पिलातस र हेरोदद्वारा प्रभु येशूको जाँच
मत्ती २७:११-२६; मर्कूस १५:१-१५ यूहन्ना १८:२८-१९:१६
23
अनि तिनीहरूको सारा भीड़ उठ्यो, र उहाँलाई पिलातसकहाँ लग्यो। 2 अनि तिनीहरूले यसो भन्दै उहाँलाई दोष लाउन थाले: “हामीले यस मान्छेलाई हाम्रो जातिलाई बहकाइरहेको र आफूलाई चाहिँ ‘ख्रीष्ट’ राजा हुँ भन्दै सिजरलाई कर तिर्न मनाही गरिरहेको भेट्टायौं।” 3 अनि पिलातसले यसो भन्दै उहाँलाई सोधे: “के तिमी यहूदीहरूका राजा हौ?” अनि उहाँले तिनलाई जवाफ दिँदै भन्नुभयो: “तपाईंले नै भन्दै हुनुहुन्छ।” 4 तब पिलातसले मुख्य पूजाहारीहरू र मानिसहरूलाई भने: “म यस मानिसमा केही दोष पाउँदिनँ।” 5 तर तिनीहरूले झन् बेसी जोर दिएर भने: “गालीलदेखि शुरु गरेर यस ठाउँसम्म सारा यहूदियाभरि शिक्षा दिँदै यसले मानिसहरूलाई उभाड़्दछ।” 6 गालीलको नाम सुनी पिलातसले सोधे: “के यो मानिस गालीली हो?” 7 अनि उहाँ हेरोदको इलाकाका हुनुहुन्छ भनी थाहा पाउनसाथ तिनले उहाँलाई हेरोदकहाँ पठाइदिए; यी दिनहरूमा उनी पनि यरूशलेममा थिए। 8 अनि येशूलाई देखेर हेरोद एकदमै खुशी भए; किनकि उनले धेरै समयदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए; किनभने उहाँको विषयमा उनले धेरै कुराहरू सुनेका थिए; अनि उनले उहाँद्वारा गरिएको कुनै चिन्ह हेर्ने आशा गरे। 9 तब उनले उहाँलाई धेरै कुराहरू सोधे, तर उहाँले उनलाई एउटै जवाफ दिनुभएन। 10 अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूचाहिँ खड़ा भएर, र बड़ो जोर लगाएर तिनीहरूले उहाँलाई दोष लाइरहेका थिए। 11 अनि हेरोदले आफ्ना सिपाहीहरूसहित उहाँलाई अपमान गरे र खिसी गरे; अनि उहाँलाई एउटा भड़्किलो वस्त्र पहिराइदिएर उहाँलाई पिलातसकहाँ फर्काइदिए। 12 अनि त्यही दिन पिलातस र हेरोद एक-अर्काका मित्र भए; किनकि त्योभन्दा पहिलेचाहिँ आपसमा तिनीहरूको दुस्मनी थियो।येशू कि बरब्बा?
मत्ती २७:१५-२६; मर्कूस १५:६-१५
13 अनि जब पिलातसले मुख्य पूजाहारीहरू, शासकहरू र मानिसहरूलाई भेला गरे, 14 तब तिनले तिनीहरूलाई भने: “योचाहिँ मानिसहरूलाई बहकाउने मान्छे हो भनेर तिमीहरूले यस मानिसलाई मकहाँ ल्याएका छौ; अनि हेर, मैले तिमीहरूकै सामु उसलाई जाँचेपछि तिमीहरूले उसमाथि जुन कुराहरूको दोष लगाउँछौ, त्यस विषयमा मैले यस मानिसमा केही दोष भेट्टाइनँ। 15 अहँ, हेरोदले पनि भेट्टाएनन्; किनकि मैले तिमीहरूलाई उनीकहाँ पठाएँ; अनि हेर, मृत्युदण्ड लायकको कुनै काम उसमाथिक गरिएन। 16 यसकारण म उसलाई सजाय दिएर छोड़िदिनेछु।” 17 (किनकि चाड़को समयमा तिनले तिनीहरूका निम्ति एउटा कैदी छोड़िदिनुपर्थ्यो।) 18 अनि तिनीहरू सबै यसो भन्दै एकसाथ चिच्च्याए: “त्यस मानिसलाई हटाउनोस्! र हाम्रा निम्ति बरब्बालाई छोड़िदिनोस्!!” 19 (त्योचाहिँ शहरमा गरिएको कुनै राजद्रोह र हत्याको कारणले झ्यालखानामा हालिएको थियो।) 20 यसकारण येशूलाई छोड़िदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूसित कुरा गरे। 21 तर तिनीहरू यसो भन्दै चिच्च्याए: “त्यसलाई क्रूसमा टाँगिदिनोस्! त्यसलाई क्रूसमा टाँगिदिनोस्!!” 22 अनि तिनले तेस्रो पटक तिनीहरूलाई भने: “किन? उसले के कुकर्म गरेको छ त? मैले उसमा मृत्युदण्डको कुनै कारण नै पाइनँ; यसकारण म उसलाई सजाय दिएर छोड़िदिनेछु।” 23 तर ‘त्यो क्रूसमा टँगाइनैपर्छ’ भन्ने माग गर्दै तिनीहरूले भारी आवाजहरू निकालेर जिद्दी गरे। अनि तिनीहरू र मुख्य पूजाहारीहरूका आवाजहरूकै जीत भयो। 24 अनि तिनीहरूले मागेअनुसार नै होस् भनेर पिलातसले दण्डको आज्ञा दिए। 25 अनि तिनले तिनीहरूका निम्ति तिनीहरूले मागेको मान्छेलाई छोड़िदिए, जोचाहिँ राजद्रोह र हत्याको कारणले झ्यालखानामा हालिएको थियो; तर तिनले येशूलाई चाहिँ तिनीहरूकै इच्छामा सुम्पिदिए।
प्रभु येशू क्रूसमा
मत्ती २७:३२-५६ ; मर्कूस १५:२१-४१
26 अनि तिनीहरूले उहाँलाई लिएर जाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीको एकजना शिमोनलाई तिनीहरूले पक्रे, र येशूको पछि-पछि क्रूस बोकोस् भनी तिनीहरूले त्यो क्रूस उसमाथि लादिदिए। 27 अनि मानिसहरूको र उहाँका निम्ति शोक र विलाप गरिरहने स्त्रीहरूको एउटा ठूलो भीड़ले उहाँलाई पछ्यायो। 28 तर येशूले तिनीहरूतिर फर्केर भन्नुभयो: “हे यरूशलेमका छोरीहरूहो, मेरा निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ! 29 किनकि हेर, दिनहरू आइरहेका छन्, जसमा तिनीहरूले भन्नेछन्: ‘धन्य हुन् ती स्त्रीहरू, जो बाँझी छन्, र ती कोखहरू, जसले कहिल्यै जन्म दिएनन्, र ती स्तनहरू, जसले कहिल्यै चुस्न दिएनन्!’ 30 तब तिनीहरूले पहाड़हरूलाई भन्न थाल्नेछन्, ‘हामीमाथि खसिदेओ,’ र डाँड़ाहरूलाई चाहिँ, ‘हामीलाई छोपिदेओ!’ 31 किनकि हरियो रूखसँग त यिनीहरूले यी कुराहरू गर्छन् भने सुकेकोलाई झन् के गरिएला?” 32 अनि अरू दुई कुकर्मीहरू पनि मारिनलाई उहाँसँगै लगिए। 33 अनि जब तिनीहरू खोपड़ीख भनिने ठाउँमा आइपुगे, तब तिनीहरूले उहाँलाई र ती कुकर्मीहरूलाई त्यहाँ क्रूसमा टाँगे – एउटालाई दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि। 34 तब येशूले भन्नुभयो: “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँका वस्त्रहरू भाग-भाग गरे, र गोला हाले। 35 अनि मानिसहरू हेर्दै उभिए। अनि तिनीहरूसित शासकहरूले पनि यसो भन्दै उहाँलाई गिल्ला गरे: “त्यसले अरूलाई बचायो; लौ, त्यसले आफैलाई बचाओस्, यदि त्यो ख्रीष्ट अर्थात् परमेश्वरको चुनिएको जन हो भने!” 36 अनि सिपाहीहरूले पनि उहाँकहाँ आउँदै, उहाँलाई सिर्का दिँदै र यसो भन्दै उहाँलाई खिसी गरे: 37 “तँ यहूदीहरूको राजा होस् भने आफैलाई बचा!” 38 अनि उहाँको मास्तिर ग्रीक, ल्याटिन र हिब्रू अक्षरमा एउटा दोषपत्र पनि लेखिएको थियो: ‘यिनी यहूदीहरूका राजा हुन्।’
39 अनि झुन्ड्याइएका कुकर्मीहरूमध्ये एकजनाले यसो भन्दै उहाँलाई निन्दा गर्यो: “तिमी ख्रीष्ट हौ भने आफैलाई र हामीलाई बचाऊ!” 40 तर अर्कोले जवाफ दिँदै यसो भनेर त्यसलाई हपार्यो: “के तँ परमेश्वरको डर मान्दैनस्, जब कि तँ पनि त्यही दण्डमा परिरहेकै छस्? 41 हामीले त साँच्चै न्यायअनुसार नै; किनकि हामीले आफ्ना कामहरूको उचित फल पाइरहेका छौं, तर यी मानिसले कुनै अनुचित काम गरेका छैनन्।” 42 अनि उसले येशूलाई भन्यो: “हे प्रभु, जब तपाईं आफ्नो राज्यमा आउनुहुन्छ, तब मलाई सम्झिदिनुहोस्!” 43 अनि येशूले उसलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्गलोकमाग हुनेछौ।”
44 अनि बाह्र बज्नघ लागेको थियो, र तीन बजेसम्मङ सारा देशभरि अन्धकार भयो। 45 अनि सूर्य अँध्यारो भयो, र मन्दिरको पर्दा बीचैमा च्यातियो। 46 अनि ठूलो सोरले कराएर येशूले भन्नुभयो: “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु;” र यसो भनेर उहाँले प्राण त्याग्नुभयो। 47 अब जे भएको थियो, सो देखेर सुबेदारले यसो भन्दै परमेश्वरलाई महिमा दिए: “निश्चय नै यिनी धर्मी मानिस थिए।” 48 अनि त्यस दृश्य - स्थलमा भेला भएका सबै मानिसहरूले ती घटेका घटनाहरू हेरेर आफ्ना छाती पिटे, र फर्के। 49 अनि उहाँका सबै चिनारुहरू र ती स्त्रीहरू, जो गालीलबाट उहाँको पछि लागेका थिए, ती कुराहरू हेर्दै टाढ़ामा उभिए।
50 अनि हेर, यूसुफ नाम भएका एकजना सल्लाहकारच थिए; तिनी असल र धर्मी मानिस थिए। 51 (तिनले तिनीहरूका सल्लाह र काममा सहमति दिएका थिएनन्।) तिनीचाहिँ यहूदीहरूको अरिमथिया शहरका थिए; तिनी आफैले पनि परमेश्वरको राज्यको बाटो हेर्थे। 52 यी मानिस पिलातसकहाँ गए, र येशूको शरीर मागे। 53 अनि त्यसलाई तल झारेर तिनले त्यसलाई सुती कपड़ामा लपेटे र त्यसलाई चट्टानमा खोपिएको एउटा चिहानमा राखे, जसमा कहिल्यै कुनै मानिस राखिएको थिएन। 54 अनि त्यो दिनचाहिँ तयारीको दिन थियो, र विश्रामदिन शुरु हुन लागेको थियो। 55 अनि गालीलबाट उहाँसँग आएका ती स्त्रीहरूले पनि पछ्याउँदै गएर त्यो चिहान र उहाँको शरीर कसरी राखियो, सो हेरे। 56 अनि तिनीहरूले फर्केर सुगन्धित मसला र तेलहरू तयार पारे, र आज्ञाअनुसार विश्रामदिनमा विश्राम लिए।