प्रेरित पावलको उत्तम चरित्र
2
किनकि भाइहरूहो, हामीले तिमीहरूकहाँ प्रवेश गर्यौं; त्योचाहिँ व्यर्थ भएन भन्ने कुरा तिमीहरू आफै जान्दछौ। 2 तर तिमीहरूलाई थाहा छ, फिलिप्पीमा पहिले हामीले दुःख भोगेर हाम्रो अपमान गरिएपछि पनि हामी घोर विरोधमा तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनाउनका निम्ति हाम्रा परमेश्वरमा साहसिला भयौं। 3 किनकि हाम्रो उपदेश भ्रमबाटको थिएन, न ता अशुद्धताबाटको* थियो, न ता छलकपटमा थियो। 4 तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पिन हामी परमेश्वरद्वारा योग्य ठहरिएका छौं, त्यसरी नै हामी बोल्दछौं; मानिसहरूलाई होइन, तर परमेश्वरलाई खुशी पारेर, जसले हाम्रा हृदयहरू जाँच्नुहुन्छ। 5 किनकि तिमीहरूलाई थाहा छ, हामीले कहिल्यै चिप्ला कुराहरू गरेनौं, न ता लोभले बहाना नै गर्यौं; परमेश्वर साक्षी हुनुहुन्छ। 6 ख्रीष्टका प्रेरितहरूको रूपमा हामी तिमीहरूका निम्ति भार हुन सक्थ्यौं, तर हामीले मानिसहरूबाट आदर खोजेनौं – न तिमीहरूबाट, न अरूबाट। 7 तर जसरी सुसार गर्ने आमाले आफ्ना छोराछोरीहरूलाई स्याहार-सुसार गर्दछे, त्यसरी नै हामी तिमीहरूको बीचमा कोमल भएर रह्यौं। 8 यसरी नै स्नेहपूर्वक तिमीहरूको चाह गरीकन परमेश्वरको सुसमाचार मात्र होइन, तर हाम्रा आफ्नै प्राण पनि तिमीहरूलाई दिन हामी इच्छुक भएका थियौं; किनकि तिमीहरू हाम्रा प्यारा भएका थियौ। 9 किनभने भाइहरूहो, तिमीहरू हाम्रो परिश्रम र कष्टको सम्झना गर्दछौ; किनकि तिमीहरूमध्ये कसैका लागि भार नहोऔं भनेर रातदिन परिश्रम गर्दै हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्यौं।10 तिमी विश्वास गर्नेहरूको बीचमा कति पवित्रता र धार्मिकतासहित र दोषरहित भई हामी चल्यौं, त्यस कुराका साक्षी तिमीहरू नै हौ, र परमेश्वर पनि हुनुहुन्छ; 11 तिमीहरूलाई थाहा छ, बुबाले आफ्ना छोराछोरीहरूसित गरेझैं कसरी हामीले तिमीहरूमध्ये हरेकलाई अर्ती दियौं र सान्त्वना दियौं, 12 अनि ‘तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउनुहुने परमेश्वरको योग्य चाल चल’ भन्ने आज्ञाक दियौं। 13 यस कुराका निम्ति पनि हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढ़ाउँछौं; किनभने जब तिमीहरूले परमेश्वरको वचन ग्रहण गर्यौ, जुन वचन तिमीहरूले हामीबाट सुनेका थियौ, तब तिमीहरूले यो मानिसहरूको वचनजस्तो गरी होइन, तर परमेश्वरकै वचनजस्तो गरी ग्रहण गर्यौ; अनि यो सत्य पनि हो, जुन वचनले तिमी विश्वास गर्नेहरूमा प्रभावसित काम पनि गर्छ। 14 किनकि भाइहरूहो, तिमीहरू यहूदियामा ख्रीष्ट येशूमा भएका परमेश्वरका मण्डलीहरूका देखासिकी गर्नेहरू भयौख; किनभने जसरी उनीहरूले यहूदीहरूबाट दुःख भोगे, त्यसरी नै तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै-उस्तै कुराहरूको दुःख भोगेका छौ; 15 ती यहूदीहरूलेग प्रभु येशूलाई र आफ्नै भविष्यवक्ताहरूलाई पनि मारे, र हामीलाई सताएका छन्; अनि तिनीहरूले परमेश्वरलाई प्रसन्न गराउँदैनन्, र तिनीहरू सबै मानिसहरूको विरोधमा छन्; 16 अनि सधैं आफ्ना पापहरूको नाप भर्नलाई तिनीहरूले हामीलाई अन्यजातिहरूसित, उनीहरूले मुक्ति पाउने उद्देश्यले कुरा गर्न मनाही गर्दछन्; तर तिनीहरूमाथि भयानकघ क्रोध आएको छ।
थेस्सलोनिकीहरूलाई भेट्ने प्रेरित पावलको ठूलो इच्छा
17 तर भाइहरूहो, थोरै समयका निम्ति तिमीहरूबाट हृदयमा होइन, तर शरीरमाङ अलग पारिएकोमा हामीले बड़ो लालसासाथ तिमीहरूको अनुहार देख्ने झन् बढ़ी प्रयत्न गर्यौं। 18 यसकारण हामीले अर्थात् म पावलले घरीघरी तिमीहरूकहाँ आउने इच्छा गर्यौं, तर शैतानले हामीलाई रोक्यो। 19 किनकि हाम्रो आशा, आनन्द वा रमाहटकोच मुकुट के हो? हाम्रा प्रभु येशू ख्रीष्टको उपस्थितिमा, उहाँको आगमनमा के तिमीहरू नै होइनौ र? 20 किनकि तिमीहरू हाम्रो महिमा र आनन्द हौ।