याकूबको पत्र
1
परमेश्वर र प्रभु येशू ख्रीष्टको दास याकूबबाट चारैतिर तितरबितर भएका बाह्र कुलहरूलाई सलाम!परीक्षाको महत्त्व, उद्देश्य र इनाम
2 मेरा भाइहरूहो, जब तिमीहरू नाना प्रकारका परीक्षाहरूमा पर्दछौ, तब तिमीहरू यो पूरा आनन्द सम्झ, 3 यो जानेर कि तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गर्छ। 4 तर धीरजलाई आफ्नो सिद्ध काम गर्न देओ, कि कुनै कुराको खाँचो नपर्ने गरी तिमीहरू सिद्ध र पूर्ण होओ।
5 तर तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ र हपार्नुहुन्न, र उसलाई यो दिइनेछ। 6 तर उसले बिलकुलै शङ्का नगरीकन विश्वाससित मागोस्; किनकि जसले शङ्का गर्दछ, त्यो बतासद्वारा बहाइएको र यताउता पारिएको समुद्रको छालजस्तो हो। 7 किनकि त्यस मानिसले प्रभुबाट कुनै चीज पाउनेछु भनी नसम्झोस्। 8 दुईचित्ते मानिस आफ्ना सबै चालचलनमाक चञ्चल हुन्छ।
9 तल्लो स्तरको भाइले आफू उच्च पारिएको कुरामा आनन्द गरोस्, 10 तर धनवान्ले चाहिँ तल झारिएकोमा आनन्द गरोस्; किनभने घाँसको फूलजस्तै ऊ बितेर जानेछ। 11 किनकि पोल्ने तापसित घाम झुल्कन्छ र घाँसलाई ओइलाइदिन्छ, अनि त्यसको फूल झर्छ, र त्यसको सुन्दर रूप नाश हुन्छ। यही प्रकारले धनी मानिस पनि आफ्ना बाटाहरूमा ओइलिएर जानेछ।
12 धन्य हो त्यो मानिस, जो परीक्षामा स्थिर रहन्छ; किनकि उसको जाँच भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसित गर्नुभएको छ। 13 परीक्षामा पर्दा कुनै मानिसले पनि ‘म परमेश्वरद्वारा परीक्षामा परें’ भनी नभनोस्; किनकि खराब कुराहरूद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन, न ता उहाँ आफैले कुनै मानिसलाई परीक्षा गर्नुहुन्छ। 14 तर हरेक मानिस आफ्नै अभिलाषाद्वारा खिँचिएर र फसेर परीक्षामा पर्छ। 15 त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप पूरा बढ़ाइएपछि त्यसले मृत्यु उत्पन्न गर्छ।
16 मेरा प्रिय भाइहरूहो, भूलमा नपर! 17 हरेक असल दान र हरेक सिद्ध दान माथिबाटको हो, अनि ज्योतिहरूको पिताबाट तल आउँछ, जससँग कुनै अदलबदल छैन, न ता परिवर्तनको छाया छ। 18 उहाँका सृष्टि गरिएका थोकहरूमा हामी एक प्रकारको पहिलोफल होऔं भनेर उहाँले हामीलाई आफ्नै इच्छाअनुसार सत्यताको वचनद्वारा जन्माउनुभयो।
सुन्नेहरू मात्र होइन, गर्नेहरू होओ!
19 यसकारण मेरा प्रिय भाइहरूहो, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो, रिसाउनमा ढिलो होस्; 20 किनभने मानिसको रिसले परमेश्वरको धार्मिकता उत्पन्न गर्दैनख। 21 यसकारण सबै फोहोरीपना र दुष्टताको भरपूरी हटाएर रोपिएको वचन नम्रतापूर्वक ग्रहण गर, जसले तिमीहरूका प्राणहरू बचाउन सक्छ।
22 तर तिमीहरू वचन पालन गर्नेहरू होओ, सुन्नेहरू मात्र होइन, जसले आफैलाई धोका दिन्छन्। 23 किनकि यदि कसैले वचन सुन्छ, तर पालन गर्दैन भने ऊ त्यो मानिसजस्तो हो, जसले आफ्नो प्राकृतिक अनुहार ऐनामा हेर्छ। 24 किनकि उसले आफैलाई हेर्छ, र आफ्नो बाटो लाग्छ; अनि ऊ कस्तो किसिमको मानिस थियो, सो तत्कालै बिर्सिहाल्छ। 25 तर जसले स्वतन्त्रताको सिद्ध व्यवस्थाभित्र ध्यान दिएर हेर्छ र त्यसैमा लागिरहन्छ; ऊ सुनेर बिर्सिहाल्ने होइन, तर त्यस कामलाई गर्ने कर्मठ मानिस भएको हुनाले त्यो मानिस आफ्नो काममा आशिषित हुनेछ।