शत्रुहरूबाट छुटकारा
9
“परमप्रभुको वचनको भविष्यवाणीक हद्राकको देशको विरोधमाख छ, र त्यसको विश्रामस्थल दमस्कस हो; किनकि मानिसका आँखाहरू र इस्राएलका सबै कुलहरूका आँखाहरू परमप्रभुतर्फ छन्। 2 अनि हमातले पनि त्यससँग सिमाना गाँस्नेछ; टायर र सिडोन पनि, यद्यपि ती अति बुद्धिमान् छन्।3 अनि टायरले आफ्ना निम्ति एउटा किल्ला बनायो, अनि चाँदी धूलोझैं गरी र निखुर सुन सड़कहरूको मैलाझैं गरी थुपार्यो। 4 हेर, परमप्रभुले त्यसलाई निकालिदिनुहुनेछ र समुद्रमा त्यसको शक्तिग प्रहार गर्नुहुनेछ; अनि त्यो आगोद्वारा भस्म पारिनेछ।
5 अश्कलोनले यो देख्नेछ, र डराउनेछ; गाजाले पनि यो देख्नेछ, र अति पीड़ित हुनेछ; अनि एक्रोन पनि; किनभने त्यसको आशा लज्जित हुनेछ; अनि गाजाबाट राजा नाश हुनेछ, र अश्कलोन बसोबास गरिनेछैन। 6 अनि अश्दोदमा ठिमाहा जाति बस्नेछ; अनि म पलिस्तीहरूको घमण्ड नष्ट पार्नेछु। 7 अनि म त्यसको मुखबाट त्यसको रगत, र त्यसका दाँतहरूको बीचबाट त्यसका घृणित वस्तुहरू निकाल्नेछुघ; तर जो बाँकी रहन्छ, त्योचाहिँ हाम्रा परमेश्वरका निम्ति हुनेछ; अनि यहूदामा त्यो एउटा अधिपतिजस्तो हुनेछ, र एक्रोनचाहिँ एउटा यबुसीजस्तो हुनेछ। 8 अनि त्यस सेनाले गर्दा, त्यहाँबाट भएर जानेले गर्दा, त्यहाँबाट त्यहाँबाट भएर फर्कनेले गर्दा म आफ्नो भवनको वरिपरि छाउनी हाल्नेछु; अनि कुनै थिचोमिचो गर्ने उनीहरूको बीचबाट भएर फेरि कहिल्यै जानेछैन; किनकि अहिले त मैले आफ्ना आँखाहरूले देखेको छु।”
हेर्, तेरा राजा तँकहाँ आउनुहुन्छ!
9 “हे सियोनकी छोरी, खूबै आनन्द गर्! हे यरूशलेमकी छोरी, जयजयकार गर्; हेर्, तेरा राजा तँकहाँ आउनुहुन्छ; उहाँ धर्मी र उद्धार पाएको हुनुहुन्छ; उहाँ नम्र र एउटा गधामाथि, अँ, एउटा बछेड़ा, गधाको बच्चामाथि चढ़ेर आउनुहुन्छ। 10 अनि म एप्रैमबाट रथ र यरूशलेमबाट घोड़ा नाश गर्नेछु, र लड़ाइँको धनु काटिनेछ; अनि उहाँ अन्यजातिहरूसँग शान्तिको कुरा बोल्नुहुनेछ; अनि उहाँको राज्य समुद्रदेखि समुद्रसम्म, र नदीदेखिङ पृथ्वीका छेउ-छेउसम्म हुनेछ।
11 अनि तिमीचाहिँ – तिम्रो वाचाको रगतको खातिर मैले तिम्रा कैदीहरूलाई पानी नभएको खाड़लबाट निकालिपठाएको छु। 12 हे आशाका कैदीहरूहो, किल्लामा फर्क! म तिमीलाई दुई गुणा फर्काउनेछु भनी म आज नै घोषणा गर्दछु; 13 किनकि म आफ्ना निम्ति यहूदालाई ताँदो चढ़ाउनेछु र एप्रैमलाई धनुमा लगाउनेछुच; अनि हे सियोन, म तेरा छोराहरूलाई, हे ग्रीस, तेरा छोराहरूको विरोधमा उभाड़्नेछु, अनि तँलाई शूरवीरको तरवारजस्तै तुल्याउनेछु। 14 अनिछ परमप्रभु तिनीहरूमाथि देखा पर्नुहुनेछ, र उहाँको काँड़ बिजुलीझैं निस्केर जानेछ; अनि प्रभु यहोवाले तुरही फुक्नुहुनेछ, अनि दक्षिणका भुमरीहरूको साथ उहाँ अघि बढ़्नुहुनेछ। 15 सेनाहरूका परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ; अनि तिनीहरूले निलिदिनेछन्, र घुयेंत्राका ढुङ्गाहरू लिएर अधीन गर्नेछन्; अनि तिनीहरूले पिउनेछन्, र दाखमद्यबाट भएझैं होहल्ला गर्नेछन्; अनि तिनीहरू बाटाझैं, अँ, वेदीका कुनाहरूझैं भरिनेछन्। 16 अनि त्यस दिन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई आफ्नो प्रजारूपी बगाललाई झैं बचाउनुहुनेछ; किनकि तिनीहरू मुकुटका मणिहरूजस्तैज, उहाँको देशमाथि झण्डाजस्तै उचालिएका हुनेछन्। 17 किनकि उहाँको भलाइ कति महान् छ र उहाँको सुन्दरता कति महान् छ! अन्नले जवानहरूलाई, र नयाँ दाखमद्यले कन्याहरूलाई हृष्टपुष्ट तुल्याउनेछ।”