2
यसैकारण सबै वैरभाव, सबै छल, कपट, डाहा र सबै प्रकारको निन्दा हटाओ, 2 र नयाँ जन्मेका बालकहरूले जस्तो वचनको विशुद्ध दूधको तिर्सना गर, ताकि यसैद्वारा तिमीहरू बढ़्दै जाओ, 3 यदि साँच्चै प्रभु कृपामय हुनुहुन्छ भन्ने कुरा तिमीहरूले चाखेका छौ भने।ख्रीष्ट-विश्वासीहरू जिउँदा पत्थरहरू हुन्
4 उहाँकहाँ अर्थात् साँच्चै मानिसहरूद्वारा रद्द गरिनुभएको, तर परमेश्वरका निम्ति चुनिनुभएको बहुमूल्य, जीवित पत्थरकहाँ आएर, 5 तिमीहरू पनि जिउँदा पत्थरहरूजस्तै एक आत्मिक घर अर्थात् पवित्र पूजाहारीको एक समाज बनिँदै जान्छौ, यस हेतुले कि तिमीहरूले प्रभु येशूद्वारा परमेश्वरकहाँ ग्रहणयोग्य आत्मिक बलिदानहरू चढ़ाउन सक। 6 यसकारण पवित्रशास्त्रमा यो पनि पाइन्छ:
‘हेर, म सियोनमा एउटा चुनिएको, बहुमूल्य मुख्य कुनाढुङ्गा राख्छु; अनि जसले उनीमाथि विश्वास गर्दछ, ऊ कुनै रीतिले शर्ममा पर्नेछैन।’क
7 यसकारण तिमी विश्वास गर्नेहरूका निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ; तर ती आज्ञा नमान्नेहरूका निम्ति उहाँचाहिँ ‘जुन ढुङ्गा डकर्मीहरूले रद्द गरे, त्यही नै कुनाको शिर’ख हुनुभयो, 8 र ‘एउटा ठेस लाग्ने ढुङ्गा र एउटा ठक्कर खाने चट्टान’ग हुनुभयो; तिनीहरूका निम्ति, जो आज्ञाकारी नभएका हुनाले वचनमा ठेस खान्छन्; त्यसैका निम्ति तिनीहरू ठहराइएका पनि छन्।
9 तर तिमीहरूचाहिँ एउटा चुनिएको वंश, एउटा राजकीय पूजाहारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हौ; यसैले कि उहाँ जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनुभयो, उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गरघ – 10 तिमीहरू जो बितेको समयमा प्रजा थिएनौ, तर अब परमेश्वरको प्रजा हौ; तिमीहरू जसले दया पाएका थिएनौ, तर अब दया पाएका छौ।
11 हे प्रियहरूहो, म तिमी परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु: प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट अलग बस! 12 र अन्यजातिहरूको बीचमा असल चालचलन देखाओ, ताकि जुन कुरामा कुकर्मीहरू भनी तिनीहरू तिमीहरूको विरोधमा बोल्छन्, तिमीहरूका असल कामहरू देखेर ती कुराहरूकै कारणले तिनीहरूले न्यायको दिनमाङ परमेश्वरको महिमा गरून्।
सरकारको अधीनतामा बस!
13 प्रभुका निम्ति आफूलाई मानिसको हरेक शासन प्रबन्धको अधीनतामा सुम्प; चाहे राजाको अधीनतामा होस्, किनकि उनी सर्वोच्च हुन्, 14 चाहे शासकहरूको अधीनतामा होस्, किनकि यिनीहरू कुकर्मीहरूको दण्डका निम्ति र असल काम गर्नेहरूका प्रशंसाका निम्ति उनीद्वारा पठाइएका हुन्। 15 किनकि परमेश्वरको इच्छा यही हो: तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानतालाई चुप पारिदेओ, 16 स्वतन्त्र मानिसहरूजस्तो, तर त्यो स्वतन्त्रता वैरभावलाई ढाकछोप गर्ने चीजको रूपमा प्रयोग नगर्ने, तर परमेश्वरका दासहरूजस्तो, 17 सबैलाई आदर गर, भाइ-बन्धुहरूलाई प्रेम गर, परमेश्वरको डर मान, राजालाई आदर गर!
नोकरहरूहो, मालिकको अधीनतामा बस!
18 हे नोकरहरूहो, हर प्रकारको डर राखेर आफ्ना मालिकहरूको अधीनतामा बस; असल र कोमलहरूको अधीनतामा मात्र होइन, तर टेढ़ाहरूको अधीनतामा पनि। 19 किनकि परमेश्वरप्रति विवेक राखेको कारणले अन्यायसित दुःख भोग्दै मानिसले कष्टहरू सहन्छ भने यो प्रशंसा गर्न लायकको कुरा हो। 20 किनकि आफ्ना अपराधहरूले गर्दा तिमीहरूले मुक्का खाएर त्यो धीरजसँग सह्यौ भने बढ़ाइँ गर्ने कुरा के छ र? तर असल काम गरेर पनि तिमीहरू त्यसका लागि दुःख भोग्छौ र यो धीरजसँग सहन्छौ भने परमेश्वरको सामु यो प्रशंसाको योग्य छ। 21 किनकि यसैका निम्ति तिमीहरू बोलाइएका पनि हौ; किनभने तिमीहरू उहाँकै पाइलाहरूको पछि-पछि हिँड़ भन्ने हेतुले नै ख्रीष्टले हाम्रा लागि एउटा नमुना छोड़्दै हाम्रा निम्ति दुःख भोग्नुभयो। 22 उहाँले कुनै पाप गर्नुभएन, न ता कुनै छलकपट नै उहाँको मुखमा पाइयो; 23 उहाँले गाली खाएर सट्टामा गाली दिनुभएन; उहाँले दुःख भोग्नुहुँदा धम्काउनुभएन, तर आफैलाई धर्ममय न्याय गर्नुहुनेको हातमा सुम्पनुभयो। 24 हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथिच बोक्नुभयो; उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ। 25 किनकि तिमीहरू भेड़ाहरूजस्तो भड्किरहेका थियौ, तर अब आफ्ना प्राणहरूका गोठाला र अध्यक्षकहाँछ फर्केर आएका छौ।