चारवटा रथहरूको दर्शन
6
अनि म फर्कें, र मैले आफ्ना आँखाहरू माथि उठाएर हेरें; अनि हेर, दुईवटा पहाड़हरूको बीचबाट चारवटा रथहरू निस्केर आइरहेका थिए! अनि ती पहाड़हरू पित्तलका पहाड़हरू थिए। 2 पहिलो रथमा राता घोड़ाहरू थिए; अनि दोस्रो रथमा काला घोड़ाहरू थिए; 3 अनि तेस्रो रथमा सेता घोड़ाहरू, र चौथो रथमा थोप्ले र गाढ़ा राताक घोड़ाहरू थिए। 4 तब मैले जवाफ दिएर मसित कुरा गर्ने ती दूतलाई भनें: “यी के हुन्, मेरा प्रभु?” 5 तब ती दूतले जवाफ दिएर मलाई भने: “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा पृथ्वीका प्रभुको सामुख खड़ा रहेको ठाउँबाटग निस्केर जान्छन्। 6 त्यसमाघ भएका काला घोड़ाहरू उत्तरको देशतिर निस्केर जान्छन्, र सेताहरू तिनको पछि निस्केर जान्छन्; अनि थोप्लेहरू दक्षिण देशतिर निस्केर जान्छन्।” 7 अनि गाढ़ा राताक घोड़ाहरू निस्केर पृथ्वीभरि यताउता डुलिहिँड़्न भनी जान खोजे; अनि तिनले भने: “जाओ, पृथ्वीभरि यताउता डुलिहिँड़!” तब ती पृथ्वीभरि यताउता डुलिहिँड़े। 8 तब तिनले मलाई पुकारेर मलाई यसो भने: “हेर, यी उत्तरको देशतिर निस्केर जानेहरूले उत्तरको देशमा मेरो आत्मालाई शान्त पारेका छन्।”‘हाँगा’ नामक मानिसचाहिँ राजा र पूजाहारी हुनुहुनेछ
9 अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 10 “यी कैदमा लगिएकाहरूबाट अर्थात् हेल्दै, तोबियाह र यदायाहबाट दान लेऊ, जो बाबेलबाट आएका हुन्! अनि त्यही दिन तिमीचाहिँ आऊ, र सपन्याहका छोरा योसियाहको घरभित्र पस! 11 तब चाँदी र सुन लेऊ, मुकुटहरू बनाऊ र यहोसादाकका छोरा महापूजाहारी यहोशूको शिरमाथि लगाइदेऊ, 12 र उसलाई यसो भन: सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, हेर, त्यो मानिस, जसको नाम ‘हाँगा’ हो! अनि ऊ आफ्नै ठाउँबाट बढ़्नेछङ; अनि उसले परमप्रभुको मन्दिर बनाउनेछ; 13 अँ, उसैले परमप्रभुको मन्दिर बनाउनेछ; अनि उसैले महिमा धारण गर्नेछ र आफ्नो सिंहासनमाथि बसेर शासन गर्नेछ; अनि ऊ आफ्नो सिंहासनमाथि पूजाहारी हुनेछ; अनि ती दुवैको बीचमा शान्तिको मन्त्रणाज हुनेछ। 14 अनि ती मुकुटहरूचाहिँ परमप्रभुको मन्दिरमा सम्झना-चिन्हको रूपमा हेलेम,च तोबियाह, यदायाह र सपन्याहका छोरा हेनका निम्ति हुनेछन्। 15 अनि टाढ़ामा भएकाहरू आउनेछन्, र तिनीहरूले परमप्रभुको मन्दिरमा बनाउनेछन्, अनि सेनाहरूका परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको रहेछ भनी तिमीहरूले जान्नेछौ। अनि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वाणी यत्नपूर्वक पालन गर्यौ भने यो पूरा हुनेछ।”छ