अत्याचारी अगुवाहरूमाथिको न्याय
3
“अनि मैले भनें: हे याकूबका अगुवाहरू र इस्राएलको घरानाका शासकहरूहो, म तिमीहरूलाई विन्ती गर्दछु, सुन! के न्याय जान्नु तिमीहरूको काम होइन र? 2 तिमीहरू जसले भलाइलाई घृणा गर्दछौ र खराबीलाई प्रेम गर्दछौ; तिमीहरू जसले तिनीहरूबाट तिनीहरूको छाला र तिनीहरूका हड्डीहरूबाट तिनीहरूको मासु तानेर निकाल्छौ; 3 अनि तिमीहरू जसले मेरो प्रजाको मासु खान्छौ र तिनीहरूबाट तिनीहरूको छाला काढ़्छौ; अनि तिनीहरूका हड्डीहरू भाँच्छौ र भाँड़ाका निम्ति झैं गरी र कराहीभित्रको मासुजस्तो तिनीहरूलाई टुक्रा-टुक्रा पार्छौ। 4 तब तिनीहरूले परमप्रभुलाई पुकार्नेछन्, तर उहाँले तिनीहरूको विन्ती सुन्नुहुनेछैन; तर त्यस बेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार लुकाउनुहुनेछ, किनकि तिनीहरूले आफ्ना कामहरूमा खराबी गरेका छन्।5 परमप्रभु ती भविष्यवक्ताहरूको विषयमा यसो भन्नुहुन्छ, जसले मेरो प्रजालाई भड़्काउँछन्, जसले आफ्ना दाँतले टोक्छन्क र ‘शान्ति’ भन्दै कराउँछन्ख; अनि जसले तिनीहरूका मुखभित्र केही हालिदिँदैन, अँ, त्यसको विरोधमा तिनीहरूले लड़ाइँ तयार गर्छन्। 6 यसकारण कुनै दर्शन नपाउने गरी तिमीहरूमाथि रात आइपर्नेछ; अनि जोखना बताउन नसक्ने गरी तिमीहरूका निम्ति अन्धकार हुनेछ; अनि यी भविष्यवक्ताहरूमाथि सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन अँध्यारो हुनेछ। 7 तब दर्शीहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू शर्ममा पर्नेछन्; अँ, तिनीहरू सबले आफ्ना ओठहरूग छोप्नेछन्; किनकि परमेश्वरबाट कुनै जवाफ छैन। 8 तर मचाहिँ साँच्चै याकूबलाई उसको अपराध र इस्राएललाई उसको पाप बताइदिन परमप्रभुको आत्माद्वारा, अँ, न्याय र शक्तिको आत्माद्वारा बलले भरपूर छु।
9 हे न्यायलाई घृणा गर्ने र सारा सीधा चाललाई टेढ़ामेढ़ा पार्ने याकूबका अगुवाहरू र इस्राएलको घरानाका शासकहरूहो, म तिमीहरूलाई विन्ती गर्दछु, यो सुन! 10 तिमीहरू जसले सियोनलाई रक्तपातले र यरूशलेमलाई अधर्मले निर्माण गर्छौ। 11 त्यसका अगुवाहरूले घूसका निम्ति न्याय गर्छन्; अनि त्यसका पूजाहारीहरूले ज्यालाका निम्ति सिकाउँछन्; अनि त्यसका भविष्यवक्ताहरूले पैसाका निम्ति जोखना हेर्छन्; तरै पनि ‘के परमप्रभु हाम्रो बीचमा हुनुहुन्न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन!’ भन्दै तिनीहरू परमप्रभुमाथि भर पर्छन्। 12 यसकारण तिमीहरूको कारणले सियोन खेतबारीझैं जोतिनेछ, र यरूशलेम भत्केका थोकका थुप्राहरू बन्नेछ, अनि यस भवनको पर्वतचाहिँ वनका उच्च स्थानहरूजस्तोघ हुनेछ।”