प्रथम कुरा: सबै मानिसहरूका निम्ति प्रार्थना चढ़ाओ!
2
यसकारण म यो अर्ती दिन्छु: सबैभन्दा पहिले सबै मानिसहरूका निम्ति विन्ती, प्रार्थना, र निवेदनहरूक साथै धन्यवादहरू चढ़ाइऊन्; 2 सारा भक्ति र इमानदारीमा शान्ति र चैनको जीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति चढ़ाइऊन्। 3 किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ; 4 उहाँ सबै मानिसहरूले मुक्ति पाऊन्, र सत्यताको ज्ञानमा आऊन् भन्ने इच्छा गर्नुहुन्छ। 5 किनभने परमेश्वर एकैजना हुनुहुन्छ; अनि परमेश्वर र मानिसहरूको बीचमा एकैजना मध्यस्थ हुनुहुन्छ अर्थात् ख्रीष्ट येशू – ती मानिस, 6 जसले आफैलाई सबैका लागि छुटकाराको दामको रूपमा दिइहाल्नुभयो, जसको साक्षी ठीक समयमा दिइयो, 7 जसका निम्ति म प्रचारक र प्रेरितको रूपमा, विश्वास र सत्यतामा अन्यजातिहरूको शिक्षकको रूपमा नियुक्त गरिएको छु; म ख्रीष्टमा सत्य बोल्दछु र झूट बोल्दिनँ।मण्डलीमा पुरुष र स्त्रीहरूको भूमिका
8 यसकारण म चाहन्छु: हरेक ठाउँमा पुरुषहरूले पवित्र हातहरू उठाएर विनाक्रोध र विनाशङ्का प्रार्थना गरून्! 9 यही प्रकारले स्त्रीहरूले लज्जालु स्वभाव र आत्मसंयमसित सुहाउने वस्त्रलेख आफूलाई सिँगारून्, बाटिएको केश, वा सुन, वा मोतीहरू, वा दामी-दामी वस्त्रले होइन, 10 तर असल कामहरूले; यस कुराले परमेश्वरको भक्ति गर्नेग स्त्रीहरूलाई सुहाउँछ। 11 स्त्रीले पूरा अधीनतामा बसेर चुपचापसँग सिकोस्। 12 तर म स्त्रीलाई शिक्षा दिने अनुमति दिन्नँ, न ता पुरुषमाथि अधिकार जमाउने अनुमति नै दिन्छु; तर ऊ चुपचाप रहोस्। 13 किनकि आदम पहिले बनाइए, त्यसपछि हव्वा। 14 अनि आदम बहकाउमा परेनन्, तर ती स्त्री बहकाउमा परेर अपराधमा फसिन्। 15 तरै पनि तिनीहरू आत्मसंयमसित विश्वास, प्रेम र पवित्रतामा लागिरहे भने छोराछोरीहरू जन्माएर ऊ बचाइनेछे।