मूर्तिहरूलाई चढ़ाइएका चीजहरूको विषयमा प्रेरित पावलको शिक्षा
8
अब मूर्तिलाई बलिदान चढ़ाइएका चीजहरूको विषयमा हामी जान्दछौं, हामी सबैसँग ज्ञान छ। ज्ञानले घमण्डी तुल्याउँछ, तर प्रेमले उन्नति गराउँछ। 2 अनि कसैले ‘म केही जान्दछु’ भनी सोच्छ भने, त्यसले जस्तो जान्नुपर्थ्यो, त्यस्तो अझै पटक्कै जानेको छैन। 3 तर कसैले परमेश्वरलाई प्रेम गर्छ भने ऊ उहाँद्वारा चिनिएको हुन्छ। 4 यसकारण मूर्तिहरूलाई बलि चढ़ाइएका चीजहरू खाने विषयमा हामी जान्दछौं, संसारमा मूर्ति केही पनि होइन, र एकैजनाबाहेक अर्को कुनै परमेश्वर हुनुहुन्न। 5 किनकि चाहे आकाशमा होस् चाहे पृथ्वीमा, ईश्वर भनिनेहरू त छन् नै, जसरी धेरै ईश्वरहरू र धेरै प्रभुहरू छन्; 6 तर हाम्रा निम्ति चाहिँ एक मात्र परमेश्वर हुनुहुन्छ अर्थात् पिता, जसबाट सबै कुराहरू भएका छन्, अनि हामी उहाँमाक छौं; अनि एक मात्र प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू भएका हुन्, अनि हामी उहाँद्वारा नै हौं। 7 तरै पनि सबैमा त्यो ज्ञान हुँदैन; किनकि मूर्तिप्रति विवेक राखेको हुनालेख कतिले यस घड़ीसम्म पनि यसलाई मूर्तिलाई चढ़ाइएको चीज सम्झी खान्छन्, र उनीहरूको विवेक कमजोर भएर अशुद्ध हुन्छ। 8 तर खानेकुराले हामीलाई परमेश्वरकहाँ ग्रहणयोग्य तुल्याउँदैन; किनकि खायौं भने पनि हामी ठूला हुँदैनौं, खाएनौं भने पनि हामी साना हुँदैनौं। 9 तर होशियार होओ, नत्र तिमीहरूको यो स्वतन्त्रता कमजोरहरूका निम्ति कहीं ठेस लाग्ने कारण हुन जाला! 10 किनकि कसैले तिमी ज्ञान भएको मानिसलाई मूर्तिको मन्दिरमा खाइरहेको देख्यो भने, के त्यस कमजोर मानिसको विवेकले मूर्तिहरूलाई बलि चढ़ाइएका ती चीजहरू खानका निम्ति हौसला पाउनेछैन र? 11 अनि तिम्रो ज्ञानको कारणले के त्यो कमजोर भाइ, जसका निम्ति ख्रीष्ट मर्नुभयो, नष्ट होस्? 12 तर जब तिमीहरूले भाइहरूको विरोधमा यसरी पाप गर्दछौ र उनीहरूको कमजोर विवेकमा चोट पार्दछौ, तब तिमीहरूले ख्रीष्टको विरोधमा पाप गर्दछौ। 13 यसकारण खानेकुराले मेरो भाइलाई ठेस खुवाउँछ भने मेरो भाइलाई ठेस नदिऊँ भनेर म कहिल्यै मासु खानेछैनँ।