हाग्गै
परमप्रभुको भवन नबनाउँदा उहाँको आशिष् रोकियो
1
राजा दाराको दोस्रो वर्षको छैटौं महिनामा, त्यस महिनाको पहिलो दिनमा भविष्यवक्ता हाग्गैद्वारा परमप्रभुको यसो भन्ने वचन शाल्तिएलका छोरा जरूबाबेलकहाँ, जो यहूदाका राज्यपाल थिए, र यहोसादाकका छोरा यहोशूकहाँक आयो, जो महापूजाहारी थिए:2 “सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, यस प्रजाले भन्छ: ‘त्यो समय, अँ, परमप्रभुको भवन बनाउनेख समय आएको छैन।’ ” 3 तब परमप्रभुको यसो भन्ने वचन भविष्यवक्ता हाग्गैकहाँ आयो: 4 “यो भवन उजाड़ परिरहेको बेलामा के तिमीहरूकाग निम्ति सिलिङ ठोकेका आफ्ना घरहरूमा बस्ने समय छ? 5 यसकारण अब सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आ-आफ्ना चालचलनहरू विचार गरघ! 6 तिमीहरूले धेरै छरेका छौ, तर थोरै भित्र्याएका छौ; तिमीहरू खान त खान्छौ, तर तृप्त हुँदैनौ; तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मेट्दैनङ; तिमीहरू लुगा त लाउँछौ, तर कसैलाई न्यानो हुँदैन; अनि जसले ज्यालामा काम गर्छ, त्यसले छेंड़ परेको थैलीमा हाल्नलाई ज्याला कमाउँछ। 7 सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आ-आफ्ना चालचलनहरू विचार गरघ! 8 पहाड़माथि चढ़, काठ ल्याओ र भवन बनाओ! अनि म यस कुरामा प्रसन्न हुनेछु र महिमित हुनेछु, परमप्रभु भन्नुहुन्छ। 9 तिमीहरूले धेरै फलको आशा राख्यौ; अनि हेर, त्यो थोरै भयो; अनि जब तिमीहरूले त्यो घरमा ल्यायौ, तब मैले फुकेर त्यसलाई उड़ाइदिएँच। किन?, सेनाहरूको परमप्रभु भन्नुहुन्छ; उजाड़ भएको मेरो भवनको कारणले, अनि तिमीहरूचाहिँ हरेक आ-आफ्नो घरतिर दगुर्छौ। 10 यसकारण तिमीहरूमाथिको आकाशले शीत झार्न छोड़ेको छ, र पृथ्वीले आफ्नो उब्जनी दिन छोड़ेको छ। 11 अनि मैले जमिन र पहाड़हरूमाथि, अनि अन्न, नयाँ दाखमद्य, तेल र जमिनले उब्जाएको थोकमाथि, साथै मानिस, गाईबस्तु र तिमीहरूका हातको सबै मेहनतमाथि खड़ेरी बोलाएको छु।”
12 तब शाल्तिएलका छोरा जरूबाबेल र यहोसादाकका छोरा महापूजाहारी यहोशूले यस जातिका सबै बाँकी रहेकाहरूकोछ साथमा परमप्रभु आफ्ना परमेश्वरको वाणी र भविष्यवक्ता हाग्गैका वचनहरू पालन गरेज, जुन हेतुले परमप्रभु तिनीहरूका परमेश्वरले तिनलाई पठाउनुभएको थियो; अनि मानिसहरूले परमप्रभुको सामु डर माने। 13 तब परमप्रभुका दूत हाग्गैले परमप्रभुको सन्देशमा मानिसहरूलाई यसो भने: “परमप्रभु भन्नुहुन्छ, म तिमीहरूको साथमा छु।” 14 तब परमप्रभुले यहूदाका राज्यपाल शाल्तिएलका छोरा जरूबाबेलको आत्मा, यहोसादाकका छोरा महापूजाहारी यहोशूको आत्मा र यस जातिका बाँकी रहेका सबैको आत्मालाई उभाड़्नुभयो; अनि तिनीहरू आएर आफ्ना परमेश्वर सेनाहरूको परमप्रभुको भवनमा काम गरे; 15 राजा दाराको दोस्रो वर्षको छैटौं महिनाको चौबीसौं दिनमा तिनीहरूले यसो गरे।