युगौंदेखि गुप्त रहेको रहस्य अब प्रकट भयो
3
यही कारणले म पावल, तिमी अन्यजातिहरूका निम्ति ख्रीष्ट येशूको कैदी – 2 यदि तिमीहरूले परमेश्वरको त्यस अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने, जुन अनुग्रह तिमीहरूका निम्ति मलाई दिइएको छ, 3 कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो, (जसरी मैले अघि केही शब्दमा लेखें, 4 जसद्वारा तिमीहरूले पढ़ेर ख्रीष्टको रहस्यको विषयमा मेरो ज्ञान बुझ्न सक्छौ); 5 जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ; 6 अर्थात् सुसमाचारद्वारा ख्रीष्टमा अन्यजातिहरू साझा-हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँको प्रतिज्ञाका साझा-भागीदारहरू हुनुपर्छ;7 उहाँको शक्तिको प्रभावकारी कार्यद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको दानअनुसार म त्यही सुसमाचारको सेवक बनाइएँ। 8 मलाई, पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ, त्योभन्दा पनि सानोलाई त्यो अनुग्रह दिइएको छ, कि मैले अन्यजातिहरूको बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गरूँ, 9 र येशू ख्रीष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुहुने परमेश्वरमा युग-युगदेखि लुकेर बसेको रहस्यको सङ्गति के रहेछ, सो कुरा सबै मानिसहरूलाई देख्ने तुल्याऊँ; 10 यस उद्देश्यले कि अब मण्डलीद्वारा परमेश्वरको नाना प्रकारको बुद्धि स्वर्गीय स्थानहरूमा प्रधानहरू र अधिकारीहरूकहाँ प्रकट गरिओस्; 11 त्यस अनन्त संकल्पअनुसार, जुनचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्ट येशूमा संकल्प गर्नुभयो। 12 उही प्रभुमा, उहाँमाथिको विश्वासद्वारा हामी साहस र भरोसासित प्रवेश पाउँछौं। 13 यसकारण म विन्ती गर्दछु: मैले तिमीहरूका निम्ति भोगिरहेका सङ्कष्टहरूले गर्दा तिमीहरू हरेस नखाओ! यो त तिमीहरूको महिमा हो।
ख्रीष्ट-विश्वासीहरूका लागि प्रेरित पावलको दोस्रो प्रार्थना
14 यही कारणले म हाम्रा प्रभु येशू ख्रीष्टका पिताको सामु आफ्ना घुँड़ा टेक्छु, 15 जसबाट स्वर्गमा र पृथ्वीमाथि सारा घरानाको नाम राखिन्छ, 16 कि उहाँले तिमीहरूलाई यो दान दिऊन्: उहाँको महिमाको धनअनुसार उहाँकै आत्माद्वारा सामर्थ्यले तिमीहरूले भित्री मानिसमा बल पाउन सक, 17 र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा वास गरून्; र प्रेममा जरा गाड़िएका र जग बसालिएका हुँदै 18 तिमीहरूले चौड़ाइ, लमाइ, गहिराइ र उचाइ के रहेछ, सो कुरा सबै पवित्र जनहरूसित बुझ्न सक, 19 र ज्ञानले जानेर नसकिने ख्रीष्टको प्रेमलाई जान्न सक, कि तिमीहरू परमेश्वरको सारा परिपूर्णताले भरपूर होओ।