ।
ख्रीष्ट-विरोधी विषयमा चेताउनी
18 हे साना नानीहरूहो, यो अन्तिम घड़ी हो; अनि ख्रीष्ट-विरोधी आउनेछ भनी तिमीहरूले सुनेअनुसार अहिले पनि धेरै ख्रीष्ट-विरोधीहरू भएका छन्; यसैबाट हामी योचाहिँ अन्तिम घड़ी हो भनी जान्दछौं। 19 तिनीहरू हामीबाट निस्के, तर तिनीहरू हाम्राग थिएनन्; किनकि तिनीहरू हाम्राग हुँदा हुन् ता तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू सबै हाम्राग होइन रहेछन् भनी प्रकट होस् भन्ने हेतुले तिनीहरू हामीबाट निस्के।
20 तर तिमीहरूले उही पवित्र जनबाट अभिषेक पाएका छौ, र सबै कुराहरू जान्दछौ। 21 तिमीहरूले सत्यता नजानेकाले होइन, तर तिमीहरूले यो जानेका हुनाले, र कुनै पनि झूट सत्यताबाटको नभएको हुनाले मैले तिमीहरूलाई लेखेको हुँ।
22 जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्छ, त्योबाहेक झूट अरू को हो त? त्यो जसले पिता र पुत्रलाई इन्कार गर्छ, त्यही हो ख्रीष्ट-विरोधी। 23 हरेक जसले पुत्रलाई इन्कार गर्छ, त्यससँग पिता पनि हुनुहुन्न; तर जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।
24 यसकारण जुन कुरा तिमीहरूले शुरुदेखि सुनेका छौ, त्यही कुरा तिमीहरूमा रहिरहोस्! जुन कुरा तिमीहरूले शुरुदेखि सुनेका छौ, सो तिमीहरूमा रहिरह्यो भने तिमीहरू पनि पुत्रमा र पितामा रहिरहनेछौ। 25 अनि जुन प्रतिज्ञा उहाँले हामीसित गर्नुभएको छ, त्यो प्रतिज्ञा यही हो: अनन्त जीवन।
26 तिमीहरूलाई बहकाउनेहरूको विषयमा मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु। 27 तर जुन अभिषेक तिमीहरूले उहाँबाट पाएका छौ, त्यो अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउने दरकार छैन; तर जसरी यही अभिषेकले तिमीहरूलाई सबै कुराहरूको विषयमा सिकाउँछ, अनि सत्य हो, र झूटा होइन; अँ, जसरी यसले तिमीहरूलाई सिकाएको छ, त्यसरी नै तिमीहरू उहाँमा रहिरहो।