परमप्रभुको दिन आउनेछ
4
“किनकि हेर, त्यो दिन आउँछ, जुन दिन भट्टीझैं दन्कनेछ; अनि सबै घमण्डीहरू र सबै दुष्‍ट काम गर्नेहरू अन्‍नको नलका ठुटा हुनेछन्; अनि त्यस आउने दिनले तिनीहरूलाई जलाउनेछ र तिनीहरूका निम्ति न जरा न हाँगा छोड़्‍नेछ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 2 तर तिमी मेरो नामको डर मान्‍नेहरूका निम्ति चाहिँ धार्मिकताको सूर्य उदय हुनेछ, जसका पखेटाहरूमा चङ्गाइ हुनेछ; अनि तिमीहरू निस्कनेछौ र गोठका बाछाहरूझैं बुरुक-बुरुक उफ्रनेछौ। 3 अनि तिमीहरूले दुष्‍टहरूलाई कुल्चीमिल्ची पार्नेछौ; किनभने जुन दिनमा म यो काम गर्नेछु, त्यस दिन तिनीहरू तिमीहरूका पाउका पैतालाहरूमुनि खरानी हुनेछन्, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ।
4 मेरा दास मोशाको त्यो व्यवस्था अर्थात् ती विधिहरू र नियमहरू तिमीहरू सम्झना गर, जुन विधि र नियमहरू मैले समस्त इस्राएलका निम्ति होरेबमा उसलाई आज्ञा गरें! 5 हेर, परमप्रभुको त्यस महान् र भयानक दिन आउनुभन्दा पहिले म तिमीहरूकहाँ भविष्यवक्ता एलियालाई पठाउनेछु; 6 अनि तिनले बुबाहरूको हृदय छोराछोरीहरूतर्फ र छोराछोरीहरूको हृदय तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, नत्र ता म आएर यस पृथ्वीलाई सर्वनाशले हिर्काउनेछु।”