हाम्रो स्वर्गीय घर
5
किनकि हामी जान्दछौ: यो डेरारूपी हाम्रो घर ढल्यो भने स्वर्गमा हामीले सदा रहिरहने परमेश्वरबाटको भवन पाउँछौं, जुनचाहिँ हातले बनाएको घर होइन। 2 किनकि स्वर्गबाटको हाम्रो घर ओढ़ाइन पाऔं भन्ने अति लालसा गर्दै हामी यस डेरामा सुस्केरा हाल्छौं; 3 साँच्चै यसो भयो भने ओढ़ाइएपछि हामी नाङ्गो भेट्टाइनेछैनौं। 4 किनकि हामी यस डेरामा हुनेहरू भारले थिचिएर सुस्केरा हाल्छौं, फुकालिन चाहेकोले होइन, तर ओढ़ाइन चाहेकोले हो, त्यो मरणशीलचाहिँ जीवनद्वारा निलियोस् भनेर। 5 अनि उहाँ जसले हामीलाई यही कुराका निम्ति तयार पार्नुभएको छ, उहाँ परमेश्वर हुनुहुन्छ; उहाँले हामीलाई आत्माको बैना पनि दिनुभएको छ।6 यसकारण यो कुरा जानेर हामी सधैं ढुक्क छौं – जबसम्म हामी शरीरमा हुन्छौं, तबसम्म हामी प्रभुदेखि टाढ़ा छौं; 7 किनकि हामी रूप देखेर होइन, तर विश्वासद्वारा हिँड़्छौं; 8 हामी ढुक्क छौं, र शरीरबाट अलग भएर बरु प्रभुसित रहनु नै इच्छा गर्छौं। 9 यसकारण चाहे शरीरमा रहौं चाहे नरहौं, हामी उहाँका निम्ति ग्रहणयोग्य बनिने प्रयत्न गर्दछौं। 10 किनकि शरीरमा गरिएका कामहरूका निम्ति हरेकले चाहे असल चाहे खराब, आफूले जेजस्तो गरेको छ, त्यसअनुसारको फल पाउनलाई हामी सबैजना ख्रीष्टको न्यायआसनको सामु देखा पर्नुपर्छ।
मेलमिलापको सेवा
11 यसकारण प्रभुको भयानकता जानेर हामी मानिसहरूलाई सम्झाउँछौंक; हामी परमेश्वरकहाँ प्रकट भएका छौं, र म भरोसा गर्छु, तिमीहरूका विवेकहरूमा पनि प्रकट भएकै छौं। 12 किनकि हामी फेरि तिमीहरूको सामु आफ्नो प्रशंसा गर्दैनौं; तर तिमीहरूले हृदयको कुरामा होइन, तर बाहिरी कुरामा घमण्ड गर्नेहरूलाई जवाफ दिन सक भनेर हामी तिमीहरूलाई हाम्रो विषयमा गर्व गर्ने मौका दिन्छौं। 13 किनकि हामी बेहोश छौं भने यो परमेश्वरका लागि हो वा होशमा छौं भने यो तिमीहरूकै लागि हो। 14 किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनभने हामी यो निर्णय गर्दछौं: सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबैजना मरे; 15 अनि उहाँ सबैका निम्ति मर्नुभयो; यसकारण जिउनेहरू अबदेखि उसो आफ्ना निम्ति जिउनुहुँदैन, तर उहाँका निम्ति जिउनुपर्छ, जो उनीहरूका निम्ति मर्नुभयो र बौरिउठ्नुभयो।
16 यसकारण अबदेखि उसो हामी कसैलाई पनि शरीरअनुसार चिन्ने गर्दैनौं; अँ, हामीले ख्रीष्टलाई शरीरअनुसार चिनेका भए तापनि अबदेखि उसो हामी चिन्दैनौं। 17 यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्। 18 अनि सबै कुराहरू परमेश्वरबाट भएका हुन्, जसले येशू ख्रीष्टद्वारा आफूसँग हाम्रो मिलाप गराउनुभएको छ र हामीलाई मिलापको सेवा दिनुभएको छ; 19 अर्थात् परमेश्वरले ख्रीष्टमा भईकन आफूसित संसारको मिलाप गराउनुभयो, तिनीहरूसित तिनीहरूका अपराधहरूको हिसाब लिनुभएन, र हामीलाई मिलापको वचन सुम्पनुभएको छ।