प्रेरितको हक
9
के म प्रेरित होइनँ? के म स्वतन्त्र छैनँ? के मैले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरो काम होइनौ? 2 म अरूका निम्ति प्रेरित होइनँ भने पनि तिमीहरूका निम्ति चाहिँ म निश्चय नै हुँ; किनकि प्रभुमा मेरो प्रेरितपनाको छाप तिमीहरू नै हौ। 3 मलाई जाँच्नेहरूका निम्ति मेरो जवाफ यही हो: 4 के हामीलाई खाने र पिउने अधिकार छैन? 5 के हामीलाई अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तो कुनै एउटी बहिनीलाई अर्थात् पत्नीलाई साथमा लिएर हिँड़्ने अधिकार छैन र? 6 अथवा के मलाई र बर्नबासलाई मात्र काम नगरी बस्ने अधिकार छैन? 7 को कुनै समयमा आफ्नै खर्च खाएर लड़ाइँमा जान्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? अथवा कसले भेड़ाहरूकोक गोठाला गरेर भेड़ाहरूकोक दूधबाट पिउँदैन र? 8 के यी कुराहरू म मानिसको रीतिअनुसार बोल्दछु? अथवा के व्यवस्थाले पनि यही कुरा भन्दैन र? 9 किनकि मोशाको व्यवस्थामा यस्तो लेखिएको छ:‘तिमीले दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू!’ख
के परमेश्वरले गोरुहरूकै मात्र फिक्री गर्नुहुन्छ? 10 कि के उहाँले विशेष गरी हाम्रा निम्ति यसो भन्दै हुनुहुन्छ? हो, यो हाम्रा निम्ति नै लेखिएको हो; किनकि जोत्नेले आशासित जोत्नुपर्छ र आशासित अन्न झाँट्नेले आफ्नो आशाको भागीदार हुनुपर्छ। 11 हामीले तिमीहरूका निम्ति आत्मिक कुराहरू छरेका छौं भने, र तिमीहरूका शारीरिक कुराहरूको कटनी गर्छौं भने के यो ठूलो कुरो हो र? 12 जब अरू तिमीहरूमाथिको अधिकारका भागीदार भए भने हामी झन् हुँदैनौं र? तरै पनि हामीले यो अधिकार काममा लाएका छैनौं, तर ख्रीष्टको सुसमाचारलाई कुनै प्रकारको बाधा नदिऔं भनेर हामी सबै कुराहरू सहन्छौं। 13 के यो तिमीहरूलाई थाहा छैन? जसले पवित्र वस्तुहरूको सेवा गर्दछन्, उनीहरू मन्दिरकै कुराहरू खान्छन्; अनि जसले वेदीको सेवा गर्दछन्, उनीहरू वेदीसित भागीदार हुन्छन्। 14 यही प्रकारले सुसमाचार प्रचारकहरूले पनि सुसमाचारबाट जीवन निर्वाह गरून् भनी प्रभुले ठहराउनुभएको हो। 15 तर यी कुराहरूमध्ये एउटै पनि मैले काममा लाएको छैनँ; मसित यस्तै गरियोस् भनेर मैले यी कुराहरू लेखेको होइनँ; किनकि कसैले मेरो गर्व खोक्रो पारिदिनुभन्दा बरु मर्नु नै मेरा निम्ति असल हुनेछ। 16 किनकि मैले सुसमाचार प्रचार गरें भने पनि मसित गर्व गर्नुपर्ने कुरा केही पनि छैन; किनकि यो त मैले गर्नु खाँचै छ; अँ, मैले सुसमाचार प्रचार गरिनँ भनेचाहिँ मलाई धिक्कार छ! 17 किनकि मैले यो काम इच्छापूर्वक गरें भने म इनाम पाउँछु; तर इच्छापूर्वक गरिनँ भने पनि सुसमाचार बाँड़्ने कामग मलाई सुम्पिएको छ। 18 तब मेरो इनामचाहिँ के हो त? यही कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारमा भएको मेरो अधिकार बेठीक किसिमले काममा नलाऊँ भनेर ख्रीष्टको सुसमाचार म विनादामको बनाउन सकूँ।
19 किनकि सबै मानिसहरूबाट म स्वतन्त्र भए तापनि धेरैजनालाई खिँच्न सकूँघ भनेर मैले आफूलाई सबैको दास बनाएको छु। 20 अनि यहूदीहरूलाई खिँच्न सकूँघ भनेर म यहूदीहरूका निम्ति यहूदीजस्तो भइदिएँ; व्यवस्थाको अधीनतामा हुनेहरूलाई खिँच्न सकूँघ भनेर व्यवस्थाको अधीनतामा हुनेहरूका निम्ति व्यवस्थाको अधीनतामा भएजस्तो भइदिएँ; 21 व्यवस्था नभएकाहरूलाई खिँच्न सकूँघ भनेर व्यवस्था नभएकाहरूका निम्ति व्यवस्था नभएकै जस्तो भइदिएँ, (परमेश्वरका निम्ति व्यवस्थारहित नभईकन, तर ख्रीष्टका निम्ति व्यवस्थाको अधीनतामाङ रहीकन)। 22 कमजोरहरूलाई खिँच्न सकूँघ भनेर कमजोरहरूका निम्ति म कमजोरजस्तो भइदिएँ; कुनै न कुनै प्रकारले कतिलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका निम्ति सबै थोक भइदिएँ। 23 अनि यो कुरा म सुसमाचारका निम्ति गर्दछु, म पनि यसमाच सहभागी हुन सकूँ भनेर।
मुकुट पाउने गरी दौड़!
24 दौड़मा दगुर्नेहरू सबैजना दगुर्छन्, तर पुरस्कारचाहिँ एकैजनाले पाउँछ, के यो तिमीहरूलाई थाहा छैन? तिमीहरू यसरी नै दगुर कि पुरस्कार पाओ। 25 अनि होड़बाजीमा संघर्ष गर्ने हरेक मानिसले सबै कुरामा आफूलाई वशमा राख्दछछ; अँ, तिनीहरू साँच्चै नाश भइजाने मुकुट पाउनका निम्ति यसो गर्दछन्, तर हामी त नाश नहुने मुकुटका निम्ति। 26 यसकारण म पनि यसरी नै दगुर्छु, विनाटुङ्गो होइन; म पनि यसरी नै लड़्छु, हावालाई मुक्काले हान्ने मान्छेजस्तो होइन। 27 तर म मेरो शरीरलाई मुक्का लाउँछु र वशमा ल्याउँछुज, नत्र ता अरूलाई प्रचार गरेर कहीं म आफैचाहिँ बेकम्मा ठहरिनेछु।