महापूजाहारी यहोशूको दर्शन
3
अनि उहाँले मलाई परमप्रभुका दूतको सामु महापूजाहारी यहोशूलाई उभिरहेका र उनकै दाहिने हातपट्टि उनलाई विरोध गर्न शैतानलाई उभिरहेको देखाउनुभयो। 2 अनि परमप्रभुले शैतानलाई भन्नुभयो: “हे शैतान, परमप्रभुले तँलाई हपारून्; अँ, परमप्रभु जसले यरूशलेमलाई चुन्नुभएको छ, परमप्रभुले तँलाई हपारून्! के यो आगोबाट थुतिएकोक अगुल्टो होइन र?” 3 अनि यहोशूले मैला वस्त्रहरू पहिरेका थिए, र ती दूतको सामु उभिरहेका थिए। 4 अनि जवाफ दिएर उहाँले आफ्नो सामु उभिनेहरूलाई यसो भन्नुभयो: “उसबाट ती मैला वस्त्रहरू हटाइदेओ!” अनि उनलाई उहाँले भन्नुभयो: “हेर, मैले तिमीबाट तिम्रो अधर्म हटाइदिएको छु; अनि म तिमीलाई नयाँ वस्त्रख पहिराइदिनेछु।” 5 अनि मैले भनें: “तिनीहरूले उनको शिरमाथि एउटा शुद्ध पगरी लगाइदिऊन्!” तब तिनीहरूले उनको शिरमाथि एउटा शुद्ध पगरी लगाइदिए र उनलाई वस्त्रहरू पहिराइदिए। अनि परमप्रभुका दूत छेउमा उभिरहेका थिए। 6 अनि परमप्रभुका दूतले यहोशूलाई यसो भन्दै चेताउनी दिए: 7 “सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, तिमी मेरा मार्गहरूमा हिँड्यौ भने, र मैले तिमीलाई सुम्पेको कार्यभार पूरा गर्यौ भने तिमीले नै मेरो घरको पनि न्याय गर्नेछौ र मेरा चोकहरूको पनि रक्षा गर्नेछौ; अनि म तिमीलाई यी छेउमा उभिनेहरूको बीचमा हिँड़्ने ठाउँहरू दिनेछु।8 हे महापूजाहारी यहोशू, अब तिमी र तिम्रो सामु बस्ने तिम्रा साथीहरूले सुन! किनभने तिनीहरू चिन्हरूपीग मानिसहरू हुन्; किनकि हेर, म आफ्नो दास ‘हाँगा’लाईघ ल्याउनेछु। 9 किनभने मैले यहोशूको सामु राखिदिएको त्यो ढुङ्गा हेर! त्यस एउटा ढुङ्गामाथि सातवटा आँखा छन्; हेर, म त्यसको लेखङ खोपिदिनेछु, सेनाहरूको परमप्रभु भन्नुहुन्छ, अनि त्यस देशको अधर्म म एकै दिनमा हटाइदिनेछु। 10 त्यस दिन तिमीहरू हरेकले आ-आफ्नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको रूखमुनि बोलाउनेछौ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ।”