तीतसलाई पावल प्रेरितको पत्र
1
परमेश्वरको दास र येशू ख्रीष्टको प्रेरित पावलको तर्फबाट – परमेश्वरका चुनिएकाहरूका विश्वास र सत्यताको ज्ञानअनुसारक, जुन ज्ञानचाहिँ भक्तिमुताबिकको छ; 2 अनन्त जीवनको आशामा, जसको प्रतिज्ञा झूट बोल्नै नसक्नुहुने परमेश्वरले संसारको शुरु हुनुभन्दाख पहिल्यै गर्नुभयो; 3 तर उहाँले ठीकग समयहरूमा प्रचारद्वारा आफ्नो वचन प्रकट गर्नुभएको छ, जुन प्रचारचाहिँ हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञाअनुसार मलाई सुम्पिइएको छ – 4 साझा विश्वासअनुसार मेरो आफ्नै छोरो तीतसलाई: परमेश्वर पिता र हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति!मण्डलीको प्राचीनमा हुनुपर्ने सद्गुणहरू
१ तिमोथी ३:१-७
5 यही कारणले गर्दा मैले तिमीलाई क्रेटमा छोड़ें: बाँकी रहेका कुराहरू ठीकठाक पार र मैले तिमीलाई आज्ञा गरेअनुसार हरेक शहरमा प्राचीनहरू नियुक्त गर!
6 यदि कुनै मानिस निर्दोष र एउटै पत्नीका पति हुन् भने, र विलासीपनाको वा अधीनतामा नबस्ने दोष नलागेका विश्वासयोग्य छोराछोरीहरू छन् भने। 7 किनभने अध्यक्ष परमेश्वरको भण्डारी भएका हुनाले दोषरहित हुनुपर्छ; उनी आफ्नो हठमा चल्ने, झड़ङ्ग रिसाउने, पियक्कड़, कुटपिट गर्ने, नीच कमाइको लोभी हुनुहुँदैन; 8 तर उनी पाहुनाहरूको सत्कार गर्नेघ, भलोको प्रेमी, आत्मसंयमी, न्यायी, पवित्र, इन्द्रियहरूलाई वशमा राख्ने हुनुपर्छ; 9 उनी आफूले पाएको शिक्षाअनुसार विश्वासयोग्य वचन बलियोसँग पक्रिराखेर खाँटी शिक्षाद्वारा विरोधीहरूलाई अर्ती दिन र कायल गराउन सक्ने हुनुपर्छ।
10 किनकि धेरैजना अधीनतामा नबस्ने, बकवादी र छली हुन्छन्, विशेष गरी खतना भएकाहरूचाहिँङ। 11 यिनीहरूका मुख बन्द गर्नुपर्छ; नीच कमाइका निम्ति यिनीहरूले नगर्नुपर्ने कुराहरू सिकाई-सिकाईकन सारा घरहरू बरबाद पारिदिन्छन्। 12 तिनीहरूमध्येको एकजनाले अर्थात् तिनीहरूकै भविष्यवक्ताले भनेका छन्: ‘क्रेटीहरू सधैं झूट बोल्ने, दुष्ट पशु, अल्छे घिचुवाहरू हुन्छन्।’ 13 यो गवाही सत्य हो। यसकारण तिनीहरूलाई कड़ाकड़ीसँग हकार, ताकि तिनीहरू विश्वासमा पक्का होऊन्; 14 तिनीहरूले यहूदीहरूका दन्त्यकथाहरूमा र सत्यतादेखि भड़्केर जाने मानिसहरूका आज्ञाहरूमा ध्यान नदिऊन्। 15 शुद्ध हुनेहरूका निम्ति सबै थोकहरू शुद्ध छन्; तर अशुद्ध हुनेहरू र विश्वास नगर्नेहरूका निम्ति कुनै कुरा पनि शुद्ध छैन; तर तिनीहरूका मन र विवेक पनि अशुद्ध भएका हुन्छन्। 16 तिनीहरूले ‘हामी परमेश्वरलाई चिन्छौं’ भन्ने दाबी त गर्छन्, तर कामहरूद्वारा चाहिँ उहाँलाई इन्कार गर्छन्; किनकि तिनीहरू घिनलाग्दा, अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन्।