आत्मिक पतनको विषयमा चेताउनी
6
यसकारण ख्रीष्टको शिक्षाको शुरुका कुराहरू छोड़ेर हामी सिद्धतातिर अघि बढ़ौं! मरेका कामहरूबाटको पश्चात्तापको, र परमेश्वरमाथिको विश्वासको, 2 अनि बप्तिस्माहरूक, हात- रखाइ, मरेकाहरूबाटको बौरिउठाइ र अनन्त न्यायको शिक्षाको जग हामी फेरि नहालौं! 3 अनि परमेश्वरले अनुमति दिनुभयो भने हामी यही गर्नेछौं। 4 किनकि तिनीहरू जसले एकपल्ट ज्योति पाए, अनि स्वर्गीय दानलाई चाखे, र पवित्र आत्माको भागी बनाइए, 5 अनि परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यहरूको स्वाद चाखे, 6 तिनीहरू पतित भए भने तिनीहरूलाई पश्चात्तापका निम्ति फेरि नयाँ बनाउनु असम्भव छ; किनकि तिनीहरूले आफ्ना निम्ति परमेश्वरको पुत्रलाई फेरि क्रूसमा चढ़ाउँछन् र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन्। 7 किनकि जुन जमिनले आफूमाथि बारम्बार बर्सिने पानी पिउँछ, र आफूलाई खनजोत गर्नेहरूका निम्ति काम लाग्ने सागपात उमार्छ भने त्यसले परमेश्वरबाट आशिष् पाउँछ। 8 तर जसले काँड़ा र सिउँड़ीहरू उमार्छ, त्यो बेकम्मा हुन्छ र श्रापित हुन लागेको छ, जसको अन्त जलाइनु हो।प्रतिज्ञालाई पक्रिराख!
9 तर प्रियहरूहो, हामीले यसरी बोले ता पनि तिमीहरूको विषयमा असल कुराहरूकै, र मुक्तिसँग सम्बन्ध राख्ने कुराहरूकै भरोसा राखेका छौं। 10 किनकि परमेश्वर तिमीहरूको काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न, जुनचाहिँ तिमीहरूले पवित्र जनहरूको सेवा गरेर र सेवा गरिरहेर उहाँको नामका निम्ति देखाएका छौ। 11 तर हामी चाहन्छौं: तिमीहरूमध्ये हरेकले आशाको पूरा निश्चयताका निम्ति अन्तसम्म यही प्रकारको प्रयत्न देखाऊ, 12 यसैले कि तिमीहरू अल्छे नहोओ, तर उनीहरूको देखासिकी गर्नेहरू होओ, जो विश्वास र धीरजद्वारा प्रतिज्ञाहरूका हकदार भए।
13 किनकि जब परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब उहाँले शपथ खानलाई आफूभन्दा ठूलो अरू कसैलाई पाउनुभएन; यसकारण उहाँले आफ्नै नाममा यसो भन्दै शपथ खानुभयो:
14 ‘निश्चय नै म तिमीलाई आशिष्माथि आशिष् दिनेछु र तिमीलाई वृद्धिमाथि वृद्धि गर्नेछु।’ख
15 अनि यसरी धीरजसँग सहेपछि उनले प्रतिज्ञा गरिएको कुरा प्राप्त गरे। 16 किनकि साँच्ची नै मानिसहरूले आफूभन्दा ठूलाको नाममा शपथ खान्छन्, र दृढ़ निश्चयताका लागि खाइएको शपथ तिनीहरूका निम्ति सबै वादविवादको अन्त हो। 17 यसरी नै जब परमेश्वरले प्रतिज्ञाका हकदारहरूलाई आफ्नो मनसाय कहिल्यै बदलिन सक्दैन भन्ने कुरा प्रशस्त गरी देखाउन चाहनुभयो, तब उहाँले त्यो कुरा शपथद्वारा पक्का गर्नुभयो, 18 यसैले कि हाम्रो सामु राखिएको आशा पक्रन हामी भागेर शरण लिनेहरूले यी दुईवटा कहिल्यै बदलिन नसक्ने कुराहरूद्वारा, जुन कुराहरूको विषयमा परमेश्वरलाई झूट बोल्नु असम्भव छ, बलियो सान्त्वना पाऔं। 19 यो आशाचाहिँ हामीसित प्राणको लङ्गरजस्तै छ, जुनचाहिँ सुरक्षित र दृढ़ छ, अनि पर्दाको भित्रपट्टिको स्थानसम्म प्रवेश गर्छ; 20 जहाँ येशूचाहिँ सधैंका निम्ति मेल्किसेदेकको रीतिमुताबिकका महापूजाहारी भईकन अग्रदूतको रूपमा हाम्रा निम्ति प्रवेश गर्नुभएको छ।