अन्तका दिनहरूमा परमप्रभुको भवनको पर्वतमा शान्तिको राज्य
4
“तर अन्तका दिनहरूमा यस्तो हुनेछ: परमप्रभुको भवनको पर्वत पहाड़हरूको टाकुरामा स्थापित हुनेछ, र त्योचाहिँ डाँड़ाहरूभन्दा उच्च पारिनेछ; अनि जाति-जातिका मानिसहरू त्यसकहाँ ओइरिएर भेला हुनेछन्। 2 अनि धेरै जातिका मानिसहरू आउनेछन्, र तिनीहरूले भन्नेछन्: ‘आओ, हामी माथि परमप्रभुको पर्वतमा, अँ, याकूबका परमेश्वरको भवनमा जाऔं; अनि उहाँले हामीलाई आफ्ना मार्गहरूबाट सिकाउनुहुनेछ, र हामी उहाँका बाटाहरूमा हिँड़्नेछौं’; किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन निस्कनेछ। 3 अनि उहाँले धेरै जातिका मानिसहरूको बीचमा न्याय गर्नुहुनेछ र टाढ़ा-टाढ़ामा भएका बलिया जातिहरूलाई हप्काउनुहुनेछ; अनि तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्; एक जातिले अर्को जातिमाथि तरवार उठाउनेछैन, न ता तिनीहरूले फेरि कहिल्यै युद्धकला नै सिक्नेछन्। 4 तर तिनीहरू हरेक आ-आफ्नो दाखको बोटमुनि र आ-आफ्नो नेभाराको रूखमुनि बस्नेछन्; अनि कसैले तिनीहरूलाई भयभीत पार्नेछैन; किनकि सेनाहरूको परमप्रभुको मुखले यसो भनेको हो। 5 किनभने सबै जातिका मानिसहरू हरेक आ-आफ्नो देवताको नाममा हिँड़्नेछन्, तर हामीचाहिँ सदा-सर्वदा परमप्रभु हाम्रा परमेश्वरको नाममा हिँड़्नेछौं।6 परमप्रभु भन्नुहुन्छ: त्यस दिन म त्यस खोच्याएकीलाई जम्मा गर्नेछु; अनि त्यस धपाइएकीलाई, र जसलाई मैले दुःख दिएको छु, त्यसलाई म भेला पार्नेछु; 7 अनि म त्यस खोच्याएकीलाई एउटा बचेको भाग र त्यस टाढ़ा-टाढ़ा लखेटिएकीलाई एउटा बलियो जाति तुल्याउनेछु; अनि परमप्रभुले सियोन पर्वतमा तिनीहरूमाथि अहिलेदेखि लिएर सदा-सर्वदासम्म नै राज्य गर्नुहुनेछ। 8 अनि तँचाहिँ, हे बगालकोक धरहरा, हे सियोनकी छोरीको किल्ला, त्यो तँकहाँ आउनेछ, अँ, त्यो पहिलो राज्य; त्यो राज्य यरूशलेमकी छोरीकहाँख आउनेछ।
9 अब किन तँ ठूलो सोरले चिच्च्याउँछेस्? के तँमा कुनै राजा छैन? के तेरो सल्लाहकार नाश भयो? किनकि प्रसूति वेदनामा परेकी स्त्रीलाई झैं पीड़ाहरूले तँलाई पक्रेका छन्। 10 हे सियोनकी छोरी, प्रसूति वेदनामा परेकी स्त्रीझैं व्यथामा पर्, र जन्माउन प्रसवन्ती हो; किनकि अब तँ शहरबाट निस्केर जानेछस् र मैदानमाग बस्नेछस्; अनि तँ बाबेलसम्म जानेछस्; त्यहाँ तँ छुटाइनेछस्; त्यहाँ परमप्रभुले तँलाई तेरा शत्रुहरूको पन्जाबाट छुटाउनुहुनेछघ।
11 अहिले पनि धेरै जातिहरू तेरो विरोधमा भेला भएका छन्, जसले भन्छन्: ‘त्यो अशुद्ध पारियोस्, र हाम्रा आँखाहरूले सियोनलाई हेरून्!’ 12 तर तिनीहरूले परमप्रभुका विचारहरू जान्दैनन्, न ता उहाँको सल्लाह नै बुझ्दछन्; किनकि उहाँले तिनीहरूलाई बिटाहरूजस्तै खलामा जम्मा पार्नुहुनेछ। 13 हे सियोनकी छोरी उठ् र दाइँ गर्; किनकि म तेरो सिङलाई फलाम र तेरा खुरहरूलाई पित्तल बनाइदिनेछु; अनि तैंले धेरै जातिहरूलाई धूलोपीठो पार्नेछस्; अनि म तिनीहरूको नीच कमाइ परमप्रभुलाई र तिनीहरूको धनसम्पत्तिचाहिँ सम्पूर्ण पृथ्वीका प्रभुलाई अर्पण गर्नेछुङ।”