स्वर्गीय निवासस्थान र यसको प्रतिरूप
9
तब साँच्चै त्यस पहिलो वाचामा पनि ईश्वरीय सेवाका रीतिविधिहरू थिए र सांसारिक पवित्रस्थान थियो। 2 किनकि एउटा निवासस्थान बनाइएको थियो; पहिलोचाहिँमा सामदान, टेबल र भेटीका रोटीहरू थिए, जसलाई पवित्रस्थान भनिन्छ। 3 अनि दोस्रो पर्दाको पछिल्तिर अर्को निवासस्थान थियो, जसलाई महापवित्रस्थान भनिन्छ, 4 जसमा सुनको धूपवेदी र चारैतिर सुनले मोहोरेको वाचाको सन्दुक थिए, जुन सन्दुकभित्र मन्ना भएको सुनको भाँड़ा, कोपिला लागेको हारूनको लौरो र वाचाका पाटीहरू थिए; 5 अनि त्यसमाथि कृपाआसनलाई छहारी दिइराखेका महिमाका करूबहरू थिए, जसको विषयमा अहिले एक-एक गरी बयान गर्न हामी सक्दैनौं।6 अनि जब यी कुराहरू यस प्रकारले तयार भए, तब पूजाहारीहरू परमेश्वरका सेवाहरू पूरा गर्दै सधैं त्यस पहिलो निवासस्थानभित्र पस्दथिए। 7 तर दोस्रोभित्र चाहिँ महापूजाहारी मात्र वर्षमा एकपल्ट पस्थे, रगत नलिईकन होइन, जुन रगतचाहिँ उनले आफ्नै निम्ति र मानिसहरूका भूलचूकहरूका निम्ति चढ़ाउँथे; 8 यसद्वारा पवित्र आत्माले यही देखाइरहनुभएको छ: पहिलो निवासस्थान खड़ा रहुन्जेल महापवित्रस्थानभित्र पस्ने बाटो अझै पनि प्रकट गरिएको थिएन; 9 जुन निवाशस्थानचाहिँ त्यस समयका निम्ति एउटा दृष्टान्त थियो, जुन समयमा दानहरू र बलिदानहरू चढ़ाइन्थे, जसले चढ़ाउने मानिसकोक विवेक सिद्ध पार्न सकेनन्; 10 किनकि तिनमा खानेकुरा, पिउने कुरा, किसिम-किसिमका स्नानहरू र शारीरिक रीतिविधिहरू मात्र छन्, जुन रीतिविधिहरूचाहिँ सुधारको समयसम्म लागू थिए।
11 तर ख्रीष्ट पछि आउने असल कुराहरूको महापूजाहारी भएर अझ महान् र अझ सिद्ध निवासस्थानबाट भएर आउनुभयो, जुनचाहिँ हातले बनेको होइन अर्थात् यस सृष्टिको होइन; 12 न ता बोका र बाछाहरूको रगतद्वारा, तर आफ्नै रगतद्वारा उहाँ एकैचोटि त्यस पवित्रस्थानभित्र पस्नुभयो, र उहाँले हाम्रा निम्ति अनन्त छुटकाराख प्राप्त गर्नुभयो। 13 किनकि यदि बहर र बोकाहरूको रगतले र कोरलीको खरानीले अशुद्ध मानिसमाथि छर्किंदा शरीरको शुद्धिका निम्ति पवित्र पार्छ भने, 14 अनन्त आत्माद्वारा परमेश्वरको सामु आफैलाई निष्कलङ्क चढ़ाउनुहुने ख्रीष्टको रगतले जीवित परमेश्वरको सेवा गर्न तिमीहरूको विवेक मरेका कामहरूबाट झन् कति बढ़्ता गरी शुद्ध पार्ला त? 15 अनि यही कारणले उहाँ नयाँ वाचाको मध्यस्थ हुनुहुन्छ, कि पहिलो वाचाअन्तर्गत गरिएका अपराधहरूको छुटकाराकाग निम्ति भएको मृत्युद्वारा ती बोलाइएकाहरूले अनन्त हकको प्रतिज्ञा पाऊन्।
16 किनकि जहाँ इच्छा-पत्रघ हुन्छ, त्यहाँ इच्छा-पत्र गर्नेको मृत्यु हुनु पनि आवश्यक छ। 17 किनभने मानिसहरू मरेपछि मात्र इच्छा-पत्रङ पक्का हुन्छ; किनकि इच्छा-पत्र गर्ने मानिस बाँचुन्जेल त्यो बिलकुल काममा आउँदैन। 18 यसैकारण पहिलो वाचा पनि विनारगत स्थापितच भएन। 19 किनकि जब मोशाले व्यवस्थाअनुसार एक-एक आज्ञा सबै मानिसहरूलाई सुनाए, तब उनले पानी, रातो ऊन र हिसपकोछ साथमा बाछा र बोकाहरूको रगत लिए, अनि त्यस पुस्तकमाथि र सबै मानिसहरूमाथि यसो भन्दै छर्किदिए:
20 ‘वाचाको रगत यही हो, जुन वाचा परमेश्वरले तिमीहरूसित बाँध्नुभएको छ।’ज
21 अनि यसरी नै उनले दुवै निवासस्थान र सेवाका सबै भाँड़ाहरूमाथि रगत छर्के। 22 अनि व्यवस्थाअनुसार प्राय: सबै कुराहरू रगतद्वारा शुद्ध पारिन्छन्; अनि रगत नबगाईकन पापको क्षमाझ हुँदैन।
23 यसैकारण स्वर्गहरूमा भएका कुराहरूका नमुनाहरू यीद्वारा शुद्ध हुनु खाँचो थियो; तर स्वर्गीय कुराहरू आफूचाहिँ यीभन्दा उत्तम बलिदानहरूद्वारा। 24 किनकि ख्रीष्ट हातले बनाइएका पवित्रस्थानहरूभित्र पस्नुभएन, जुनचाहिँ वास्तविक पवित्रस्थानहरूका प्रतिरूपहरू हुन्, तर उहाँ स्वर्गभित्र नै पस्नुभयो, अहिले हाम्रा निम्ति परमेश्वरको सामु देखा पर्नलाई; 25 न ता आफूलाई बारम्बार चढ़ाउनका निम्ति नै, जसरी महापूजाहारी हरेक वर्ष अर्काको रगत लिएर महा पवित्रस्थानमा पस्छन्; 26 नत्र ता उहाँले संसारको उत्पत्तिदेखिञ बारम्बार दुःख भोग्नुपर्नेथियो। तर अब, यस युगको अन्तमा आफ्नै बलिदानद्वारा पाप हटाउन उहाँ एकपल्ट देखा पर्नुभएको थियो। 27 अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ, 28 त्यसरी नै ख्रीष्ट पनि धेरैजनाका पापहरू बोक्न एकपल्ट चढ़ाइनुभयो; अनि उहाँको बाटो हेर्नेहरूकहाँ उहाँ दोस्रो पटक विनापाप मुक्तिका निम्ति देखा पर्नुहुनेछ।