अत्याचारी अगुवाहरूलाई धिक्कार!
2
“तिनीहरूलाई हाय, जसले आफ्ना पलङहरूमा अधर्मको युक्ति रच्छन् र दुष्ट कामक गर्छन्! बिहानको उज्यालोमा तिनीहरूले त्यो पूरा गर्छन्; किनकि यसो गर्न तिनीहरूको हातमा शक्ति छ। 2 अनि तिनीहरूले खेतबारीहरूकोग लालसा गर्छन्, र बलमिचाइ गरेर तिनलाई लैजान्छन्; तिनीहरूले घरहरूको लोभ गर्छन्, र लैजान्छन्; यसरी तिनीहरूले मानिस र त्यसको घरमाथि, अँ, मानिस र त्यसको अधिकारको भागमाथि थिचोमिचो गर्छन्। 3 यसकारण परमप्रभु यसो भन्नुहुन्छ: हेर, म यस घरानाकोघ विरोधमा एउटा विपत्ति रच्नेछु, जसबाट तिमीहरूले न आफ्ना गर्दनहरू हटाउन सक्नेछौ, न घमण्डसाथ हिँड़्न सक्नेछौ; किनभने यो एउटा खराब समय हो। 4 त्यस दिन कसैले तिमीहरूको विरोधमा एउटा उपमा प्रयोग गर्नेछ र एउटा शोकले पूर्ण विलापले विलाप गरेर भन्नेछ: ‘हामी पूरै नाश भयौं; उहाँले मेरो प्रजाको भाग बदली गर्नुभएको छ; कसरी उहाँले त्यो मबाट हटाउनुभएको छ?! उहाँले हाम्रा खेतबारीहरूङ विद्रोहीहरूलाई बाँड़िदिनुभएको छ।’ 5 यसकारण परमप्रभुको समुदायमा चिट्ठा हालेर नाप्ने डोरी हान्ने तेरो कोही हुनेछैन।6 तिनीहरूले भविष्यवाणी गर्नेहरूलाई ‘भविष्यवाणी नगरच!’ भन्छन्; उनीहरूले यिनीहरूलाई भविष्यवाणी गर्नेछैनन्; यसैले यिनीहरूका निन्दाहरूछ हट्नेछैनन्। 7 हे याकूबको घराना भनिनेहो, के परमप्रभुको आत्मा छोटो हुनुभएकोज छ? के यी उहाँका कार्यहरू हुन्? के मेरा वचनहरूले सीधा चाल चल्नेलाई भलाइ गर्दैनन् र? 8 अँ, भर्खरै पनि मेरो प्रजा शत्रु भई उठेको छ; ती निश्चिन्त भएर त्यहाँबाट भएर गइरहनेहरूबाट, ती लड़ाइँबाट फर्कनेहरूबाट तिमीहरूले लुगाको साथमा खास्टो पनि थुतेर लैजान्छौ। 9 तिमीहरूले मेरो प्रजाका स्त्रीहरूलाई तिनीहरूका सुखमय घरहरूबाट निकालेका छौ; तिनीहरूका छोराछोरीहरूबाट तिमीहरूले मेरो महिमा सदाका निम्ति हटाइदिएकाझ छौ। 10 तिमीहरू उठ, र गइहाल; किनभने यो देश तिमीहरूको विश्रामस्थल होइन; किनकि यो देश अशुद्ध भएको छ; यसले दु:खदायक विनाशद्वारा नै तिमीहरूलाई नाश गर्नेछ। 11 हावामा र छलमा हिँड़्ने कुनै मानिसले ‘म तिमीलाई दाखमद्य र मदिराको विषयमा भविष्यवाणी गर्नेछु’ भन्दै झूट बोल्छ भने त्यही नै यस जातिको भविष्यवक्ता हुनेछ।
12 हे याकूब, निश्चय म तिम्रा सबैजनालाई बटुल्नेछु; निश्चय म इस्राएलका बाँकी रहेकाहरूलाईञ भेला पार्नेछु; म बोज्राका भेड़ाहरूलाई झैं, आफ्नो चरनको बीचमा भएको बगाललाई झैं तिनीहरूलाई एकसाथ राख्नेछु; असंख्य मानिसहरूले गर्दा तिनीहरूले ठूलो हल्ला मच्चाउनेछन्। 13 भत्काउनेवाला तिनीहरूको अघि माथि जानुभएकोट छ; तिनीहरूले भत्काएका छन्, अनि मूलढोकाबाट छिरेर गएका छन् र त्यसबाट निस्केर गएका छन्; अनि तिनीहरूका राजा तिनीहरूको अघि-अघि अघि बढ़्नेछन्; अँ, परमप्रभु तिनीहरूको अघिल्तिरठ हुनुहुनेछ।”