सातजना सेवकहरू चुनिए
6
अनि ती दिनहरूमा जब चेलाहरूको संख्या बढ़्दै गयो, तब हिब्रूहरूको विरोधमा ग्रीक भाषा बोल्ने यहूदीहरूको गनगन शुरु भयो; किनभने दिनदिनको सेवामा तिनीहरूका विधवाहरूलाई वास्ता गरिएको थिएन। 2 तब ती बाह्रजनाले चेलाहरूको जमातलाई आफूकहाँ बोलाएर भने: “परमेश्वरको वचन छोड़ेर खुवाउने-पियाउने सेवा गर्नु हाम्रा निम्ति उचित छैन। 3 यसकारण दाजुभाइहरूहो, आफ्नो बीचबाट नाम चलेका, पवित्र आत्मा र बुद्धिले भरिएका सातजना मानिसहरूलाई खोज, जसलाई हामीले यस काममा नियुक्त गर्न सकौं। 4 तर हामीचाहिँ प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहनेछौं।” 5 अनि यस कुराले सारा जमातलाई खुशी पार्यो; अनि तिनीहरूले विश्वास र पवित्र आत्माले भरपूर भएका एकजना मानिस अर्थात् स्टिफनसलाई, अनि फिलिप, प्रोखुरस, निकानोर, तिमोन, पर्मेनास र एन्टिओकका एकजना यहूदीधर्म अप्नाउने निकोलासलाई चुने,; 6 जसलाई तिनीहरूले प्रेरितहरूको सामु खड़ा गरे; अनि उनीहरूले प्रार्थना गरेर तिनीहरूमाथि आफ्ना हातहरू राखे। 7 अनि परमेश्वरको वचन बढ़्दै गयो, र यरूशलेममा चेलाहरूको संख्या साह्रै बढ्यो; अनि पूजाहारीहरूको एउटा ठूलो भीड़ले पनि यस विश्वासलाईक पालन गर्यो।केहि कट्टर यहूदीहरूले स्टिफनसलाई झूटो दोष लगाए
8 अनि विश्वास र सामर्थ्यले भरपूर भएका स्टिफनसले मानिसहरूको बीचमा ठूला-ठूला अचम्मका कामहरू र चिन्हहरू गरे। 9 तब त्यहाँ ‘लिबर्टिनसकोख सभाघर’ भनिने सभाघरकाहरूमध्ये कोही-कोही, अनि कुरेनीहरू, अलेकजान्ड्रियाकाहरू, सिलिसिया र एशियाकाहरूमध्ये कोही-कोही स्टिफनससँग वादविवाद गर्न उठे। 10 अनि तिनीहरूले त्यस बुद्धि र त्यस आत्माको सामना गर्न सकेनन्, जसद्वारा उनी बोल्दथे। 11 तब तिनीहरूले मानिसहरूलाई कुकर्म गर्नलाई फुस्ल्याए, जसले भने: “त्यसले मोशाको विरोधमा र परमेश्वरको विरोधमा निन्दापूर्ण कुराहरू बोलेको हामीले सुनेका छौं।” 12 अनि तिनीहरूले जनताहरू, बूढ़ा प्रधानहरू र शास्त्रीहरूलाई उभाड़े, तिनीहरू उनीमाथि आइलागे, तिनीहरूले उनलाई पक्रे र उनलाई महासभामा ल्याए, 13 र झूटा साक्षीहरूलाई खड़ा गरे, जसले भने: “यस मान्छेले यस पवित्रस्थान र व्यवस्थाको विरोधमा निन्दापूर्ण कुराहरू बोल्न छोड़्दै-छोड़्दैन; 14 किनभने हामीले यसलाई यसो भन्दै गरेको सुनेका छौं, ‘यही नासरतका येशूले यो स्थान ध्वंस पार्नुहुनेछ र मोशाले हामीलाई सुम्पेका रीतिविधिहरू बदल्नुहुनेछ।’ ” 15 अनि महासभामा बसेका सबैजनाले उनलाई डिठ लाएर हेर्दा उनको चेहरा स्वर्गदूतको चेहराजस्तै देखे।