रोमीहरूलाई पावल प्रेरितको पत्र
1
येशू ख्रीष्टको दास पावलबाट, जो प्रेरित हुनलाई बोलाइएको हो, जो परमेश्वरको सुसमाचारका निम्ति अलग पारिएको हो, 2 जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिल्यै पवित्र शास्त्रहरूमा आफ्ना भविष्यवक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा गर्नुभएको थियो, 3 जो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभयो, 4 र जो पवित्रताको आत्माअनुसार मरेकाहरूबाट बौरेर उठ्नुभएकोक कारणले सामर्थ्यसहित परमेश्वरका पुत्र ठहरिनुभयो; 5 उहाँद्वारा नै हामीले उहाँको नामका निम्ति सबै जातिहरूको बीचमा विश्वासप्रति आज्ञापालन पैदा गराऔं भन्ने हेतुले अनुग्रह र प्रेरितको सेवा पाएका छौं; 6 उनीहरूकै बीचमा तिमीहरू पनि येशू ख्रीष्टका बोलाइएकाहरू हौ; 7 रोममा हुने सबैजनालाई – परमेश्वरका प्रियहरू र बोलाइएका पवित्र जनहरूलाई: हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!8 पहिलेचाहिँ सारा संसारभरि तिमीहरूको विश्वासको चर्चा भएकोमा म तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा मेरा परमेश्वरलाई धन्यवाद चढ़ाउँछु। 9 किनकि म निरन्तर मेरा प्रार्थनाहरूमा तिमीहरूलाई सधैं सम्झना गर्दछु; परमेश्वर यस कुरामा मेरो साक्षी हुनुहुन्छ, जसको सेवा म उहाँकै पुत्रको सुसमाचारमा आफ्नो आत्माले गर्दछु; 10 अब अन्तमा परमेश्वरको इच्छाद्वारा म कुनै पनि प्रकारले तिमीहरूकहाँ आउनमा सफलता प्राप्त गर्न सकूँ भनी विन्ती चढ़ाउँछु, 11 किनकि तिमीहरूलाई स्थिर पार्नका निम्ति म तिमीहरूलाई केही आत्मिक वरदान दिन सकूँ भनेर तिमीहरूलाई भेट्ने म अति इच्छा गर्दछु; 12 अर्थात् तिमीहरूको र मेरो पारस्परिक विश्वासद्वारा तिमीहरूसँगै मैले पनि सान्त्वना पाउन सकूँ। 13 अब भाइहरूहो, जसरी मैले अरू जातिहरूको बीचमा फल पाउँथें, त्यसरी नै म तिमीहरूको बीचमा पनि केही फल पाऊँ भन्ने उद्देश्यले मैले धेरै पल्ट तिमीहरूकहाँ आउने संकल्प गरें; यस कुरामा तिमीहरू अनजान रहेको म चाहँदिनँ। तर मलाई अहिलेसम्म पनि बाधा छ। 14 म ग्रीकहरू र अन्यभाषीहरूख दुवैको, अनि बुद्धिमान्हरू र निर्बुद्धिहरू दुवैको ऋणी छु। 15 यसकारण सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि म सुसमाचार प्रचार गर्न तयार छु। 16 किनकि म ख्रीष्टको सुसमाचारसँग लजाउँदिनँ; किनकि विश्वास गर्ने हरेकका लागि – पहिले यहूदीका लागि, र ग्रीकका लागि पनि मुक्तिका निम्ति यो परमेश्वरको सामर्थ्य हो। 17 किनकि यसैमा विश्वासदेखि विश्वाससम्मग परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसरी लेखिएको छ: ‘धर्मी जन विश्वासद्वारा जिउनेछ।’घ
पापप्रति परमेश्वरको क्रोध प्रकट भएको छ
18 किनकि सत्यता अधर्ममा दबाइराख्ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ; 19 किनभने परमेश्वरको विषयमा जे जान्न सकिन्छ, त्यो तिनीहरूमा प्रकट भएको छ, किनकि परमेश्वरले त्यो तिनीहरूकहाँ प्रकट गर्नुभएको हो। 20 किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन्, सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन। 21 किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न ता तिनीहरू धन्यवादी नै भए; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए, र तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। 22 बुद्धिमान् छौं भन्ने दाबी गर्दै तिनीहरू मूर्ख बने, 23 र अविनाशी परमेश्वरको महिमालाई विनाशी मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे।
24 यसकारण परमेश्वरले पनि तिनीहरूलाई तिनीहरूले आफ्नै हृदयका कामुकताहरूद्वारा आफ्ना शरीरहरू आपसमा अनादर गरून् भनेर अशुद्धताका निम्ति त्यागिदिनुभयो। 25 तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटे र सृष्टिकर्ताको सट्टामा, जो साँच्चैङ सदा-सर्वदा धन्य हुनुहुन्छ, सृष्टिको पूजा र सेवा गरे।
26 यही कारणले गर्दा परमेश्वरले तिनीहरूलाई नीच कामनाहरूकै निम्ति त्यागिदिनुभयो; किनकि तिनीहरूका स्त्रीहरूले पनि स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारसँग साटे; 27 अनि त्यही प्रकारले पुरुषहरूले पनि स्त्रीहरूसितको स्वाभाविक व्यवहार त्यागेर पुरुषहरूले पुरुषहरूसितै शर्मलाग्दो काम गर्दै एक-अर्काप्रति आफ्नो कामुकताले जले र आफ्नो भ्रष्ट चालको उचित दण्ड आफैमा पाए।
28 अनि जसरी तिनीहरूले आफ्नो ज्ञानमा परमेश्वरलाई राख्न चाहेनन्, त्यसरी नै नसुहाउँदा कामहरू गरून् भनेर परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको वशमा सुम्पिदिनुभयो; 29 सबै प्रकारका अधर्म, व्यभिचार, दुष्टता, लोभ, शत्रुभावलेच भरिएकाहरू; डाहा, हत्या, झगड़ा, छल, दुष्ट विचारले भरपूर; कान फुक्नेहरू, 30 निन्दा गर्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अनादर गर्नेहरू, घमण्डी, सेखीबाजहरू, खराब-खराब कुरा जन्माउनेहरू, बुबाआमाको आज्ञा नमान्नेहरू, 31 समझ नभएकाहरू, करार भङ्ग गर्नेहरू, स्वाभाविक माया नभएकाहरू, मेल गर्न नचाहनेहरू, दया नभएकाहरू: 32 यस्ता-यस्ता काम गर्नेहरू मृत्युदण्ड पाउन योग्यका हुन्छन् भन्ने परमेश्वरको न्याय जानी-जानीकन पनि तिनीहरू ती कामहरू नै गर्छन्; त्यो मात्र होइन, तर तिनीहरू यस्ता काम गर्नेहरूसँग खुशी पनि हुन्छन्।