जकरिया
परमप्रभु यहूदा र यरूशलेमका निम्ति उठ्नुहुन्छ
1
दाराको दोस्रो वर्षको आठौं महिनामा इद्दोका नाति, बेरेक्याहका छोरा जकरिया भविष्यवक्ताकहाँ परमप्रभुको यसो भन्ने वचन आयो:2 “तिमीहरूका पितापुर्खाहरूसँग परमप्रभु अति नै क्रोधित हुनुभएको थियो। 3 यसकारण तिनीहरूलाई यसो भन: सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरू मकहाँ फर्क!, सेनाहरूको परमप्रभु भन्नुहुन्छ, र म तिमीहरूकहाँ फर्कनेछु, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। 4 आफ्ना पितापुर्खाहरूजस्ता नहोओ, जसलाई पहिलेका भविष्यवक्ताहरूले यसो भन्दै प्रचार गरेका थिए: ‘सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, अब आफ्ना खराबक चालचलनहरूबाट र आफ्ना खराबक कामहरूबाट फर्क!’; तर तिनीहरूले सुनेनन्, न ता मेरो आज्ञापालन गरेख, परमप्रभु भन्नुहुन्छ। 5 तिमीहरूका पितापुर्खाहरू कहाँ छन्? र ती भविष्यवक्ताहरू – के तिनीहरू सदा जीवित रहन्छन्? 6 तर मेरा वचनहरू र मेरा नियमहरू, जुन वचन र नियमहरू मैले मेरा दासहरू अर्थात् ती भविष्यवक्ताहरूलाई आज्ञा गरेको थिएँ, के ती तिमीहरूका पितापुर्खाहरूमा पूरा भएनन्ग र?” तब तिनीहरू फर्के, र भने: “हाम्रा चालचलनहरू र हाम्रा कामहरूअनुसार सेनाहरूका परमप्रभुले हामीसित जस्तो व्यवहार गर्ने विचार गर्नुभएको थियो, त्यस्तै उहाँले हामीसित गर्नुभएको छ।”
घोड़ाहरूको दर्शन
7 दाराको दोस्रो वर्षमा, शबात महिनाको अर्थात् एघारौं महिनाको चौबीसौं दिनमा इद्दोका नाति, बेरेक्याहका छोरा जकरिया भविष्यवक्ताकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 8 “मैले रातको समयमा देखें; अनि हेर, एउटा रातो घोड़ामाथि चढ़िरहेका मानिस! अनि तिनी फेदीमाघ भएका मेहदीका रूखहरूको बीचमा उभिएङ; अनि तिनको पछाड़ि राता, खैरा र सेता घोड़ाहरू थिए। 9 तब मैले भनें: “हे मेरा प्रभु, यी के हुन्?” अनि मसित कुरा गर्ने दूतले मलाई भने: “यी के हुन्, सो म तिमीलाई देखाउनेछु।” 10 अनि मेहदीका रूखहरूको बीचमा उभिरहेका मानिसले जवाफ दिएर भने: “यी ती हुन्, जसलाई परमप्रभुले पृथ्वीभरि यताउता घुमिहिँडून् भनेर पठाउनुभएको हो।” 11 अनि तिनीहरूले मेहदीका रूखहरूको बीचमा उभिरहेका परमप्रभुका दूतलाई जवाफ दिएर भने: “हामी पृथ्वीभरि यताउता घुमिहिँड्यौं; अनि हेर, सम्पूर्ण पृथ्वी शान्त भएर बसेको छ, र आराममा छ।” 12 तब परमप्रभुका दूतले जवाफ दिएर भने: “हे सेनाहरूका परमप्रभु, कहिलेसम्म तपाईंले यरूशलेममाथि र यहूदाका शहरहरूमाथि दया देखाउनुहुन्न, जसको विरोधमा तपाईं यी सत्तरी वर्षसम्म क्रोधित हुनुभएको छ?” 13 अनि परमप्रभुले असल वचनहरू र शान्तिदायक वचनहरू बोल्दै मसित कुरा गर्ने ती दूतलाई जवाफ दिनुभयो। 14 तब मसित कुरा गर्ने ती दूतले मलाई भने: “यसो भन्दै प्रचार गरच: सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, म ठूलो जलनले यरूशलेम र सियोनका निम्ति जलन राख्छु। 15 अनि म निश्चिन्त भएर बस्ने अन्यजातिहरूसँग ठूलो क्रोधले क्रोधित भएको छु; किनभने म त अलिकति मात्र क्रोधित थिएँ, तर तिनीहरूले विपत्तिछ बढ़ाइदिए।ज 16 यसकारण परमप्रभु यसो भन्नुहुन्छ: कोमल कृपाहरू लिएर म यरूशलेमकहाँ फर्केको छु; यसमा मेरो भवन बनिनेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ, अनि यरूशलेममाथि नाप्ने डोरी लगाइनेछ। 17 यसो भन्दै अझै प्रचार गर:झ सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, मेरा शहरहरू अझै भलाइलेञ चुलिएर पोखिनेछन्; अनि परमप्रभुले सियोनलाई अझै सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई अझै चुन्नुहुनेछ।”
सिङहरूको दर्शन
18 “तब मैले आफ्ना आँखाहरू माथि उठाएर हेरें; अनि हेर चारवटा सिङहरू! 19 अनि मैले मसित कुरा गर्ने ती दूतलाई भनें: “यी के हुन्?” अनि तिनले मलाई जवाफ दिए: “यी ती सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारेका थिए।” 20 अनि परमप्रभुले मलाई चारजना कारिगरहरू देखाउनुभयो। 21 तब मैले भनें: “यिनीहरू के गर्न आइरहेका छन्?” अनि तिनले यसो भने: “यी ती सिङहरू हुन्, जसले यहूदालाई तितरबितर पारे, यहाँसम्म कि कसैले आफ्नो टाउको उठाउन सकेन; तर यिनीहरूचाहिँ यहूदा देशलाई तितरबितर पार्नलाई त्यसको विरोधमा आफ्नो सिङ उठाउने ती अन्यजातिहरूका सिङहरूलाई भयभीत पार्न, तिनलाई फालिदिनट आएका हुन्।”