तिमीहरूको पवित्रता परमेश्वरको इच्छा हो
4
अन्तमा हे भाइहरूहो, हामी तिमीहरूलाई प्रभु येशूमाक आग्रहपूर्वक विन्ती गर्छौं र अर्ती दिन्छौं: तिमीहरूले कसरी चल्नुपर्छ र परमेश्वरलाई खुशी पार्नुपर्छ, सो कुरा तिमीहरूले जसरी हामीबाट प्राप्त गरेका छौ, त्यसरी नै तिमीहरू झन्-झन् भरपूर हुँदै जाओ; 2 किनकि हामीले तिमीहरूलाई प्रभु येशूद्वारा कुन-कुन आज्ञाहरू दिएका छौं, सो तिमीहरूलाई थाहा छ। 3 किनकि परमेश्वरको इच्छा यही हो – तिमीहरूको पवित्रता; तिमीहरू व्यभिचारबाट अलग बस, 4 र तिमीहरूमध्ये हरेकले कसरी पवित्रता र आदरको साथमा आफ्नो पात्रलाईख प्राप्त गर्नुपर्छग, सो जानोस्; 5 परमेश्वरलाई नचिन्ने ती अन्यजातिहरूले जस्तै कुइच्छाको प्रबल वासनाले होइन। 6 यस विषयमा हदभन्दा अघि बढ़ेर कसैले आफ्नो भाइलाई नठगोस्; किनकि यस्ता-यस्ता सबै कुराहरूको विषयमा बदला लिनुहुनेचाहिँ प्रभु नै हुनुहुन्छ, जसरी हामीले तिमीहरूलाई पहिल्यै बताएका पनि छौं र साक्षी पनि दिएका छौंघ। 7 किनकि परमेश्वरले हामीलाई अशुद्धताका निम्ति होइन, तर पवित्रताका निम्ति बोलाउनुभएको हो। 8 यसकारण जसले यो कुरा तुच्छ ठान्छ, त्यसले मानिसलाई होइन, तर परमेश्वरलाई तुच्छ ठान्छ, जसले हामीलाई आफ्ना पवित्र आत्मा पनि दिनुभएको छ।9 तर भाइ-भाइको प्रेमको विषयमा मैले तिमीहरूलाई लेख्नु तिमीहरूलाई खाँचो छैन; किनकि तिमीहरूले एक-अर्कोलाई प्रेम गर्नुपर्छ भनेर तिमीहरू आफैले परमेश्वरद्वारा शिक्षा पाएका छौ; 10 अनि साँच्ची नै सारा म्यासिडोनियामा भएका सबै दाजुभाइहरूलाई तिमीहरू यसो गर्दछौ; तर भाइहरूहो, तिमीहरू झन्-झन् बढ़्दै जाओ भनी हामी तिमीहरूलाई विन्ती गर्दछौं; 11 अनि हामीले तिमीहरूलाई आज्ञा दिएअनुसार चुपचाप रहने, आ-आफ्नो कामधन्दामा लाग्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर; 12 यसैले कि बाहिरकाहरूप्रति तिमीहरू इमानदार भई हिँड़्न सक, र तिमीहरूलाई कुनै पनि कुराकोङ खाँचो नहोस्।
मरेकाहरूको बौरिउठाइको विषयमा प्रभुको शिक्षा
13 तर हे भाइहरूहो, अरू आशा नहुनेहरूले गरेजस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुतिजानेहरूकोच विषयमा तिमीहरू अनजान रहेको म चाहँदिनँ। 14 किनकि येशू मर्नुभयो र बौरेर उठ्नुभयो भनी हामी विश्वास गर्दछौं भने त्यसरी नै परमेश्वरले येशूमा सुतेकाहरूलाई पनि उहाँको साथमा ल्याउनुहुनेछ। 15 किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौं: हामी जो जीवित छौं र प्रभुको आगमनसम्म रहिरहन्छौं, हामी कुनै रीतिले पनि ती सुतेकाहरूलाई उछिन्नेछैनौं। 16 किनकि प्रभु आफै आज्ञारूपी कौलासोसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीको साथमा स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, 17 त्यसपछि हामी जीवित हुने र रहिरहनेहरू प्रभुलाई आकाशमाछ भेट्न उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं। 18 यसकारण यी वचनहरूद्वारा एक-अर्कालाई सान्त्वना देओ!