उनीहरूको विश्वासको सम्बन्धमा पावलको चिन्ता
3
यसकारण हामीले अबदेखि उसो सहन नसक्दा एथेन्समा एकलै छोड़िएर रहनु नै हामीले असल ठान्यौं, 2 अनि हाम्रा भाइ र परमेश्वरका सेवक, साथै ख्रीष्टको सुसमाचारमा हाम्रा सहकर्मी तिमोथीलाई तिमीहरूलाई स्थिर पार्न र तिमीहरूको विश्वासको सम्बन्धमा तिमीहरूलाई उत्साहित गराउनकाक निम्ति पठायौं, 3 यी कष्टहरूद्वारा कोही पनि ढलपल नहोस् भनेर; किनकि तिमीहरू आफै जान्दछौ, हामी यसैका निम्ति ठहराइएका छौं। 4 किनकि साँच्चै तिमीहरूसँग रहँदाखेरि ‘हामीले कष्ट भोग्नुपर्छ’ भनी हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौं; र यस्तै हुन आयो पनि, अनि तिमीहरूले जान्दछौ पनि। 5 यही कारणले मैले अबदेखि उसो सहन नसक्दा परीक्षा गर्नेले कुनै न कुनै प्रकारले तिमीहरूलाई परीक्षा पो गर्यो कि, र हाम्रो परिश्रम व्यर्थै होला कि भन्ठानेर तिमीहरूको विश्वास जान्नका निम्ति मैले तिमोथीलाईख पठाएँ।तिमोथीबाट असल खबर सुनेर प्रेरित पावलले सान्त्वना पाए
6 तर अब तिमोथी तिमीहरूकहाँबाट हामीकहाँ आए, अनि तिनले तिमीहरूका विश्वास र प्रेमको असल खबर ल्याए; अनि तिमीहरूले हामीलाई देख्ने खूबै इच्छा गरेर – त्यसरी नै हामी पनि तिमीहरूलाई देख्ने इच्छा गर्दछौं – सधैं हाम्रो असल सम्झना गर्दछौ रे; 7 यसैकारण भाइहरूहो, तिमीहरूको विश्वासको कारणले हाम्रा सबै कष्ट र दु:खमा तिमीहरूको विषयमा हामीले सान्त्वना पायौं। 8 किनकि अब, तिमीहरू प्रभुमा स्थिर भई उभिन्छौ भने, हामी जिउँछौं। 9 तिमीहरूको खातिर हाम्रा परमेश्वरको सामु जुन आनन्दले हामी रमाहट गर्दछौं, त्यस सबै आनन्दका निम्ति हामी तिमीहरूको विषयमा परमेश्वरलाई कुन धन्यवाद चढ़ाउन सक्छौं र? 10 तिमीहरूको अनुहार देख्न पाऔं र तिमीहरूको विश्वासमा जे घटी छ, सो पूरा गर्न पाऔं भनेर हामी रातदिन खूबै प्रार्थना गरिरहन्छौं।
11 अनि हाम्रा परमेश्वर र पिता आफैले, अनि हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने हाम्रो बाटो सोझ्याइदिऊन्। 12 अनि जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्काप्रति, साथै सबैप्रतिको प्रेममा बढ़ाइदिऊन् र भरपूर पारून्, 13 यस उद्देश्यले कि हाम्रा प्रभु येशू ख्रीष्ट आफ्ना सबै पवित्र जनहरूको साथमा आउनुहुँदाग उहाँले परमेश्वर अर्थात् हाम्रा पिताको सामु तिमीहरूका हृदयहरू पवित्रतामा निर्दोष हुने गरी स्थिर पारून्।