कोरिन्थीहरूलाई पावल प्रेरितको दोस्रो पत्र
1
परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको प्रेरित पावल र हाम्रो भाइ तिमोथीबाट सारा अखैयामा भएका सबै पवित्र जनहरूसहित कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, 2 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!सान्त्वनाको परमेश्वर
3 परमेश्वर अर्थात् हाम्रा येशू ख्रीष्टका पिता धन्य हुनुहुन्छ, जो दयाहरूको पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। 4 परमेश्वरबाट जुन सान्त्वनाद्वारा हामी आफैले शान्तिक पाएका छौं, त्यही सान्त्वनाद्वारा हामीले पनि जुनैसुकै ख विपत्तिमा परेकाहरूलाई सान्त्वना दिन सकौं भन्ने हेतुले उहाँले हाम्रा सबै सङ्कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ। 5 किनकि जसरी ख्रीष्टका कष्टहरू हामीमा प्रशस्त हुन्छन्, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वना पनि प्रशस्त हुन्छ। 6 अनि चाहे हामी सङ्कष्टमा परौं, यो तिमीहरूको सान्त्वना र मुक्तिका निम्ति हो; जुन सान्त्वना उस्तै प्रकारका कष्टहरू सहँदाग धीरजमा प्रभावकारी हुन्छ, जस्तै प्रकारका कष्टहरू हामी पनि खप्दछौं; चाहे हामी सान्त्वना पाऔं, यो पनि तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। 7 जसरी तिमीहरू दु:खकष्टहरूका भागीदार हुन्छौ, त्यसरी नै तिमीहरू सान्त्वनाका भागीदार पनि हुनेछौ भन्ने कुरा जानेर तिमीहरूको विषयमा हाम्रो आशा सुदृढ़ छ।
8 किनकि हे भाइहरूहो, एशियामा हुँदा हामीमाथि आइपरेको हाम्रो सङ्कष्टको विषयमा तिमीहरू अनजान भएका हामी इच्छा गर्दैनौं; हामी त हदभन्दा बढ़ी, शक्तिदेखि बाहिरको मिचाइमा पर्यौं, यहाँसम्म कि नबाँच्ने रहेछौं भनी हामीले हरेस पनि खायौं; 9 तर हामीले आफूमाथि होइन, तर मरेकाहरूलाई बौराएर उठाउनुहुने परमेश्वरमाथि भरोसा राख्नुपर्छ भन्ने हेतुले हामीले आफैमा मृत्युदण्डको आज्ञा पाइसकेका थियौं। 10 उहाँले हामीलाई यति ठूलो मृत्युबाट छुटकारा दिनुभयो, र छुटकारा दिनुहुन्छ; उहाँले हामीलाई अझै पनि छुटकारा दिनुहुनेछ भनेर हामी उहाँमा आशा राख्छौं। 11 तिमीहरूले पनि मिलेर हाम्रा निम्ति प्रार्थना गरेर सहायता गर्दछौं, यसैले कि धेरै व्यक्तिहरूमार्फत हामीलाई दिइएको कृपा-दानका निम्ति हाम्रो पक्षमा धेरैद्वारा धन्यवाद चढ़ाइयोस्।
12 किनकि यही नै अर्थात् हाम्रो विवेकको साक्षी नै हाम्रो गर्व गर्ने कुरा हो, कि हामी संसारमा र झन् बढ़्ताघ गरेर तिमीहरूप्रति शारीरिक बुद्धिमा होइन, तर परमेश्वरको अनुग्रहमा सच्चाइ र ईश्वरीय निष्कपटतासाथ चल्यौं। 13 किनकि तिमीहरू जे पढ़्छौ वा जे स्वीकार गर्छौ, ती कुराबाहेक अरू कुराहरू हामी तिमीहरूलाई लेख्दैनौं; अनि तिमीहरूले पनि अन्तसम्म नै स्वीकार गर्नेछौ भन्ने म आशा गर्दछु; 14 जसरी हामी तिमीहरूको गर्वको कारण हौं भनेर तिमीहरूले चाहिँ केही मात्रामा हामीलाई स्वीकार गरेका छौ, जसरी प्रभु येशूको दिनमा तिमीहरू पनि हाम्रा गर्वका कारण हौ।
15 अनि तिमीहरूलाई दोस्रो फाइदा पनि मिलेको होस् भनेर मैले यही भरोसामा पहिल्यै तिमीहरूकहाँ आउने इच्छा गरेको थिएँ; 16 अनि म्यासिडोनिया जाँदा तिमीहरूकहाँ भएर जाने, र म्यासिडोनियाबाट फेरि पनि तिमीहरूकहाँ आउने, साथै मेरो यहूदियातिरको यात्रामा तिमीहरूद्वारा पुर्याइने इच्छा गरेको थिएँ। 17 यसकारण यो संकल्प गर्दा के मैले हल्कासँग यसो गरें? अथवा जुन कुराको म संकल्प गर्दछु, के त्यो कुरा म शरीरअनुसार संकल्प गर्दछु, र मसँग ‘हो-हो’ पनि, ‘होइन-होइन’ पनि हुन्छ? 18 तर परमेश्वर सच्चा हुनुहुन्छ; यसकारण तिमीहरूलाई भनेको हाम्रो कुरा ‘हो’ र ‘होइन’ थिएन। 19 किनकि परमेश्वरका पुत्र येशू ख्रीष्ट, जो हामीद्वारा अर्थात् म, सिलवानस र तिमोथीद्वारा तिमीहरूको बीचमा प्रचारिनुभयो, ‘हो’ र ‘होइन’ हुनुहुन्नथियो, तर उहाँमा ‘हो’ थियो। 20 किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा ‘हो’ हुन्छन्, र हामीद्वारा परमेश्वरको महिमाका लागि उहाँमा ‘आमेन’ङ पनि हुन्छन्। 21 अनि उहाँ जसले हामीलाई तिमीहरूसँग-सँगै ख्रीष्टमा दृढ़ पार्नुहुन्छ, र हामीलाई अभिषेक गर्नुभएको छ, उहाँ परमेश्वर हुनुहुन्छ, 22 जसले हामीमा छाप पनि लगाउनुभएको छ र आत्मारूपी बैनाच हाम्रा हृदयहरूमा दिनुभएको छ।