प्रभुको आगमन
3
“हेर, म आफ्नो दूतलाई पठाउनेछु, जसले मेरो अघि-अघि बाटो तयार पार्नेछ; अनि जुन प्रभुको खोजी तिमीहरू गर्दछौ, उहाँ अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ, अर्थात् वाचाका ती दूत, जससँग तिमीहरू प्रसन्न हुन्छौ; हेर, उहाँ आउनुहुनेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। 2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ? अनि उहाँ देखा पर्नुहुँदा को खड़ा रहन सक्छ? किनकि उहाँ सुन खार्नेको आगो र धोबीको साबुनजस्तो हुनुहुन्छ। 3 अनि उहाँ चाँदी खार्ने र निखुर पार्ने भएर बस्नुहुन्छ; अनि उहाँले लेवीका सन्तानहरूलाई चोखो पार्नुहुनेछ, अनि उनीहरूलाई चाँदी र सुनजस्तो निखुर पार्नुहुनेछ – उनीहरूले परमप्रभुलाई धार्मिकताको साथ भेटी चढ़ाऊन् भनेर। 4 तब उहिलेका दिनहरूमा जस्तो र बितेका वर्षहरूमा जस्तै यहूदा र यरूशलेमको भेटी परमप्रभुलाई प्रसन्न तुल्याउने किसिमकोक हुनेछ। 5 अनि न्याय गर्नलाई म तिमीहरूको नजिक आउनेछु; अनि म मन्त्रतन्त्र गर्नेहरूको विरोधमा, व्यभिचारीहरूको विरोधमा, झूटो शपथ खानेहरूको विरोधमा र यस्ताहरूको विरोधमा तुरुन्तै साक्षी बस्नेछु, जसले ज्यालादार नोकरलाई ज्यालाको विषयमा, अनि विधवा र टुहुरालाई थिचोमिचो गर्छन्, जसले परदेशीको न्याय बिगारिदिन्छन् र मेरो डर मान्दैनन्, सेनाहरूको परमप्रभु भन्नुहुन्छ।”दस अंश
6 “किनभने परमप्रभु म नै हुँ, म बदली हुँदिनँ; यसैले हे याकूबका छोराहरूहो, तिमीहरू नाशख भएनौ। 7 तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा नियमहरूबाट हटेकाग छौ, र तिनलाई पालन गरेका छैनौ। मकहाँ फर्क, र म तिमीहरूकहाँ फर्कनेछु, सेनाहरूको परमप्रभु भन्नुहुन्छ; तर तिमीहरू भन्छौ: ‘हामी कुन कुरामा फर्कौं?’ 8 के मानिसले परमेश्वरलाई लुट्छघ र? तैपनि तिमीहरूले मलाई लुटेका छौङ; तर तिमीहरू भन्छौ: ‘कुन कुरामा हामीले तपाईंलाई लुटेका छौं?’ दसौं अंशहरू र भेटीहरूमा। 9 तिमीहरू श्रापले श्रापित भएका छौ; किनकि तिमीहरूले मलाई लुटेका छौङ – अँ, यस सम्पूर्ण जातिले नै। 10 सबै दसौं अंशहरूच भण्डार-घरभित्र ल्याओ, र मेरो भवनमा भोजन रहोस्! अनि अब यसो गरेर मलाई जाँचेर हेर, तिमीहरूका निम्ति स्वर्गका झ्यालहरू खोलेर म तिमीहरूमाथि ठाउँ नै नहुनेछ गरी आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। 11 अनि म तिमीहरूका निम्ति खाइदिनेलाई हप्काउनेछु, र त्यसले तिमीहरूको जमिनको फल नाश गर्नेछैन, न ता बारीमा तिमीहरूको दाखको बोटले समय नपुग्दै आफ्नो फल झार्नेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। 12 अनि सबै जातिहरूले तिमीहरूलाई धन्यका भन्नेछन्; किनभने तिमीहरू एउटा प्रसन्न तुल्याउने देश हुनेछौ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ।
13 मेरो विरोधमा बोलेका तिमीहरूका वचनहरू कठोर भएका छन्, परमप्रभु भन्नुहुन्छ; तर तिमीहरू भन्छौ: ‘हामीले तपाईंको विरोधमा के कुरा बोलेका छौं र?’ 14 तिमीहरूले भनेका छौ: ‘परमेश्वरको सेवा गर्नु व्यर्थ हो; अनि उहाँले सुम्पिनुभएको जिम्मेवारी हामीले पूरा गरेर र सेनाहरूका परमप्रभुको सामु हामीले विलाप गर्दै हिँड़ेर हामीलाई के फाइदा भयो र? 15 यसैले अब हामी घमण्डीहरूलाई धन्यका भन्छौं; अँ, जसले दुष्ट काम गर्छन्, तिनीहरू नै बनिन्छन्; अँ, परमेश्वरलाई परीक्षा गरेर पनि तिनीहरू उम्कन्छन्।’ ”
परमप्रभुको डर मान्नेहरू र उहाँको डर नमान्नेहरूको बीचको भिन्नता
16 “तब परमेश्वरको डर मान्नेहरूले एक-अर्कासँग कुरा गरे; अनि परमप्रभुले ध्यान दिएर सुन्नुभयो; अनि परमप्रभुको डर मान्नेहरू र उहाँको नामको वास्ता गर्नेहरूका निम्ति उहाँको सामु एउटा सम्झनाको पुस्तक लेखियो। 17 अनि जुन दिन म उनीहरूलाई आफ्नो निज धन तुल्याउनेछु, त्यस दिनमा उनीहरू मेरा हुनेछन्, सेनाहरूको परमप्रभु भन्नुहुन्छ; अनि जसरी मानिसले आफ्नो सेवा गर्ने आफ्नो छोरालाई टिठाउँछ, त्यसरी नै म उनीहरूलाई टिठाउनेछु। 18 तब तिमीहरू फर्कनेछौ, र धर्मी र दुष्टको बीचमा, अनि परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको बीचमा के भिन्नता रहेछ, सो थाहा गर्नेछौज।”