बेथलेहेममा प्रभु येशूको जन्म
मत्ती १:१८-२५
2
अनि ती दिनहरूमा यस्तो भयो: सिजर अगस्टसबाट सारा संसारको नाम लेखिनुपर्छ भन्ने उर्दी निस्क्यो। 2 सिरियाका राज्यपाल कुरेनियस भएको बेलामा यो नामलेखाइ पहिलोचोटि भएको थियो। 3 अनि सबैजना नाम लेखाइन गए, हरेक आ-आफ्नै शहरमा। 4 अनि यूसुफ पनि गालीलको नासरत शहरबाट निस्केर यहूदियामा, बेथलेहेम भनिने दाऊदको शहरमा गए; किनकि तिनी दाऊदको घराना र वंशका थिए; 5 आफ्नी मगनी भएकी पत्नी मरियमसँग, जो गर्भवती भएकी थिइन्, तिनी नाम लेखाइन गए। 6 अनि यस्तो भयो: उनीहरू त्यहाँ रहँदा-रहँदै उनका जन्माउने दिनहरू पूरा भए। 7 अनि उनले आफ्ना जेठा छोरालाई जन्माइन् र उहाँलाई लपेट्ने लुगाहरूमा बेरेर उहाँलाई डुँड़मा राखिन्क; किनकि उनीहरूका निम्ति पौवामा ठाउँ थिएन।गोठालाहरूलाई यसको दिव्य सूचना
8 अनि त्यही इलाकामा राती आफ्नो बगालको हेरचाह गर्दै बारीमा बसिरहेका गोठालाहरू थिए। 9 अनि हेर, प्रभुको* दूत तिनीहरूकहाँ आए, र प्रभुको* तेज तिनीहरूको वरिपरि चम्क्यो; र तिनीहरू साह्रै डराए। 10 अनि ती स्वर्गदूतले तिनीहरूलाई भने: “नडराओ; किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको शुभ समाचार सुनाउँछु, जुनचाहिँ सबै मानिसहरूका निम्ति हुनेछ; 11 किनकि आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ‘ख्रीष्ट’ प्रभु हुनुहुन्छ। 12 अनि तिमीहरूका निम्ति चिन्ह यो हुनेछ: तिमीहरूले लपेट्ने लुगाहरूमा बेरिएको बालकलाई डुँड़मा सुतिरहेको भेट्टाउनेछौ।” 13 अनि एक्कासि ती स्वर्गदूतको साथमा यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेको स्वर्गीय सेनाको एउटा भीड़ देखा पर्यो: 14 “परमधाममा परमेश्वरलाई महिमा र पृथ्वीमा शान्ति, मानिसहरूप्रति शुभेच्छा!” 15 अनि यस्तो भयो: स्वर्गदूतहरू तिनीहरूबाट स्वर्गमा गइसकेपछि ती गोठालाहरूले आपसमा भने: “लौ, अब हामी बेथलेहेमसम्म जाऔं, र यो हुन आएको कुरा हेरौं, जसको विषयमा परमप्रभुले* हामीलाई थाहा दिनुभएको छ।” 16 अनि तिनीहरू हतार-हतार आए, अनि तिनीहरूले मरियम, यूसुफ र डुँड़मा सुतिरहेका बालकलाई भेट्टाए। 17 अनि यो देखेपछि ती बालकको विषयमा तिनीहरूलाई बताइएको कुरा तिनीहरूले चारैतिर सुनाए। 18 अनि सुन्नेहरू सबैले यी गोठालाहरूद्वारा तिनीहरूलाई बताइएका ती कुराहरूमा अचम्म माने। 19 तर मरियमले यी सबै कुराहरू सम्हालिराखिन् र आफ्नो मनमा विचार गरिरहिन्। 20 अनि यी गोठालाहरू, यिनीहरूलाई बताइएअनुसार आफूले सुनेका र देखेका सबै कुराहरूका निम्ति परमेश्वरको महिमा र प्रशंसा गर्दै फर्के।
मन्दिरमा बालक येशूको अर्पण
21 अनि ती बालकको खतना हुनका निम्ति आठ दिन पूरा भएपछि उहाँको नाम येशू राखियो, जुन नामचाहिँ उहाँ गर्भमा आउनुभन्दा पहिले नै स्वर्गदूतद्वारा राखिएको थियो। 22 अनि मोशाको व्यवस्थाअनुसार उनकाख शुद्ध हुने दिनहरू पूरा भएपछि उनीहरूले उहाँलाई यरूशलेममा ल्याए, उहाँलाई परमप्रभुको* सामु अर्पण गर्नलाई – 23 जसरी परमप्रभुको* व्यवस्थामा लेखिएको छ: ‘पहिला जन्मने हरेक छोराग परमप्रभुका निम्ति पवित्र कहलिनेछघ – 24 र परमप्रभुको* व्यवस्थामा भनिएअनुसार ‘एक जोड़ा ढुकुर वा दुईवटा परेवाका बच्चा’ङ बलि चढ़ाउनलाई।
प्रभुको बाटो हेर्ने शिमियोन र भविष्यवक्तिनी हन्ना
25 अनि हेर, यरूशलेममा एकजना मानिस थिए, जसको नाम शिमियोन थियो; अनि ती मानिस धर्मी र भक्त थिए, र इस्राएलको सान्त्वनाको बाटो हेरिरहन्थे; अनि पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो। 26 अनि परमप्रभुको* ‘ख्रीष्ट’लाई देख्नुभन्दा अघि तिनले मृत्यु देख्नुपर्नेछैन भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट भएको थियो। 27 अनि तिनी आत्माद्वारा मन्दिरभित्र आए; अनि जब बुबाआमाले बालक येशूका निम्ति व्यवस्थाको रीतिअनुसार गर्नलाई उहाँलाई भित्र ल्याए, 28 तब तिनले उहाँलाई आफ्ना पाखुरामा लिएर परमेश्वरलाई धन्यवाद दिई भने: 29 “प्रभु, अब आफ्नो वचनअनुसार तपाईंले आफ्नो दासलाई शान्तिसित बिदा दिनुहुन्छ; 30 किनकि मेरा आँखाहरूले तपाईंको ‘मुक्ति’ देखेका छन्, 31 जुन मुक्ति तपाईंले सबै मानिसहरूको सामु तयार पार्नुभएको छ – 32 अन्यजातिहरूलाई प्रकाश दिनका निम्ति ज्योति, र तपाईंको निज प्रजा इस्राएलको महिमा।” 33 अनि यूसुफ र उहाँकी आमा उहाँको विषयमा भनिएका कुराहरूको कारणले छक्क परे। 34 अनि शिमियोनले उनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने: “हेर्नुहोस्, यी बालक इस्राएलमा धेरैका पतन र उत्थानका निम्ति ठहराइनुभएको छ, र एउटा चिन्हका निम्ति, जसको विरोधमा बोलिनेछ; 35 (अँ, तपाईंको आफ्नै प्राणलाई पनि तरवारले वारपार छेंड़्नेछ।) – धेरै हृदयका विचारहरू प्रकट होऊन् भनेर।”
36 अनि आशेर कुलका फनुएलकी छोरी, हन्ना नामकी एउटी भविष्यवक्तिनी थिइन्; तिनी साह्रै बूढ़ी थिइन्, र विवाह भएपछिच सात वर्ष पतिसँग बसेकी थिइन्। 37 अनि तिनी प्राय: चौरासी वर्षकी विधवा थिइन्; तिनले मन्दिर छोड़्दिनथिइन्, तर रातदिन उपवास र प्रार्थना गर्दै परमेश्वरको सेवा गर्थिन्। 38 अनि त्यही समयमा आएर तिनले परमप्रभुलाई* धन्यवाद चढ़ाइन्, र यरूशलेममा छुटकाराकोछ बाटो हेर्नेहरू सबैलाई उहाँको विषयमा बताइन्।
39 अनि परमप्रभुको* व्यवस्थामुताबिक सबै कुराहरू पूरा गरिसकेपछि उनीहरू गालीलमा आफ्नो शहर नासरतमा फर्के। 40 अनि ती बालक बढ़्नुभयो, र बुद्धिले परिपूर्ण भएर आत्मामा बलियो हुनुभयो; अनि परमेश्वरको अनुग्रह उहाँमाथि थियो।
बालक येशू मन्दिरमा
41 अब उहाँका बुबाआमा हरेक वर्ष निस्तारचाड़को समयमा यरूशलेम जाँदथे। 42 अनि जब उहाँ बाह्र वर्षको हुनुभयो, तब चाड़को रीतिअनुसार उहाँहरू माथि यरूशलेम जानुभयो। 43 अनि दिनहरू पूरा गरिसक्नुभएपछि उहाँहरू फर्कनुहुँदा बालक येशू यरूशलेममा रहनुभयो; अनि यूसुफ र उहाँकी आमालाई त्यो थाहा भएन। 44 तर उहाँ यात्रीहरूकै दलमा हुनुहुन्छ होला भन्ने सम्झी उनीहरू एक दिनको बाटो हिँड़े; अनि उनीहरूले आफ्ना नातादारहरू र चिनारुहरूको बीचमा उहाँलाई खोजे। 45 अनि जब उनीहरूले उहाँलाई भेट्टाएनन्, तब उनीहरू उहाँलाई खोज्दा-खोज्दै उनीहरू यरूशलेम फर्के। 46 अनि यस्तो भयो: तीन दिनपछि उनीहरूले उहाँलाई मन्दिरमा, गुरुजनहरूको बीचमा तिनीहरूको कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिरहनुभएको भेट्टाए। 47 अनि उहाँको कुरा सुन्नेहरू सबै उहाँको समझ र जवाफहरूमा छक्कै पर्दथे। 48 अनि उहाँलाई देखेर उनीहरू छक्कै परे; र उहाँकी आमाले उहाँलाई भनिन्: “छोरा, तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? हेर, तिम्रा बुबा र मैले व्याकुल भएर तिमीलाई खोजिरहेका छौं।” 49 अनि उहाँले उनीहरूलाई भन्नुभयो: “तपाईंहरूले मलाई खोज्नुभयो, किन? म मेरा पिताको काममा व्यस्त रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” 50 अनि उहाँले उनीहरूलाई भन्नुभएको त्यो कुरा उनीहरूले बुझेनन्। 51 अनि उहाँ उनीहरूसित तल जानुभयो, र नासरतमा आउनुभयो, अनि उनीहरूको अधीनतामा रहनुभयो; तर उहाँकी आमाले ती सबै कुराहरू आफ्नो मनैमा राखिन्। 52 अनि येशू बुद्धिमा, डिलडौलमा र परमेश्वर र मानिसको अनुग्रहमा बढ़्दै जानुभयो।